Monday, April 15, 2019

कम ज्यालामा चियाबगानहरुमा मजदुरहरू काम गर्दैनन्

नेह अर्जुन इंदवार (डुवर्स-तराईको सन्दर्भमा हिन्दी निवन्धको अनुवाद : शमीक चक्रवर्ती)


दार्जिलिङ टी एसोसिएसनसँग सङ्लग्न सन्दीप मुख्योपाध्याय अनुसार दार्जिलिङ पहाडका चिया बगानहरूमा विगत एक साल देखि 50 प्रतिशत मजदुर काममा आउँदैनन्। यसले चिया उत्पादनमा गम्भीर प्रभाव परेको चिया उद्योग पतनको स्थितिमा पुगिसकेको छ। उनी अनुसार जब बगानहरूमा 100 दिन रोजगारको काम सुरु भयो त्यस बेला मजदुरहरूको अनुपस्थिति 20-25 प्रतिशत थियो, तर अहिले त्यो बढेर 50 प्रतिशत पुगेको छ। 100 दिन रोजगार योजनामा मजदुरहरूले प्रतिदिन 192 रुपियाँ ज्याला पाउँछन्, जबकि चिया बगानहरूमा दैनिक ज्याला 176 रुपियाँ मात्र छ। त्यसैले आफ्नो श्रमको मूल्य जहाँ अधिक पाइँन्छ, मजदुर त्यही जान्छन्। कुनै पनि सचेत मानिस जानी बुझी आफ्नो शारीरिक श्रम आर्थिक शोषणलाई चुनिँदैन।
 
हालै (नभेम्बर महिनाको तेस्रो साता) कोलकातामा सरकार, मालिक पक्ष केही चुनिएका मजदुर युनियनका प्रतिनिधिहरू बिच बैठक भएको थियो। बैठकमा चिया उत्पादन बढाउने मजदुरहरूबाट नियमित रूपले आठ घण्टा काम लिने विषयमा एक चर्चा भयो। मालिक पक्षको भनाई कि सार्वजनिक अवकाश या सरकारी अवकाशजस्तै काली पूजा, दुर्गा पूजा, होली, गणतन्त्र स्वतन्त्रता दिवसहरूमा मजदुरहरूलाई ज्यालासहित छुट्टी दिन्छन्। यसले गर्दा मालिकहरूको आर्थिक स्थितिमा प्रभाव पर्छ। यसैले मालिक पक्ष यी छुट्टीहरूलाई रद्द गर्न चहान्छन् होइन भने कममा प्रयोग गर्न चाहन्छन्।

उत्पादन बढाउनका निम्ति बोलाइएको यस बैठकको सारांश के थियो भने न्यूनतम ज्याला अधिनियम अन्तर्गत मजदुरहरूलाई ज्याला दिँदा चिया बगानहरूलाई आर्थिक नोक्सान हुनेछ त्यो नोक्सान पूरा गर्नलाई मजदुरहरूबाट अधिक कार्य लिनु अनिवार्य छ। साथै मजदुरहरूलाई दिइएको सुविधाहरूमा कटौती गर्नुपर्छ। मजदुरहरूलाई कुनै हालतमा 8 घण्टा काम गर्न अनिवार्य छ। अर्थात न्यायपूर्ण ज्याला मागिरहेका चिया बगान मजदुरहरूलाई सबक सिकाइने छ। चिया बगान प्रबन्धक चिया बगान मजदुरहरूका वेतनमा कति अन्तर यसबारे कहिल्यै पनि चिया बगानको आर्थिक हित-वार्तामा चर्चा भएको देखिँदैन।

दार्जिलिङको चिया बगानहरूमा काम गर्नेहरूको सङ्ख्या घटेको अब डुवार्समा पनि यस्तै स्थिति हुनेछ। 167 कि 176 रुपियाँमा कुनै पनि मजदुरले 8  घण्टा आफ्नो रगत-पसिना बगाएर मालिकहरूलाई लाभ दिन चहाँदैनन्। जबकि चिया बगान बाहिर अन्य काममा  मजदुरहरूले (तराई-डुवार्समा) 400-500 रुपियाँ शारीरिक श्रमको ज्याला पाइरहेका छन्। दार्जिलिङको चिया बगानहरूमा शिक्षित दर बढेको डुवार्स तराईमा पनि क्रमशः यो बढिरहेको छ। अनपढ विकल्पहीन मजबुर मान्छेको आर्थिक शोषण गर्न सहज तर चेतनाशील, शिक्षित अन्य विकल्प भएको मान्छेको अब चिया बगानहरूमा शोषण हुनु कठिन छ।

यदि चिया बगानहरूलाई बचाउन भने सरकार बगान मालिकहरूले मानवता ईमानदारिताको परिचय दिनुपर्छ चिया मजदुरहरूमाथि गरिरहेको आर्थिक शोषणको लक्ष्यलाई दिमागबाट निकाल्नु पर्छ।

न्यूनतम ज्याला बढाउन अघि मजदुरहरूले पाउने सबै सुविधाहरू खेस्न चहान्छन सरकार यस काममा मालिकपक्षसँगै उभिएको देखिन्छ। के सरकारलाई थाह ?  चिया मजदुरहरूले आइतबार वा साप्ताहिक बिदाको दिन ज्याला पाउँदैनन्। जबकि आइतबारे छुट्टी सरकारी नीति नियमहरू अनुसार नै दिइन्छ। तर सबै ठुलो सङ्गठित उद्योगहरूमा मजदुरहरूलाई साप्ताहिक बिदाको ज्याला दिइन्छ।

चिया बगानको मजदुर स्थायी मजदुर हो उनहरूलाई पीएफ, ग्रेच्युईटी, मातृत्व अवकाश आदि अनेक कानुनी सुविधाहरू छन्, तर उनहरूलाई साप्ताहिक छुट्टीको लागि कुनै प्रकारको ज्याला भुगतान गरिँदैन। सालमा कुल 52 सप्ताह हुन्छन् चिया मजदुरहरूलाई यी 52 दिनहरूको लागि कुनै भुगतान छैन। यस्तो अवस्थामा अझ मालिकहरू राष्ट्रिय धार्मिक अवसरमा दिइएको अधिकतम 15 दिन छुट्टीहरूको भुगतानलाई पनि समाप्त गर्न चाहन्छन्। आखिर किन? के अरू उद्योग क्षेत्रहरूमा स्थायी मजदुरहरूलाई यो अवकाश मिल्दैन? चिया बगानहरूको मजदुर अधिकतर आदिवासी मजदुर हुन् उनीहरू दुर्गा पूजा, काली पूजा, होली, दिवाली कम्ती मनाउँछन्। यी चाडहरू मालिकपक्षले मनाउँछन् आफ्नो धार्मिक सांस्कृतिक आवश्यकताहरूलाई पूरा गर्छन्।

यदि मजदुरहरूबाट यी चाडहरूको लागि  दिइएको भुगतान खोस्न चाहन्छ भने मजदुरहरूलाई पनि हक कि  यी चाडहरूको समय पनि बगानमा काम गरोस् केवल आफ्नो सांस्कृतिक धार्मिक चाडपर्व करम, जितिया, नवाखानी, सरहुल, बडादिन आदिको अवसरहरूमा छुट्टी राख्नु होस्। या जुन मजदुरले जुन धर्म मान्दछन्, ती धर्म अनुसार ज्याला त्याग गरेर आफ्नो अवकाश आफू तय गर्नुहोस्। जब बगान मालिकहरूको चाडमा सवेतन अवकाश मिलेन भने किन उनको चाड पर्वहरूमा आफ्नो ज्यालाको बलिदान दिन्छ।

चिया पत्तीको सिजनमा एक जना मजदुरले ज्याला पाउन सामान्यतया 24 किलोग्राम पत्ती टिप्नु पर्छ। 4.5 केजी पत्तीबाट एक किलोग्राम तैयार चिया बनिन्छ। मतलब हरेक मजदुर दैनिक 24/4.5=5.33 केजी चिया बगान मालिकलाई बनाएर दिन्छन्। नीलामीमा औसत प्रति केजी चिया न्यूनतम 151 रुपियाँमा बिक्री हुन्छ। यसको मतलब हो एक जना मजदुरले दैनिक 804.83 रुपियाँ कमाएर मालिकलाई दिन्छ। बगान मालिक एक जना मजदुरबाट ज्याला काटेर 628.83 रुपियाँ कमाउँछ। यदि अन्य कामहरूमा 100 रुपियाँ खर्च हुन्छ भने पनि मालिकलाई दैनिक 528.83 रुपियाँ कमाई हुन्छ। तर मालिक यति कमाई बाट सन्तुष्ट छैन, उनले मजदुरहरूको गोजीमा हात हाल्न खोज्दछन् ताकि उनको अबाध कमाई बनी रहोस्।

जब मजदुर न्यूनतम ज्याला अधिनियम अनुसार न्यायपूर्ण ज्यालाको माग गर्दछन् मालिक पक्ष सरकार उनलाई नगद राशिको रूपमा केही अधिक ज्याला थमाएर त्यसको वसूली अन्य तरिकाबाट गर्ने षड्यन्त्र गर्छन्। यो अत्यन्त निन्दनीय हो। जबकि मालिकले PLA (The Plantation Labour Act) WBLR (West Bengal Labour Plantation Labour Rules) मा लेखिएको अनेक कुराहरू कटौती गरेर पहिलेदेखि नै मजदुरहरूको हक खोसेर आफ्नो मुनाफा वृद्धि गर्न धेरै बाटोदेखि लाभ बढाउने उपाय खोजिसकेको छ।

अस्पतालहरूमा एमबीबीएस डाक्टर प्रशिक्षित नर्स छैनन्। जीवन रक्षक औषधिहरू कति किनिन्छ त्यसको के कुनै आंकड ? मजदुरहरूको पीएफ, ग्रेच्युईटी, आवास, रोड, नाली, मरम्मतको पैसा आदि हराउनु कुनै नयाँ कुरा होइन। दाउरा, रासिन, पानी, बिजुलीको नाममा मजदुरहरूलाई के कस्तो सुविधाहरू मिल्छ यो कसैबाट लुकेको  कुरा होइन। मजदुरहरूमा सार्विक पोषणको कमी सबै कुराहरूलाई स्पष्ट रूपले बयान गरिंदैछ।

चिया बगानहरूमा चिया बनाउने प्रक्रियामा बगान म्यानेजरले कतिको ध्यान राख्छ? मजदुर कति मात्रामा चिया बगानहरूमा उर्वरक पेस्टिसाईड आदिको प्रयोग गर्छन् यसलाई म्यानेजरले कति देख्न पाउँछन्? अन्तमा युरोपको बजारमा भारतीय चिया युरोपेली मानकमा किन फेल हुन्छ? यद्यपि भारतीय बजारहरूमा डुवार्स-तराईको चियाको मूल्य अरू राज्यहरू भन्दा अधिक , तर गुणवत्ता तय मानकहरूमा भने यसको गुण त्यति क्वालिटीको देखिँदैन ती निर्यातको लागि उपयुक्त मानिँदैन। के यी सबै त्रुटिहरूको लागि मजदुरहरू उत्तरदायी हुन्?

चिया बगान मालिकले मजदुरहरूको कानुनी सुविधाहरू हक खोसेर मुनाफा कमाउने बाटोलाई आफ्नो हक अधिकार भनेर बुझ्छन् जसले उनको पेशेवरहीनताको सङ्केत गर्दछ। पश्चिम बङ्गाल सरकारको श्रम विभाग मालिकको यस शोषण षडयन्त्रलाई सम्पूर्ण सहायता प्रदान गर्दछ। यदि चिया बगान प्रबंधन चिया बगानहरूमा उत्पादन प्रक्रियाको गम्भीरतासँग लिन्छन् उच्च गुणवत्ताको चिया उत्पादन गर्नेछन् डुवार्स-तराईको चिया 500-1500 रुपियाँ भन्दा अधिक दाममा बिक्री हुनसक्छ। तर बगान मालिकहरू आफ्नो उत्पादनलाई सुधारेर आय बढाउने प्रयास गर्ने सट्टामा मजदुरहरूको गोजीमा नै हात हाल्ने षडयन्त्र रचिरहेका छन्।

मजदुरहरूको शोषणलाई यथावत् राखेर उनलाई असाहय स्थितिमा राख्ने दूरगामी प्रभावले चिया उद्योगलाई बर्बाद पार्नेछ। किनकि तब चिया मजदुर चिया बगानहरूको कार्यबाट पुरै बिदा लिनेछन् यसले अधिकतर बगान रुग्ण हुन जान्छ अन्ततः बन्द बगानमा परिणत हुनेछ। तब दार्जिलिङको चिया बगान होस् या डुवार्स-तराईको सबै ठाउँ चियाको पौधाले भरिएका जङ्गल बनिन्छ यी क्षेत्रका मान्छे चियादेखि घृणा गर्न थाल्छन्। शोषक अत्याचारीलाई  संसारको कुनै पनि भागमा सम्मान भेटिँदैन।
 
चिया बगान मालिक मजदुरहरूका अधिकार सुविधाहरूमा कटौती गर्न प्रस्तावपछि प्रस्ताव दिँदै छन्, तर मजदुर सङ्घहरूको पदाधिकारीहरू चाहिँ मौन छन्। के उनीहरू नयाँ बेहुली हो जो मुखलाई छोपी राख्छन्? यस्तो लाग्छ कि उनीहरूले  मजदुरहरूको हितमा काम गर्दैनन् बरु मालिकहरूको हित-रक्षाको लागि मजदुरहरूलाई बेवकूफ बनाइ रहेका छन्। आखिर उनी किन आफ्नो अडान स्पष्ट गर्दैनन्? उनीहरू किन भन्दैनन् कि मालिक केवल नियम कानुन लाभको कुरा गरे भने मजदुरहरूको पाउनुपर्ने सुविधा अधिकारहरूलाई खतम गरे भने मजदुरहरूलाई न्याय दिलाउन शोषण अत्याचारमा लिप्त बगान प्रबन्धकहरूमाथि उनीहरूले पनि कानुनी कार्वाही गर्नलागि तयार छन्? मजदुर सङ्घको पदाधिकारी कहिल्यै पनि मजदुरहरूको अधिकार लिएर कोर्ट जाने कुरा गर्दैनन्। यही त्यो बिन्दु हो जहाँ उनीहरू बेनकाब भई पठाउँछन्।

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...