Friday, December 30, 2016

कविता

बाउको गन्ध

पुकार पारदर्शी

पसिनाले जिन्दगी भिजेर
गन्हाइरहेको मान्छेहरूको समूह देखी
भद्दा खिसी गरेर भन्छन् उनीहरू
कस्ता फोहोर गहनाएको यी मान्छेहरू।

मलाई कुनै दुख लागेन
किनभने
म पनि मेरै बाउ जस्तो गन्हाउदो रहेछ।

उसै पनि
हातैले गोबर सोहोर्ने
खेतमा हलोले जीवन रेछा कोरी हिडने
काटाले भाग्यको डल्ला फूटाउने
र थाप्लोमा नाम्लो खियाउने मेरो बाउ
फोहोर नगन्हाओस पनि किन?

दुनियाले
सबभन्दा होचो देख्ने मेरो बाउलाई
म सबभन्दा अग्लो देख्छु।

मैले दिनहु फेर्ने लुगा र जुत्ता
मोबाइल फोन, खाता किताब, भाउचर
गोजीको वालेट र त्यसभित्रको पैसा
घरीघरी लाउने पर्फ्युममा समेत
मेरो बाउ गन्हाउछ।

अचम्म लाग्छ
मेरो जीवनको अध्यारो निभाउन
बाउले आफ्नै जिन्दगी निचाडेर निकालेको पसिना
साला पर्फ्युमभन्दा सस्तो कसरी भयो?

यतिखेर
उमेरको चोयाले
बाउको फाट्दै गरेको जिन्दगी
बुनिदिन पाए
बाउ जस्तो म होइन
म जस्तो मेरो बाउ हुनेथियो।

वास्तवमा गन्हाएको मेरो जिउ होइन
मेरो बाउको पसिना हो।

माफ गर्नोस् हजुर
यो घोसित सभ्यहरूको देशमा
हजुर जस्तो मिठो गन्हाउन सकिन।

कृपया मलाई मेरै बाउ जस्तो
गन्हाउन दिनोस्।।





शहरमा जंगल

अतित 


जंगलमा शहर की?
शहरमा जंगल,
विशाल पहाड अटल की?
निर्दय संसार अटल।

सुन्दरता त्यो झरी की?
रणभूमिको यो मंच,
थियो पानि चोखो की?
मनुष्यको यो रक्त।

बाघको मुख रातो की?
युद्ध गर्ने यो हात,
गहिरो त्यो सागर की?
भोको पेट यो रात।

जंगल वासी जन्तु की?
शहर वासी दानव,
जंगलमा शान्ति की?
शहरमा जंगल।
 









  

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...