Thursday, December 30, 2021

वी श्याल ओभरकम




कोभिड 19 महामारीबिच हामीले धेरै वटा सङ्गठनहरू (राजनैतिक र गैर राजनैतिक) बिरामी अनि सहयोगको खाँचो भएका घर परिवारहरूलाई सहयोग गर्न अगाडि आएका देख्यौँ। यसै बिच जन्म लिएको एक टोली हो वी श्याल ओभरकम (We Shall Overcome) WSO। प्रगतिशील युवाहरूको एउटा समूह। जुन समूहले महामारीको समयमा प्रशंसनीय काम गरिरहेको छ। यहि समूह आ-आफ्ना राजनैतिक मतभेदहरू पन्छाएर दार्जिलिङ, तराई र डुवर्सका साधारण तथा निम्न वर्गका मानिसहरूलाई निस्वार्थ सहयोग पुऱ्याउनका निम्ति लागि परेको थियो र अझैसम्म लागि परिरहेकको छ।

मई महिनाको शुरूमा दार्जिलिङ तराई र डुवर्समा दिनहूँ कोभिड सङ्क्रमणको नयाँ मामिला तीव्र रूपमा फैलिरहेको थियो। कोभिडको दोस्रो लहरले दार्जिलिङ, तराई र डुवर्स क्षेत्रमा प्रभाव पारेको थियो। यस क्षेत्रका सबै बिरामीहरू आ-आफ्नै जिल्लाका कोभिड अस्पतालमा निर्भर थिए भने गम्भीर बिरामीहरू मुख्य रूपमा सिलीगुडीका अस्पतालहरूमा मात्र निर्भर थिए।

दुरदराजका गाउँ अनि बस्तीका मानिसहरूलाई सिलीगुड़ीको ठुलो अस्पतालहरूमा चिकित्सा सुविधाहरू बारे ज्ञान नभएकाले धेरैका ज्यान जोखिममा पुग्न गएको थियो। त्यसैले WSO समूहले बिरामी परिवारहरूलाई  टेली कम्युनिकेसन माध्यमाद्वारा सहयोग पुऱ्याउने काम गरेको थियो। 

WSO समूहले थोरै समयमा निर्णायक कदम चाल्दै चिकित्सा पेशेवर, प्रोफेसर, शिक्षक, सामाजिक कार्यकर्ता र रिसर्च स्कलर विद्यार्थीहरूलाई एक मुष्ट पारी स्वयंसेवकहरूको एक दह्रिलो टिम तयार गरेको थियो। टोली प्रत्येक दिन बढ्दै गएर धेरै दुर्गम ठाउँहरूका बिमारी परिवारको सहयोग गर्नमा सफल भयो। 

रिलिफको काम बढ्दै जाँदा WSO को कोष जुटाउने कार्यहरू शुरू गर्यो र त्यही कोषको सहयोगमा WSO टोली 120 भन्दा धेरै गाउँहरूमा पुग्न सफल भएको छ। यस राहतको सामाग्रीहरूमा WSO-ले अक्सिमिटर, पिपिई किट, अक्सिजन सिलिन्डर जस्ता अन्य विभिन्न स्वास्थ्य सम्बन्धीत आवश्यक वस्तुहरू उपलब्ध गराएर व बिरामीहरू साथै ठाउँ-ठाउँका प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई सहयोग गरेको छ। WSO-ले आर्थिक रूपले कमजोर बिरामीहरूको एम्बुलेन्स भाडा तिर्न कोषको उपयोग पनि गरेको थियो। यति मात्र नभएर, WSO- टोलीले जन साधारणमा स्वास्थ्य सम्बन्धी जागरूकता (मानसिक र शारीरिक)-लाई प्राथमिकता दिएको थियो। महामारीले नानीहरू, विद्यार्थी अनि ठुला मानिसहरूलाई वि-विभिन्न कारणवश प्रभाव पारेको थियो।  WSO- टोलीले स्वास्थ्य सल्लाह अनि यसबारे जनचेतनामूलक अनलाइन गोष्ठी पनि आयोजना गरेको थियो।

WSO -टोलीले समाजको सबै व्यक्तिको भावनालाई ध्यानमा राख्दै स्वतन्त्र सङ्गठनहरूको सहकार्यमा कार्य गरिरहेको छ। WSO- को सामाजिक कामहरूमा राजनीतिक अवसरवादीहरूलाई टाढा राखिएको छ। त्यसै कार्य रोगीहरू अनि रोगी परिवारहरूले कुनै पनि दोधार र हिचकिचाहट बिना यी सुविधाहरू लिन पाएका हुन्। यति मात्र नभएर WSO- टोलीले दार्जिलिङ, तराई र डुवर्सका स्वयंसेवकहरूलाई साथमा लिएर काम गरेको थियो जुन अतुल्य र सराहनीय छ।  दुर्गम क्षेत्रहरूको आवश्यकतालाई ध्यानमा राख्दै स्वास्थ्य सहुलियतको लागि सरकारमाथि दबाब दिन अनिवार्य छ। 

 देशको नागरिक भएकोले सबैले सु-स्वाथ्यको निम्ति चाहिने प्रत्येक सुविधा उपलब्ध भएको हुनपर्छ। “स्वास्थ्य " भन्नाले शारीरिक विषय मात्र नभएर व्यक्तिगत रूपमा  सामाजिक र आर्थिक रूपमा उत्पादक जीवन जिउनको लागि सक्षम वातावरण बनाउन पनि जरुरी छ। सार्वजनिक स्वास्थ्य केन्द्र अनि प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा निरन्तर चिकित्सा जनक प्रगति हुन आवश्यक छ। त्यसो गरे मात्र हरेक गाउँ अनि दुर्गम क्षेत्रका मानिसहरूले सेवाहरूको उपभोग गर्न सक्छन्। 

यसै विषयहरूलाई एउटा माध्य बनाएर WSO- टोलीले भविष्यमा पनि सामाजिक सेवा जारी राख्ने योजना बनाएको छ। WSO- समूहले निस्वार्थ विचारका साथ दार्जिलिङ, तराई र डुवर्सका स्वयंसेवकहरू लिएर भविष्यको लागि विभिन्न स्वास्थ्य सम्बन्धी योजनाहरू तय गरेको छ। 

कोभिड महामारीको क्रममा हामी सबैले हाम्रा स्वास्थ्य प्रणालीको विफलता देखेका छौँ। तसर्थ, WSO- टोलीले हाम्रो स्वास्थ्य प्रणालीको विफलतालाई सम्बोधन गर्ने काम जारी राख्नेछ।







No comments:

Post a Comment