डी के देवान
गोर्खाहरूका अस्तित्व एवं स्थायी पहिचानको स्थायी समाधानार्थ डाकिएको बन्द गत 15 जुन 2017 मा सुरू भएर गत 26 सितम्बर 2017 मा समाप्त भयो। यो बन्द जम्मा जम्मी 104 दिन रह्यो। पाहाडमा डाकिएको यो बन्द अहिलेसम्मको इतिहासिक एक नयाँ रेकर्ड नै मान्न सकिन्छ, विगतमा डाकिएको बन्द यति लामो अवधिसम्म भएको रेकर्ड छैन।
यस बन्दमा पाहाडका के चियाबारी, के सिन्कोना बगान, के बस्ती, के बजार कसैलाई पनि यो बन्दले अछुतो राखेनन्। यसरी सम्पूर्ण पाहाड बन्दको चपेटमा परे तापनि विशेष रूपमा चियाबारीका मजदुरहरू नै चपेटमा परेको महसुस भयो। सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको बन्द अवधि भरिको बेतन भुक्तान गरिने समाचार आकाशवानी खर्साङ केन्द्रको स्थानीय समाचारमा गत दिनाङ्क 22 नोभेम्बरको दिन प्रसारित भयो साथै भुक्तान पनि भयो तर चियाबारी मदजुरहरूका दैनिक हाजिराको निम्ति विभिन्न राजनीतिक पार्टीहरूले आवाज त उठाए तर त्यसको सकारात्मक परिणाम भने आएको देखिएन।
यस बन्दमा एक मजदुरले के कति नोक्सान खप्न पऱ्यो त्यो प्रस्तुत गरिएको छ –
A. कार्यावधि 89 दिन, दैनिक हाजिरा रूपिया 132.50
89×Rs.132.50=Rs.11,792.50
B. हक छुट्टी 89÷20=4.5 दिन (Round off)
=5 दिन×Rs.132.50=Rs.662.50
अब देनिक हाजिरा र हक छुट्टी हाजिराको ज्याला जोडौँ :
Rs.11,792.50.+Rs.662.50=Rs.12,455
C. बोनस
Rs.12,455.×20%=Rs.2491.
D. PF
Rs.12,455.×12%=1494×2=Rs.2988
Employer Share+Employee Share=Rs.2988
E. Grand Total A+B+C+D = Rs.17934.
उपरोक्त हिसाबमा बगानबाट पाइने राशनको हिसाब लगाइएको छैन। यसरी एक साधारण मजदुरले यतिका नोक्सान खपेर पनि बन्दलाई अन्तसम्म नै साथ दिए।अन्तमा यो बन्द गत 26 सितम्बर 2017 मा फिर्ता गरियो तर बन्दको परिणाम भने सुन्य नै रह्यो। यसरी चिया बगानकै भरोसामा बाँच्नु पर्ने मजदुरहरूका स्थिति कस्तो छ भन्ने कुरामा सकैको चासो छैन। यस्तो दुर्दशाको निर्क्यौल कसले गरिदिने यो पनि एउटा ठुलै प्रश्न भएर उभिएको छ।
Subscribe to:
Post Comments (Atom)
-
Sangeeta Khewa The understanding about the nationality named Gorkha has evolved over numerous generations, finally crystallizing in the m...
-
- Bidisha Barman The wee hours of 12th May, 2022 witnessed heavy police deployment along with officials from Airport Authority of Ind...


No comments:
Post a Comment