Saturday, December 9, 2017

नोटबन्दीको नौ महिनामा, रिजर्भ ब्याङ्कको रिपोर्ट : केही प्रश्न

निकिता लामा

नोटबन्दीको नौ महिनापछि भारतको रिजर्भ ब्याङ्कले जुन रिपोर्ट प्रस्तुत गरेको छ, त्यसमा ठोस कुरा केहीपनि नहुने आशंका पहिलादेखि नै थियो। जुन आज आएर प्रमाणित भयो। गत वर्षको नोभेम्बरमा जति नोट खारेज भएको थियो, त्यसको 99% नै फर्केर ब्याङ्कको हातमा आइपुगेको छ। यो तथ्याङ्कबाट हामी के के बुझ्नसक्छौँ त?
कालोधन के भयो त ? मोदिजीले गत वर्ष 8 नोभेम्बरको भाषणमा कालोधन सर्वजनिक गर्न ठोस पहल गरिने देखवाटी गरेका थिए। उनको घोषणा थियो_ ‘कालोधन सिरानीमुनि नै नष्ट हुनेछ, कालोधन गंगा माइमा फ्याक्दा हुन्छ।’ नोटबन्दीलाई लिएर प्रधानमन्त्री मोदीले दिएको यो भाषणले देशवासीलाई भ्रष्टचार बिहिन देशको कल्पनामा डुबाइदिएको थियो। सरकारी वकिल मुकुल रोहतगीले भनेका छन्— ‘चारदेखि पाँच लाख करोड़ रुपिया फिर्ता आउँदैन अर्थात 30 प्रतिश्त कालोधन ब्याङ्क खातामा जमा हुनेछैन।’ नोट बन्दीपछि  99% सेतो नोट फर्केर ब्याङ्कमा आएको छ। त्यसो भए नफर्केको 1% चै कालोधन हो त? यसको मतलब कालोधन उद्धार गर्ने मोदीको गफ व्यर्थ साबित भएको छ। 

किन नोटबन्दी फर्मुला फेल भयो त?  
1. वास्तवमा कालोधन भन्ने केहीपनि थिएन।  तर 'अब कि बार मोदी सरकार' भन्ने चुनाउ क्याम्पेनको मूल स्तम्भ नै भ्रष्टाचारमाथि केन्द्रित थियो! यसै चुनावी क्याम्पेनलाई यथार्थमा परिणत गर्नका निम्ति यत्रो नोटबन्दीको नाटक?
2. कालोधन त छ तर नोट(cash)को रूपमा होइन। कालोधनले किनेको जमिन, सुन, घर, कालोधनमा चलिरहेको व्यापारहरू कालोधान हो। मोदीले नोटबन्दी गर्दा त्यो कालोधनले किनेको घरहरू नष्ट भयो त? कालोधनले किनेको सुन,चादी, हिरा,मोती जम्मै-जम्मै नष्ट भयो त? / यदि यसो भएन भने! नोटबन्दी गरेर कालोधनको शीकार गर्नुको के औचित्य रहन्छ?  
3. नगदी रूपमा रहेको कालोधन अनेकौ प्रकारले सेतो भइसकेको छ। समाचार पत्रिकाहरूमा प्रकाशित भएको खबरहरूले कालोधनलाई सेतो बनाएको तथ्यहरू सर्वजनिक गरिसकेको छ। 
के ब्याङ्क खातामा नफर्केको 1% नोटलाई नै कालोधन ठान्नु? यस्तो सोच्नु पनि गलत हुनेछ। नोटबन्दी पछि महिनौसम्म ब्याङ्क कारोबार समस्यामा पऱ्यो। यत्रो ठूलो जनसंख्या भएको देशमा ब्याङ्कले नोटबन्दीको समय उचित सुविधा दिनसकेन। जसको कारण धेरै मानिसहरूले ब्याङ्कमा नोट जम्मा गर्न पाएनन्। कतिपय मानिसहरूले आफूले पैसा राखेको ठाउ नै भूले। कति मानिसहरूलाई नोटबन्दीको खबर पनि थिएन। पैसा जम्मा गर्न बड़ो मुसकिलले ब्याङ्को लाइनमा खड़ा भएकाहरूमाथि पुलिसले कुटपिट गर्दा उनीहरूले पैसा जम्मा गर्न नपाएको समाचारहरू महिनौसम्म खबरपत्रिका अनि मिडियाहरूमा छाइरहेको थियो। त्यसैले रहल 1% नोट यी ब्याङ्कमा जम्मा गर्न नपाएकाहरूको हो। 

त्यसो हो भने नोटबन्दीको परिणाम के हो त? 
नोटबन्दीपछि जम्मै नगदहरू फर्केर ब्याङ्कमा आउँछ। कालोधन निस्किने वाला छैन भन्ने लक्षण पाउनसाथ सरकारले नोटबन्दीलाई लिएर दोहोरो कुरा गर्न थाल्यो। अहिले केन्द्रीय मन्त्री अरूण जेटली दावी गरिरहेका छन्_ ‘नोटबन्दीले देशको असङ्गठित उद्योग क्षेत्र आधिकारिक आकड़ामा आएको छ। अब यी क्षेत्रहरूबाट कर उठाउनु सहज हुन्छ।’ त्यसो भए नोटबन्दीको लजिक कालोधनसँग होइन असङ्गठित क्षेत्रको करसँग रहेछ। 

मोदी सरकारको नोटबन्दी नाटकलाई दुइ प्रश्न
1. जो व्यक्तिले कालोधन ब्याङ्कमा जम्मा गरेको छ, उनीहरू विरूद्ध कार्वाही हुन्छ कि हुँदैन? कालोधन जम्मा गर्मे भ्रष्टचारीहरूलाई पैसा ब्याङ्कमा जम्मा गऱ्यो भन्दैमा सजाय माफ? कता कता भ्रष्टचारीलाई सजाय दिने कुरा त उठेको हो। तर थाहा छैन। कहिलेसम्म यो देशको कालोधनखोरीहरूले डण्ड पाउँछन्। 
2. यदि कालोधन नै फेला पारे तापनि जुन व्यवसाय वा सिस्टमबाट कालोधन उत्पन्न भइरहेको त्यसलाई बन्द गर्ने कि नगर्ने? यदि कालोधन उत्पन्न गर्ने सिस्टमलाई ठीकसँग कार्वाही नगरे भविष्यमा फेरि कालोधन निस्किन सक्दैन भन्न सकिन्न। 
भाजपा केन्द्रीय मन्त्री जेटलीको भनाइ छ ‘डिजिटल लेनदेन बढेको छ।’ पक्का हो अनलाइन लेनदेन बढेको छ। नोटबन्दी हुँदा मान्छेको हातमा नगद थिएन त्यसैले आफ्ना दैनिक आवश्यक्ताहरू पुरा गर्न मान्छेले अनलाइन अर्थात डिजिटल लेनदेनको प्रयोग गरे। तर अहिले स्थिति सामान्य हुँदै आइरहेको छ। यसैले मानिसहरू फेरि डिजिटलदेखि फर्केर पुरानै सिस्टममा आउँदैछन्। तर बजारमा नोट कम गर्नु सरकारको योजना हो। नोट कम्ती हुनसाथ मान्छे डिजिटल बजारमा पुग्छन्। जहाँ ठूला व्यापारीहरूले सहज प्रकारले मुनाफा कमाउनेछन्। 
नोटबन्दीले कालोधन ननिकाले पनि भाजपालाई राजनीतिक फाइदा भने दिएको छ। यस घोषणाले ‘मोदीजी जे पनि गर्नसक्छ’ भन्ने इमेज बनेको छ। तर मोदीजीले किन जे पनि गर्दैछ त्यो प्रश्न उठाउनु जरुरी छ। देशभक्ति, आत्मबलिदान, मोदीभक्ति जस्तो अचम्भको ककटेलले देश मातिरहेको छ। नोटबन्दीको समय सयभन्दा धेर मानिस ब्याङ्क लाइनमा मरेका छन्। नयाँ नोट छाप्न आँठ हजार करोड़ रूपिया खर्च भएको छ। नोटबन्दीले आमजनता र ब्याङ्क कर्मीहरूलाई बराबर सताएको छ। नोटबन्दीले गर्दा दैनिक खटीखाने मानिसहरू रोजगार बिहिन बनेका छन्।.. तरैपनि देशमाताको पुजामा कठोर श्रमको कुनै विकल्प छैन हरे! यस भ्रमबाट मुक्ति चाहिन्छ देशलाई!

No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...