Saturday, December 9, 2017

आँखा बन्द गर्नुहोस्...! कान बन्द गर्नुहोस्...! मुख बन्द गर्नुहोस्...!

आँखा बन्द गर्नुहोस्...!

अमित शाहको छोराको अच्छे दिन!


भारतीय जनता पार्टी (बिजेपी)को अध्यक्ष अमित शाहको छोरा जय शाहको सम्पत्ति आकडाले केही दिन अघि निक्कै चर्चा कमाएको थियो। ‘वाइर’ न्यूज पोर्टलले शाह पुत्र जयको सम्पत्ति 2014-15 मा 50000 रहेको अनि एकै वर्षको अन्तरालमा 80.5 करोड़ (2015-16) पुगेको खुलासा गरेको थियो। अर्थात् 16000 गुना वृद्धि पायो! मिडियामा शाह पुत्रको चमत्कारी सम्पत्ति वृद्धिको समाचार आउनसाथ देशको राजनीति नै भाजपा अध्यक्ष शाह केन्द्रित बनेको थियो। छोराको सम्पत्ति वृद्धिले शाहलाई विवादमा उभ्याएको थियो। तर यो विवादको ज्वाला सेलाउन नपाई अहमदबाद न्यायलयको निर्णयले अर्को विवाद खड़ा गरेको छ। शाह पुत्र जयको पक्ष लिँदै न्यायलयले ‘वाइर’ न्यूज पोटललाई कानुनको घेरामा हालेको छ। सम्पत्ति वृद्धिको समाचार छापामा आउनसाथ शाह पुत्र जयले अहमदावाद न्यायलयमा मानहानीको मुद्दा दर्ता गरेको थियो। एडिसनल सिनियर सिभिल जर्ज बीके दासोन्दीले ‘अर्जीकर्तामाथि सुनवाइ गरिनेछ’ भने तर ‘वाइर’ अर्थात् प्रतिपक्षीलाई कुनै प्रकारको नोटिस पठाएनन्। न्यायधिशले ‘वाइर’को काम माथि प्रतिबन्ध लगाएको छ। अबउसो वाइरले कुनै पनि प्रकारका समाचारहरू छाप्नु पाउँदैन। आफ्नो सम्पत्ति सर्वजनिक गरिदिएको आरोप लगाउँदै शाह पुत्र जयले वाइर विरुद्ध 100 करोड़को मानहानीको मुद्दा लगाएको थियो जुन राशी उसको कोम्पानीको टर्नओभर भन्दा पनि ज्यादा हो! मोदीको 'राइट ह्यान्ड' अनि 'सेनापति' भनेर परिचित अमित शाहको अदानी-अम्बानीहरु प्रतिको झुकाव त थाहा भएकै कुरा हो, तर यो नयाँ आर्जन हो! 

कान बन्द गर्नुहोस्...!

भोको देश : 100औँ स्थानमा भारत


12 अक्टोबरको दिन सर्वजनिक भएको वैश्विक भोख सूचकांक-मा भारतको स्थान झरेको झरेकै छ। इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्टिच्युट-ले तयार पारेको रिपोर्टमा 119 वटा देशहरू मध्ये भारत 100 स्थानमा रहेको बताएको छ। एशियाको तेस्रो महान् भोको देशको रूपमा भारतलाई लिएको छ। यस स्थिति आज अचानक आएको होइन, 2013मा 63औं स्थानमा, 2014मा 55औं, 2015मा 80औं,  2016मा 97औं स्थानदेखि यस वर्ष 100औं स्थानमा पुगेछ 'हाम्रो महान् गनतान्त्रिक देश'। भारतकै दुरावस्थाले गर्दा दक्षिण एशियालाई नै ग्लोबल हङ्गर इन्डेक्स (जीएचआइ)-को सूचिमा परेको छ। यो दिशामा भारतको अवस्था अझै सोचनिय हुनसक्ने जानकारहरूको मत छ। भारतमा भुकमरीको स्थितिमा पटक्कै सुधार आएको छैन। जीएचआइको आधारमा वर्ष 2015-17 भित्रमा भारतले नागरिक खाध्य अधिकारमाथि कुनै प्रकारको ध्यान दिएको छैन। देशको राजनीतिले भने भुकमरी देशलाई यस समस्यादेखि मुक्त गर्ने कुनै प्रकारको योजना बनाएको छैन। विश्व अघि देशको नाङ्गो अनुहार सर्वजनिक हुँदासमेत मुलधारको राजनीतिले भने धर्म र जातिलाई नै आफ्नो मुद्दा बनाएर 'विकास'को नाममा अँध्यारोतिर यात्रा हिडीरहेछ। 

मुख बन्द गर्नुहोस्...!

ताज महल हटाउने योगी सरकार !



उतरप्रदेश सरकारले प्रसिद्ध एतिहासिक धरोहर ताजमहललाई पर्यटकीय बुकलेटबाट हटाएको छ। सरकारको यो निर्णयले ताज महललाई नयाँ बिवादका साथ उभ्याइएको छ। राज्यको पर्यटन विभागले तयार पारेको बुकलेटमा ‘सेभेन् वान्डर अफ दी मोर्डन वर्ल्ड’को एक सदस्य ताज महल गायब छ। 17 शताब्दीदेखि शहजहाको प्रेम कथा बोकेर विश्व अघि उभिएको ताज महल पर्यटकीय बुकवेटबाट हराउँदा पत्रकार, सामाजिक कार्यकर्तालगायत राजनीतिक नेताहरूले योगी सरकारको ठाड़ो आलोचना गरिरहेका छन्। राज्य सत्ताको यो निर्णयको विरोध गर्नेहरूले सोसियल साइटमा एकटिभ छन्। उत्तरप्रदेशको आगरा जिल्लामा रहेको ताज महललाई राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले मुसलमान समुदायसँग जोड़ेर हेर्दै आइरहेका छन्। जुन महिनामा पनि उनले भनेका थिए ‘मनुमेन्टहरूले भारतीय संस्कृति दर्शाउँदैन!’ कट्टर हिन्दुत्ववादीको रूपमा परिचित छन् मुख्यमन्त्री योगी। राज्यको पर्यटन विकासलाई लिएर उनले धेरैवटा योजनाहरूको घोषणा गरेका छन्। जस मध्ये आफै पुजारी रहेका गोरखपुर मन्दिरलाई योगीले खुबै महत्त्वसाथ पर्यटन सूचिमा राखेका छन्। तर मुसलमान मुगल सम्राट शाहजहा अनि उनको पत्नी मुमताज महलको प्रेम प्रतिक ताज महल मुख्यमन्त्री योगी समक्ष प्रेम प्रतीक भन्दा धेर मुसलमान प्रतिक बनेको छ। हरेक प्रशासनिक कार्वाहीमा हिन्दुत्वको क्रुर नीति प्रयोग गर्ने मुख्यमन्त्री योगीले अन्तमा ताज महललाई पनि मुसलमान समुदायसँग जोड़िदिए। सरकारको बदनामीलाई डाकछोप गर्न विभागीय अधिकारी अभिनाश अवस्थीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्नका निम्ति मात्र बुकलेट तयार पारेको बताए। एनडीटीभीलाई उनले ‘यो उत्तरप्रदेश पर्यटन स्थलको गाइड होइन, यसमा नयाँ पर्यटकीय योजनाहरू मात्र सामेल गरिएको हो’ भनिरहँदा देशले योगी सरकारको हिन्दुत्ववादी नीतिको परिभाषा बुझिसकेको थियो!

No comments:

Post a Comment