Saturday, April 15, 2017

कविता

मजदुर
बिनम रनपहेँली

मजदुर-1

चियाको कलिलो पत्ताले,
नअघाएका भुड़ीहरू,
ताँत लागेर हिमाल चड़िरहेकाछन्,
हिज-आज।

समतलका कार्वन-मोनो-अकसाईड्,
धसिएका अनुहारहरू,
सफा हुन चाहन्छन,
पहाड़को मट्टी-तेलले,
अनुहार धोएर।

प्रमात्रा-यात्रिँकीको सिद्धान्तलाई,
अलि-अलि फलाक्ने मुखहरूवाट,
साईबेरीयन हुन्डी निस्केर,
बत्याईरहेछ यी तातो धुलोहरूलाई,
एउटादेखि अर्को झ्यालतर्फ।

कालो-कात्रो ओड़ेको बिहान,
तीन बज्दै ढोका-ढकाउन आईपुग्छ,
कचेरा पुच्छदै फाटेका पत्लुनहरू,
जिजीबिशाको महाग्रन्थ पल्टाउछ ।।


मजदुर-2

सिन्कोनाका रूखहरू आफै,
उख्लेर.,.बसाई सरिरहेछन्,..
एउटादेखि अर्को....
जगंल...तर्फ।

चर्को घामँले सुकेका पत्ताहरूलाई...
अब सुकाउनैँ पर्दैन,
कुनै भारमा तेर्साएर।

खोलाहरू हत्तारिदैँ,,.
ओह्रालो कुदिरहेछ...
कति सपना र आकांक्षाहरू..
बगाउदै...
अर्थात...
भ्वाङ्गै परेको जिन्दगीको...
सिम्फोनी गाउदै..।

एउटा नाटकको प्रोटेगोनिष्ट...
सधैँ चिच्याउदै खोजिरहेछ...
नाटक सम्राट..बालकृष्ण समलाई...
उसको..नाटकमा भएको रोलको..
बिषयको..दुई मुट्ठी गुनासो...

पोख्नलाई,.. ।।




तिमी आईपुग्ने दिन
भिमा राई 'तोलाछा'

प्रिय!
निष्पट रात
सधैँ झैँ जोखिमपूर्ण आभाष
सधैँ सधैँ भीषण अन्धकारले 
निलेको आकास
यहाँ अरल्लिनु, क्याप्चिनु, 
बक्क् पर्नुको विपरीत
गाउँको सिह्रान डाँड़ामा
एउटा जबर्जस्त राँको बाली 
राखिएको छ।
अँध्यारोलाई टुक्रा टुक्रा गर्दै
काल-कालमा छुट्टाउँदै
बाटोहरूका ढुङ्गा फुटाउँदैछ
नानीहरू सँगै छन्
अनि अचम्म मानेका छन्
हिजोसम्म दर्शक बनेकाहरू
आज थपिएका छन्

प्रिय!
त्यो अघि बलेको राँकोमा 
अझ धेर सिटाहरू थपिएको छ
उज्यालोको आकार ठुलो भएको छ
हाम्रा सबै नानीहरू
कुरूप रातसँग डराउन छाड़े
आज तिमी आईपुग्ने दिन
हामी त्यही राँको मन्तिर
भेला भएका छौं।




No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...