Friday, November 25, 2016

अक्षर आगो

उदय सुब्बा गोर्खा । सोनादा


आज मलाई पनि एउटा मिठो अपराध गर्नु
मन लाग्यो मेरो खुन र पसिनाले बनेको
तिम्रो भव्य आलिशान महललाई
अक्षरको आगो सल्काएर डराइदिनु मन लाग्यो
तिम्रो ऐयासी दुनियाँसित
आज मलाई डाह गर्नु मन लाग्यो
आज मलाई तिम्रो भ्रष्टाचारको
सम्पूर्ण नेटवर्क
भताभुङ्ग पारिदिनु मन लाग्यो
र तिम्रो अपराधको भण्डाफोर
गरिदिनु मन लाग्यो
साँच्चै, आज माली एउटा
मिठो अपराध गर्नु मन लाग्यो
र सोध्नु मन लाग्यो
तिम्रो ऐश आरामको मुल्य चुकाउने
ति मशिनरुपी जीवहरू
कसरी खाली पेट भोक भोकै
काम गरिरहेका छन्
तिम्रो शोषण र दोहनको शिकार
ति मान्छेका सन्तानहरू
कसरी दिनदिनै
पलायन हुँदै जाँदैछन्
हराउँदै जाँदैछन्
मेटिन्दै जाँदैछन्
के तिमीलाई थाह छैन??


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...