Monday, December 30, 2013

अलबिदा सचिन !


केही दिन अघि देखि खबरकागजमा बिहानै ‘भगवान्’ सचिनको गुनगान अचाक्ली भयो। यो अतिनै भयो भन्नु... यो एउटा औपनिवेशिक खेल हो... अथवा केही देशहरूले मात्रै त खेल्छन... इत्यादि भनेर क्रिकेटविरोधी हुनुपर्दैन। क्रिकेट लिएर पागलपन गर्ने हामीले, त्यो सानो चिटिक्क मानिसलाई जति नै माया गरौँ; त्यो शुद्ध, तुलनाहीन, रोमान्टिक क्रिकेट संसारको जति नै अनुपम् चित्र हाम्रो मुटुमा गहिरिएर जावोस्, ठोसरुपमा बात के हो भने जम्मै विषय त असलमा त्यत्रो सरल छैन नि! हुन्छ नि अब भन्नुस त एकजना मान्छे जसले संसारको ठूलोठूलो प्रतिपक्षलाई हैरान गर्‍यो एउटा काठको टुक्रा मात्र लिएर, आमजनताको मन पुरै जितेको छ— त्यो के उनको कठिन मेहनत, अनुशासन र प्रतिभाकै ककटेलले मात्र हो, कि समग्रतामा अरू पनि कुराहरू छन्? हेर्नुहोस् न, बजारी मिडियाले भन्छ कि सचिन भारतीय क्रिकेटमा नयाँ युगको दिशा निर्देशक मात्र होइनन्, तर नयाँ युगमा (भूमण्डलीकरण पश्चात्??!!) भारतीयताको पोस्टर बय पनि हुन्— यी सब के त्यसै भनेको हो? सचिन आयो र गयो—बिचको २४ वर्षलाई जसरी खुल्ला बजार नीतिका विजययात्राको हिसाबले देखाइन्छ, त्यो के निर्दोष वर्षहरुका समीक्षाको चर्चा मात्रै हो या कुनै राजनैतिक दर्शनको निपुण अभिव्यक्ति हो? सचिनको असामान्यता लिएर कुनै सन्देह छैन तर व्यक्ति सचिनलाई ‘ब्र्याण्ड सचिन’ बनाएकोमा  कसकसलाई फायदा हुनेछ, त्यो त सोच्नुपर्ने कुरा हो.... होइन र?
एउटा शान्त चर्चमा दृश्यको सुरुवात। कतिजना ननले प्रार्थना गर्दैछिन, आ-आफ्नो क्रसलाई पक्रेर बसेकिछिन् तर आखाँहरू चाहिँ एउटा म्युट गरेको टेलिभिजन तर्फ छ। शारी लगाएको एकजना बोजुले रुद्राक्षको माला चाउरी परेको हातले पक्रेर बसेकिछिन्, टिभी हेर्ने अझै एकजना दर्शकको चस्मा माथि एउटा किराले छलांग मार्छ। तर उनले ध्यान नै दिंदैनन्। एउटा कन्फरेन्स रुममा टेलिफोन बजेको-बजेकै हुन्छ। जम्मै संसारको फोकस एकजना मानिस माथि नै छ— एउटा क्रिकेट ग्राउण्डमा आफ्नो क्रिजदेखि स्टेप आउट गर्दैछन ब्याट्सम्यानले... यसरी ९०को दशकमा सचिन तेन्दुलकरको एडभरटाइजमेन्टको सुरुवात हुन्थ्यो।
मुटुभित्र रहेको कन्ज्युमर त पुरै घायल भइसक्यो। एडिडासको शर्टस् चाहिन्छ, पेप्सीको बोतलहरु पिएर सक्नुपर्छ, फियाट पालियो ड्राइभ गर्नुपर्ने, त्योपनि एमआरएफको टायरले नै चल्नेछ। ब्रिटनिया बिस्कुट टोक्नु मनपर्न थाल्यो अनि दाँत ब्रस गर्नु कोल्गेटको डेन्टल सेट नै चाहिन्छ। भिसाको पावरले चाहिन्छ फिलिप्स टिभी— इएसपीएन-स्टार स्पोर्ट्स हेर्नलाई, कमर्शियल ब्रेकमा आउछ क्यानन क्यामेरा वा रेनल्डस् पेन किन्ने आर्जि। तेन्दुलकरले भनेको चिजहरु किन्नु मन उथलपुथल हुन्थ्यो। सचिनले धेरै चिज किन्नु त भनेका थिएनन, तर भनेको चिजहरूले जीवनको विभिन्न पर्यायलाई प्रतिबिम्बित गर्छ!
 पुँजीले टिम वर्क भन्दा व्यक्तिलाई महत्व दिन्छ। अहिले मैदानमा छैनन् सचिन। तरैपनि काश्मिर देखि कन्याकुमारी— कर्पोरेट भारतमा काँहीपनि ब्र्याण्ड सचिनको स्वीकृति अलिकतिपनि घट्नेछैन। एउटा पिढीको रोल मोडेल भएर रिटायर्ड जीवनमा नयाँ इनिंग्स सुरु गर्नेछन् ‘ब्र्याण्ड सचिन’ले। अब एउटा विज्ञापनको निम्ति ‘ब्र्याण्ड सचिन’को दर ५-६ करोड रुपियाँ हो। त्यो दर घट्ने सम्भावना अबचाहिँ छैन। अहिले १६ वटा जस्ता विज्ञापन गर्दैछन् उनले। भारतीय क्रिकेटरहरू मध्ये यो विज्ञापनको दुनियाँमा मान्यता छ केवल महेन्द्र सिंग धोनी र विराट कोहलीको, यसमा रोहित शर्मा जोडिनेछ होला। युवा भएको कारणले यिनीहरुका दाम रहेको छ भने सचिनका मान्यताको अर्को आधार छ। विभिन्न बैङ्क, जीवनबिमा कम्पनी, हाउजिङ, महँगो गाडीको बहुराष्ट्रिय कम्पनीहरूले उनलाई कदर गर्छ। १४ वर्षदेखि सचिनको म्यानेजर विनोद नाईडुले भने अनुसार, “ब्र्याण्ड सचिनको कतैपनि कुनै सङ्कट आजसम्म भएको छैन। बरु धेरै संस्थालाई नकार्नु पर्‍यो।“ विज्ञापन बजारको दर तय गर्ने सबभन्दा ठुलो फ्याक्टर हुन्छ पब्लिक लाइफ वा मिडिया इत्यादिमा ‘भिजिबिलिटी’। अवकाशप्राप्त अभिनेता वा खेलाडीको बजारदर आमतौरमा घट्दछ। तर सचिन रमेश तेन्दुलकरको कदर घट्नेछैन भनेर सोच्दैछन् भारतको विज्ञापन दुनियाले।
हाम्रो राजनीतिज्ञ र शासकहरूलाई लिएर अझै कुराहरू छन् । चुनाव आउनु आँटेको छ। यस्तो मौका कसले छोड्छ? त्यस्कारणले गर्दा उनलाई अब भारतरत्न! ध्यानचाँद वा विश्वनाथन आनन्दलाई पार गरेर, लेस्ली क्लडीयस, सुनील गाभासकर, कपिल देव, माइकल फेरेरा वा लियण्डर पेसलाई हराएर सचिन अघितिर कुदेको छ। हुनसक्छ यी खेलाडीहरू आ-आफ्नो खेलमा संसारमा सबभन्दा श्रेष्ठ  थिएनन, तर  यिनीहरू आफ्नो क्षेत्रमा श्रेष्ठ निश्चयनै थिए।
हो नि हजुर, एकजना असली सचिन हुनुहुन्थो, जो क्रिजमा उभिने गर्थे लामो समय, आफ्नो क्लास र ढङ्गले कहिलेकाहीँ विपक्षको बोलिंग र मनोबललाई एकलै ध्वस्त पार्न सक्थे। तर यो खेलाडी मसीहाको अवकाश लिने क्रम धूर्ततासँग इस्तेमाल गरेको छ कर्पोरेट मिडिया र राजनैतिक नेताहरूले, आ-आफ्नो मनपरी तरिकाले— उग्र देशप्रेम र राष्ट्रवाद अनि रुपियाँ... हामी यी सबै देखि छुटन चाहन्छौँ...! सचिनले काश्मिर देखि कन्याकुमारी — जम्मै भारतलाई एकजुट गरिरहेको छन् भनेर चिच्याउदै व्याकुल बिदाइको खाँचो छैन, उस्तादले यो भन्दा धेरै पाउनुपर्नेछ।       
 प्रकाश विश्व


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...