Sunday, December 29, 2013

जुन परम्परालाई हामी स्मरण गर्छौं

स्वतन्त्रता संघर्षमा

हामी सबैलाई थाहा भएको कुरा हो कि संसार भरि नै गोर्खा जातीलाईवीरभनी सम्बोधन गरिन्छ। शासकहरूले जसरी परिभाषित गर्छ, आधिपत्यवादी कथनमा त्यसलाई नैवीरताभनी चिन्हित गर्छ। यो कथन चाँही व्यापकरुपमा राष्ट्रवादी कल्पनामा 'भारतीय राष्ट्रियता'को पहिचानसँग जोडिएको एउटा धारणा होजहाँ गोर्खाहरूलाई देखिन्छ भारतीय भन्ने परिचयको बाहिर रहेको एउटा राष्ट्रियताको हिसाबले। उनीहरूले नै 'वीर' भन्ने अभिधा पायो जसले त्यस समयको शासकहरुको स्वार्थमा काम गरेको थिए। शासकको दण्ड हात फेर्न सँगै यो अभिधाको पनि बदल हुनजान्छ। १८५७ को सिपाही विद्रोहको समयमा गोर्खाहरूले ब्रिटिस 'प्रभु'हरुसँग इमानदार रहेर जंगबहादुर राणाको नेतृत्वमा 'विद्रोही'हरूलाई दमन गरेको थिए, यद्यपि शुरुमा हल्ला फैलिएको थियो कि गोर्खा सेनाहरूले विद्रोहीहरुसँग योगदान गरेकाछौं, तर अन्तसम्म उनीहरूले ब्रिटिसकै विश्वस्त रह्यो। कुख्यात जालिवानवाला वाग हत्याकाण्डको समयमा जेनरल डायरको आदेश अनुसार गोर्खा रेजिमेन्टले निर्ममतापूर्वक प्रतिवादीहरू माथि गोलि ठोकिएको थियो। यो सबै देखेर जवहारलाल नेहरुले एकपल्ट भन्नुभयो, "गोर्खा रेजिमेन्टलाई भारत महासागरमा डुबाई दिनुपर्ने"। यो प्रचलित इतिहासले कुनैपनि प्रकारले गोर्खा जातिको सम्मान बढाउदैन, बरु लाज चै बनाउछ । यसको पछि गएरस्वतन्त्र भारतकाशासकहरुले फेरी गोर्खा जातिलाई आफ्नोकठपुतलीजस्तै गरी प्रयोग  गर्यो अनिरणप्रिय जाति'को हिसाबले उनीहरूका पहिचान चल्दै गयो। गोर्खाहरूका परिचयको यो औपनिवेशिक निर्माणलाई, जो अहिलेपनि जारी छ, त्यो चाँही हाम्रो तर्फबाट त्याग्नु जरूरी छ। (प्रभुहरुको निम्ति) जम्मै संसारभरि देशहरूको सीमामा लडाई गर्ने 'गौरवमय' चित्र चाँही योसँग एकदमै मिल्दैन जब गोर्खाहरुले आफ्नो आत्मपरिचयको स्वीकृतिको माग उठाएकोले उनीहरूलाई प्रभुहरूका दमन-उत्पीडनको सामना गर्नु परिरहेको छ। ती मानिसहरूको बलिदानलाई हामीले कहिले पनि नभुलौ, तर इतिहासको अर्को पन्ना पल्टाएर पनि हेर्ने गरौ।
-----------------------------------------------------------------------------------


सन १९०७मा, दार्जिलिङको जानेमानेका व्यक्तिहरूले ब्रिटिस सरकारलाई पहाडको निम्ति बंगालबाहिर छुट्टै प्रशासनिक ढाँचा स्थापित गरियोस् भनी अधिकार पत्र पेस गरे। ती नेताहरू मध्ये मुख्यतः केही भूतपूर्व सैनिक अनि पुलिस थिए। व्यापारको निम्ति पहाडमा आएको धनी व्यापारीहरुले यो माग प्रति समर्थन व्यक्त गरे। दार्जिलिङ पुलिसको एडिशनल सुपरिन्टेन्डेट एस. डब्लु. लाडेनलाले यसको नेतृत्व गरेका थिए। उनीहरूले ब्रिटिस सरकारप्रति आफ्नो इमान्दारिता व्यक्त गर्दै भारतको स्वतन्त्रता आन्दोलनलाई विरोध गरे।
अर्कोतिर, प्राय त्यही समयमा देशभरिमा नै स्वदेशी आन्दोलनको जुयार आयो। बङ्गभङ्ग विरोधी आन्दोलनले यो जुयारलाई अझै बलियो पार्यो। देशभरिका तथाकथित शिक्षित समुदाय सँगै आम मानिसहरूले पनि ब्रिटिस विरोधी सङ्घर्षमा ओर्लिनु थाल्यो।  त्यसैको तरङ्गमा गोर्खाहरु पनि बाँधिन पुगे। देशको हरेक कुनाबाट एकपछि एक स्वतन्त्रताकामी पत्रिका प्रकाशित हुनथाल्यो। सन् १९०७मा कोलकाताबाटगोर्खा सैनिकनामक यस्तै एउटा पत्रिका प्रकाशित भयो। प्रीतिमान थापा यस नेपली पत्रिकाको सम्पादक थियो भने, हान सिंह थापा प्रकाशक थियो। प्रीतिमान थापाले गोर्खा सैनिकहरुलाई ब्रिटिसहरुको विरुद्ध लड्ने आहवान गरे। उनको यस्तो कामले गर्दा कोलकाताको पुलिस कमिशनरले क्रिमिनल इन्टेलिजेन्सको डाइरेक्टरलाई २८ मई १९०७को दिन एउटा तार पठाए। तार यस प्रकार थियो— “एउटा नेपाली, प्रीतिमान थापा, २७ तारिक बेलुका कलकता स्कोयारमा एउटा सभा राखेको थियो। यसमा प्राय २०० जन उपस्थित थियो। यो मिटिंगमा थापाले चलिरहको स्थिति, आफ्नो मातृभूमि प्रतिको कर्तव्य, भारतमा चलिरहेको गरिबी, अनि गोर्खा, बंगाली र अंग्रेजहरुबिचको साँचो सम्बन्ध बारे पत्ता लगाउने गोर्खा सैनिकहरुको बिच मासिक पत्रिकाको जरुरत बारे बहस राखे। दुर्भाग्यवश कोलकातामा आउने नेपालीहरूले बंगाली भाषा नजानेको कारणले गर्दा बंगालिहरुसंग घुलमिल गर्नुमा कठिनाइ भोगी रहेकोछ। उनले बंगाली अनि नेपालीलाई एकजुट गराउनको निम्ति प्रयास पार्नेछ...”[Foreign Dept of External IB Proceedings, Sept 1907, Nos 1019, National Archives of India.]
पारसमणि प्रधान, सूर्यविक्रम घेवाली, धरणीधर शर्मा, अनि अरू साहित्यकारहरुले नेपाली भाषा-साहित्यको उन्नतिको निम्ति नेपाली साहित्य  सम्मेलनको निर्माण गरे। सन १९२०मा उनीहरूले बंगालभित्र स्वशासनको मांग गरे।
यसैबिच दलबहादुर गिरि अनि अन्य शिक्षित नेपालीहरू जस्तै पर्तिमान सिंह लामा, सावित्री देवी, अगमसिंह गिरि, मनबहादुर गिरि, भगतबिर तामाङको नेतृत्वमा गान्धीवादी अहिंसा आन्दोलन चिया बगानतिर फैलिन थालेको थियो। यसै क्रममा गागा छेरिंग डुक्पा, मित्रसेन थापा, मेजर दुर्गा मल्ल, छबिलाल उपाध्याय, कप्तान दलबहादुर थापा, जंगवीर सापकोटा, राम सिंह ठाकुरी, कृष्ण बहादुर मुखिया अनि पुष्प कुमार घिसिंगको नाम स्वतन्त्र संग्रामको समग्र पर्यायसँग जुडेका छन्। १९२१को जुन अनि नभेम्बर महिनामा दलबहादुर गिरिलाई सरकारविरोधी कामको आरोपमा पक्राउ गरे। १९२१ मा, ३६ वर्षको मात्रै उमेरमा उनले आफ्नो अन्तिम सास लिए। दल बहादुर गिरिको घनिष्ठ मित्र पर्तिमान सिंह फरेस्ट रेंजर अफिसर थिए। आफ्नो सरकारी कम छोडी उनी आन्दोलनमा ओर्लिए। उनले खरसाङ अनि मिरिकमा कार्यकर्ताहरू सङ्गठित गर्दथे। उनीमाथि पुलिस अनुमतिबिना खर्साङ त्याग्नु मनाही थियो। हेलेन लेप्चा, जसलाई गान्धीजीले सावित्री देवी भनी नाम दिएका थिए उनी खरसाङको गोर्खा नारी मध्ये एक विशिष्ट स्वतन्त्र संग्रामी थिए। उनले कैदमा रहेको नेताजी सुभाष चन्द्र बोसलाई खरसाङबाट भाग्नमा मदत गरे। बाह्रजना साथी समेत उनलाई पक्राउ गरेर थानामा थुनी दिए।
८ मई १९३४को दिन, युवा क्रान्तिकारी भवानी भट्टाचार्य अनि रबीन्द्रनाथ ब्यानर्जी मिलेर त्यसताक बंगालको राज्यपाल जोन एनडरसनलाई दार्जिलिङमा हत्या गर्ने प्रयास गरे। भवानी भट्टाचार्यलाई मृत्यु दण्ड दिइयो अनि रबीन्द्रनाथ ब्यानर्जीलाई उमेरकैदको दण्ड सुनाइयो। पछि गएर यस षडयन्त्रमा भाग लिने अरू क्रान्तिकारीहरूलाई पनि कारावासको सजाय सुनाइयो। यद्यपि, यो स्पष्ट बुझ्न सकिएन कि तिनीहरू कहाँ बसे वा  कसले उनीहरूलाई मदत गरे। गुप्तरूपमा काम गर्ने क्रान्तिकारी साथी समर्थकहरूसँग  निपेन्द्र नारायण हिन्दु पब्लिक हलमा उनीहरू भेटघाट गर्थ्यो भने श्रबबेरी पार्क मुनि जङ्गलमा उनीहरू गोलावारिको अभ्यास गर्थे। यी सबै महान् क्रान्तिकारीहरूको बलिदानलाई देखेर यहाँका स्थानीय वासिन्दाहरुले आफ्नो मातृभूमिको निम्ति केही गर्ने धेरै साहस पाए।
छबिलाल उपाध्यायले आसाम प्रादेशिक कोंग्रेस कमिटी (एपिसीसी)-को पहिलो अध्यक्ष थिए। भक्तबहादुर प्रधान, दलबीर सिंह लोहर, प्रताप सिंह सुब्बा त्यहाँका अरू स्वतन्त्र संग्रामीहरु थिए। उपाध्याय अनि अरू अन्य मिलेर १९४२-मा बेहली थानामा कोंग्रेसको झन्डा लहराए। सबैलाई पुलिसले पक्रेर जेलमा थुने।
'नेताजी' सुभाष चन्द्र बोसको नेतृत्वमा गोर्खाहरु आजाद हिन्द फौज (आइ एन ए) को सदस्य भए अनि ब्रिटिस सरकारको विरुद्ध लडाई लडे। १९३९ सालमा नेताजीले, जलपाईगुडीमा भएको बंगाल प्रादेशिक काँग्रेसको सभामा, दार्जिलिङको भारतीय नेपालीहरूलाई वहाँसँग योगदानको निवेदन गरे। उनको निवेदन स्वीकार गर्दै, पहाडको टाढा-टाढाबाट हजारौँ मानिसले आजाद हिन्द फौजमा नाम लेख्याउनु थाले। देहरादूनको निवासी गोर्खा कप्तान दुर्गा मल्ल, आइ.एन.-को एक प्रतिष्ठित स्वतन्त्रता संग्रामी, मालयको जङ्गलमा पक्राउ परे र 'राजसत्ता विरुद्ध युद्ध षडयन्त्र' 'सेक्शन ४१ विरोधी सीविल अफेन्स'को आरोपमा, दिल्लीको सेन्ट्रल जेलमा २५ अगस्ट, १९४४-को दिन फासीमा परे। उनले कप्तान मोहन सिंह सँग साथ दिँदै लडाई लडे। मोहन सिंह भने भारतको मुक्तिको लागि सेनाबलको जेनरल अनि कमाण्डर-इन-चिफ थिए। उनले कप्तान दुर्गा मल्ललाई आइ.एन.-को मेजरको पदमा नियुक्त गरे अनि आफूले ब्रिटिस दलबाट खबर ल्याउने काम पनि गर्दथे।
 उल्लेखनीय छ कप्तान राम सिंह ठकुरीको नाम, जसले निर्वासनमा बनेको आजाद हिन्द सरकारको मिलिटरी म्युजिसियानको हिसाबले अमर रहनेछन्। उनले नै आइ.एन.-को मर्चिंग सङ्ग 'कदम कदम बढाए जा' सितै अझै गीतहरूमा ध्वनी दिनुभयो।  कप्तान दल बहादुर थापा पनि अर्को महान् गोर्खा बिद्रोही थिए। उनी आइ.एन.-को एक एलिट युनिटका कमान्डर थिए। कोहीमा-मनिपूर फ्रन्टमा भइरहेको युद्धको बेला उनलाई ब्रिटिसले पक्राउ गरेर लालकिल्लामा कारबाही हुँदा 'युद्ध मचाउने' आरोप लगाए। कप्तान मोहन सिंहको आह्वानमा प्रोत्साहित भएर मेजर पूर्ण सिंह ठाकुरले रिहाई भएको भारतीय युद्धबन्दीहरुको बिचबाट आइ.एन.-मा भर्ति गराउने काम गर्दथे। उनले जून १९४२-मा साथीहरू समेत पक्राउ पढे अनि ७ साल जेलमा बन्दी जीवन बिताए। आइ.एन.-मा किशोर-किशोरीहरुलाई लिएर बनाएकोबाल सेनावाजानवाज दलको सक्रिय सदस्य इन्द्रेणी थापा अनि सावित्री थापाले camouflaging as bushes आफ्नो शरीरमा बम राखी आफू समेत ब्रिटिसका ट्यांकलाई विस्फोट गरेका थिए। सुवास चन्द्र बोस यस घटनाको एकमात्र गवाह थिए हरे। १९४६ को नौविद्रोहमा पुष्पकुमार घिसिङ सामेल थिए। ८ सितम्बर १९४६-को दिन उनले ब्रिटिसको नौसेनाबाट राजीनामा दिएर स्वतन्त्रता सङ्घर्षमा भाग लिन अघि बढे। नौसेनाको गोला-बारुद राख्ने ठाउँमा उनी एकलै गए अनि त्यहाँ भएको ३ जना ब्रिटिस सैनिकको हत्या गरी त्यो ठाउँलाई आफ्नो कब्जामा ल्याए। त्यहाँ भएको ती हथियारको मदतले गर्दा भारतीय नौसेनाहरूले पाँच दिनसम्म ब्रिटिस दललाई रोक्नमा सफल बने। पाँचौँ दिनमा घिसिङ अनि उनको अन्य साथीहरूलाई पक्राउ गरी मुलूंडी जेलमा थुने र पछि कोर्ट मार्शल गरी दिए।
यस्ता वीर गोर्खाहरको नाम यतिमा मात्र सीमित छैन। यस सुचीमा अझ अरू नामहरू जोडिएका छन्। भक्त बहादुर प्रधान, दलबीर सिंह लोहर, प्रताप सिंह सुब्बा, देऊ नारायण प्रधान, डी. बि. प्रधान, जङवीर सापकोटा अनि कृष्ण बहादुर मुखिया तिनीहरू मध्य छन् जसले स्वतन्त्रताको लडाई लडेका छन्।
वास्तवमा, यिनीहरूलाई नैवीर गोर्खाभने असल हुन्छ। तर हामीमध्य सायद नै कसैलाई यिनीहरूको बारेमा थाहा होला। अरू स्वतन्त्रताको लडाई लड्ने जस्तै नै गोर्खाले पनि आफ्नो ज्यान यस देशको निम्ति त्यागेका छन्। तर किन तिनीहरूको बलिदान आज व्यर्थ भई गएको छ? के तिनीहरूको नाम इतिहाससँग जोडिने योग्य छैन?कि उनीहरू बलिदान उनीहरूकै निष्प्राण शरीर सँगै विलीन भएर गए वा खरानी बनी हावा सँगै उडेर गए?
      अम्बिका राई


No comments:

Post a Comment