Friday, November 16, 2018

कविताहरू


चिया चिन्तन
निकेश लिम्बु

उहिले बाजेको पाला देखि नै 
सुन्दै आएको
सुनको बोटभन्दै
षडयन्त्र शोषणको जाल
बुन्दै आएको।

यो कथा यो व्यथा, मर्मको व्याकुलता
धेरै पुरानो
डरले काल्लेको,
अनुभूतिको विदीर्ण आवाज
धेरै गुनासो छ।

जब विश्व-रेशमी पलङबाट नै
मैले टिपेको चियाको चुस्की लिन्छ
आफुलाई दास नै ठान्दछु
त्यै
पोहोर-परारको
थोत्रे नाम्लो-जडाउरी भिरेर
थुम्चे
नागबेली बाटो लाग्दछु।

मेरो नागबेली बाटो
खाल्डो-खपेल्टो हुँदै
भिरालो
श्रमिक हुन, श्रम गर्दैछु
जीवन साच्चै नै
अँध्यारो छ।  

अब
त्यो घनघोर वर्षा पछिको इन्द्रेणी कहिले देखापर्ने
मजदुर शाश्वत हक अधिकार
कहिले पाउने
विश्वअघि अर्थवृद्धिका भाषणहरू छाडी हिड्छौं
यो भाषणको सिस्टम कहिले फेरिने।

युवा भन्छ
हो सपमा मैले पनि देखेको छु
तर उडान भने सकेको छैन
अरू युवा झैं पनि
आखिर लाहुरे नै बन्न
वाध्य बनेको छु। 

मैले युवाको कसारोलाई वाद भनिन
सहन सक्छु
फागुनको फुको बिरसिलो क्षन

श्रमको रकम मात्र पो मागेको छु
बढाई देउ मेरो सानो वेतन।

*******



जमीन
आशिष् उदास

मेरो बाजेले गोरु जोत्नु भो
बाँझो खेत खन्नु भो
भाग्य उमार्नु भो
तर मेरो बाजेले
जुन खेतमा भाग्य उमार्नु भो
त्यो खेत मेरो हो भन्नु पाएन

मेरो बाउले भस्मे फाँड्नु भो
बारी बिराउनु भो
खोल्छा गोड्नु भो
भविष्य फलाउनु भो
तर मेरो बाउले
जुन जमिनमा भविष्य फलाउनु भो
त्यो जमिन मेरो हो भन्न पाएन

मेरी आमाले जुन बारीहरूमा पसिना चुहाउनु भो
सपना फुलाउनु भो
त्यो बारी मेरो हो भन्न पाएन

सरकार अब
यो देशको सप्पै सप्पै जमिन
आफ्नो आफ्नो भागमा बाटिदिनोस्
पक्कै पनि मेरो भागमा एक चोक्टा पर्छैपर्छ।
कमसेकम त्यो
एक चोक्टा जमिनलाई मेरो हो
भन्न पाउँछु नि।।

  


No comments:

Post a Comment

Darjeeling Hills in Chorus / Twenty Percent Bonus

(The Tea Workers’ Struggle for Bonus in the  Darjeeling  &  Kalimpong  Hills,  2024  )    Samik Chakraborty    Darjeeling's Singtam ...