Friday, August 3, 2018

यस्तो पनि हुन्छ? वामपन्थी फुटबल क्लब !!

इन्टरनेटबाट सङ्कलित


ब्राजिलको भूतपूर्व फुटबलर सोक्रेतिसको राजनैतिक वक्तव्य वा मारादोनाको हातमा चे ग्वेभाराको ट्याटु— व्यक्ति वामपन्थी फुटबलरको यस्ता उदाहरण रहे तापनि पुँजीको दह्रो नियन्त्रणमा चलिरहेको फुटबल क्लबमा वामपन्थी फुटबल टिम नै भेट्नु साधारण कुरा होइन। तर पनि यस्ता धेरै वामपन्थी टिमहरू छन्। केही उदाहरण—
एफ सी लिभार्नो— इटलीको सिरी-सीमा खेल्ने यस क्लबको दैलोमा लेखिएको छ— "we are proud marxist-leninists"। खेल सुरु हुन अघि यस क्लबका खेलाडीहरूले इटलीको जनवादी गीत अथवा 'कम्युनिस्ट इन्टरन्याशनल' गीत गाउँछन्।
ह्यापोएल एफ सी— इजरायल जस्ता दक्षिणपन्थी प्रभाव भएको देशको राजधानी सहरमा ह्यापोएल एफ सी जस्तो पुरानो क्लबले आफ्नो लोगोमा ‘हँसिया-मार्तोल’को चिन्ह उपयोग गर्छन्। 
सेल्टिक— स्कटल्याण्डको यस क्लबका समर्थकहरू कट्टर वामपन्थी हुन् भन्ने कुरा धेरैलाई थाहा छ। आफूलाई साम्राज्यवाद विरोधी र ब्रिटिस विरोधी भनेर तिनीहरूले पहिचान दिन्छन्। यही क्लबको समर्थकहरूले इजरायलको एउटा क्लबसँग म्याचमा स्टेडियमभरि नै फ्री प्यालेस्टाइन ब्यानर र प्यालेस्टाइनको राष्ट्रिय चिन्ह लहराएका थिए।
इन्टर मिलान— इटलीको यस प्रसिद्ध क्लबसँग वाम राजनैतिक विचार रहेको कारण फासिस्ट मुसोलिनीको समयमा क्लबलाई प्रतिबन्ध लगाएको थियो। हालैमा क्लबको वामपन्थी अर्जेन्टिनीय क्याप्टेन जाभिएर जेनेत्तिको नेतृत्वमा क्लबले मेक्सिकोको सशस्त्र जापाटिस्टा किसान सङ्घर्षलाई नियमित रूपमा आर्थिक सहायता गरेका थिए। जेनेत्ति कोही बेला किसान सम्मेलनमा पनि जाने गर्छन्।
बोका जुनियर्स— अर्जेन्टिनाको यस प्रसिद्ध क्लबसँग तिनीहरूको चिर कालीन राइभल रिभरप्लेटको डार्बि संसारभरिको मानिसलाई थाहा छ। यसको मुख्य कारण हो बोका जुनियर्स वामपन्थी अनि रिभर प्लेट दक्षिणपन्थी। बोका जुनियर्स मारादोना, रिकेल्मेहरुको क्लब हो। यसको सम्पूर्ण इतिहास नै वाम राजनीतिमा आधारित छ। पहिलै भनिएको जेनेत्ति पनि बोका जुनियर्सको भूतपूर्व फुटबलर हो।
लिभरपुल, एभार्टन्—इंलिश प्रिमियर लिगको यस दुई वटा क्लबको समर्थकहरू लेबर पार्टी, सोसलिस्ट पार्टीका सदस्य-समर्थहरू हुन्। लिभरपुलमा सधैँ नै लेबर पार्टीले चुनाव जित्छ, र टोरी जस्ता दक्षिणपन्थी पार्टीलाई तिनीहरूले जहिले पनि विरोध गर्छन्। तिनीहरूको जर्सीको रङ्ग पनि त्यस कारण नै रातो छ।यता, एभार्टन् क्लबलाई पनि वामपन्थी धारको एक युनियनले नै सञ्चालन गर्छ।
एफ सी सेन्ट पाउली— जर्मनीको यस क्लब अहिले बुन्देसलिगा-2 मा खेल्दै छ। यिनीहरूलाई लिएर एउटा किताब पनि छ—  Pirates, Punks and Politics-FC St. Pauli-Falling in Love with a Radical Football Club.
यस्ता धेरै प्रगतिवादी धारका फुटबल क्लबहरू छन्— जस्तै फ्रान्सको अलिम्पिक मार्सेई, ग्रिसको एइके एथेन्स, ब्राजिलको फ्लामिन्गो, तुर्कीको बेसिक्टस आदि।
तर स्पेनमा फासिस्ट फ्रान्कोको जमानामा बार्सिलोनाको वीरतापूर्ण प्रतिरोधको उल्लेख बाहेक यी वाम विचारधाराका फुटबल क्लबहरूको चर्चा प्रायः गरिँदैन। बार्सिलोना र मद्रिडको क्लब राईभल्रीको इतिहास पनि त्यसताका वाम सन्दर्भसँग जोडिएको छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...