Saturday, August 4, 2018

वर्ल्ड कपमा फ्रान्सको जीत आप्रवासीहरुको जीत


प्रियाशिखा राई

हालै वर्ल्ड कप फाइनलमा फ्रान्सको धमाकेदार 4-2को क्रोसियामाथिको जितले अफ्रिका अनि सबैतिरका आप्रवासीहरूको विजयको प्रतिनिधित्व गर्छ।
विगत 2 दशकदेखि फ्रान्समा आप्रवासी-विरुद्ध भावना निकै बढेको छ, बिशेषगरि अफ्रिकाबाट आएका आप्रवासीहरू विरुद्ध, त्यस्तो स्थितिमा यसपालिको फ्रेंन्च फुटबल टोलीको सफलता उल्लेखनीय छ। पेरिसमा भएको 2005-को एउटा घटनामा पुलिसले दुईजना आप्रवासी केटालाई लखेटेर कठोर यातना दिइयो, जसको कारण उनीहरूको मृत्यु भयो। यस घटनाको कारण पेरिस वरिपरिको ठाउँहरूमा अशान्तिको माहौल सृजना भएको थियो। गत महिनामै फ्रान्सको नानटेस सहरमा पुलिसले एक जवान गिनियान् आप्रवासी युवकलाई गोली ठोकी हत्या गर्दा त्यहाँ ठुलो दङ्गाको स्थिति भएको थियो।
पुलिस क्रूरताले उक्साएको झडप, जातिक न्यायको प्रश्न र आर्थिक सुविधाका मुद्दाहरूले युरोप र अमेरिकामा चल्ने ‘नागरिकताको अधिकार पाउने योग्य को हुन्’ भन्ने बहसको विषयलाई आकार दिन्छ। फ्रान्सको प्राय जसो भाग नै अफ्रिकन आप्रवासीहरूले भरिएका छन्। विशेष गरी ती ठाउँहरू जहाँ कठिन श्रम, कोही बेला थोरै भन्दा थोरै ज्याला र जोखिमपूर्ण श्रमको आवश्यक्ता पर्दछ। यी आप्रवासी नागरिकहरू मध्ये धेर जसो फ्रान्स र अन्य युरोपियन युनियनको उपनिवेशवादी इतिहाससँग जडित छन्।
फ्रान्सको वर्ल्ड-कप जित्ने टोलीमा लगभग 15 जति खेलाडीहरू मूल रूपले अफ्रिकी हुन्। ती मध्ये फुर्तिलो अनि उर्जाशील 19 वर्षीय काईलियन एम्बाप्पे पनि अफ्रिकी नै हुन्। उनी अल्जेरियन आमा अनि क्यामरुनियन पिताका सन्तान हुन्। फ्रान्सको टोलीमा अफ्रिकन खेलाडीहरूको उपस्थिति रहेको कारण टोलीको यस्तो बनावटले विश्वलाई यथार्थ बुझ्न मद्दत दिन्छ, साथै युरोपका ती फुटबल फ्यानहरूलाई जसले कालो खिलाड़ीहरूप्रति जातिवादी बयानहरू जपेका थिए— यसले विश्वको सबैभन्दा लोकप्रिय खेल र नागरिक हुनको माईनेबारे मानिसलाई फेरी सोच्ने बनाउँछ।
समय समयमा फ्रान्सभित्र आप्रवासनमाथिको बहसले, वा अमेरिकाको आप्रवासनमाथिको समकालीन वैश्विक बहसले यस्ता कालो मानिसहरूलाई दोषारोपणको प्रवृत्ति बढाएको छ।  सबैभन्दा कमजोर यस्ता जनतालाई चोर, बलात्कारी अनि हत्यारा भनी ठहराउँछ। इंगल्याण्डको युरोपियन युनियन छोड्ने निर्णय,  ‘Brexit’ त्यस बेला भएको हो जब वर्णभेदको बिषालु प्रचारले गर्दा आप्रवासनको अर्थ नै जातिगतरूपले शुद्ध मान्ने ब्रिटिस चिन्हारीको अन्त भनी ठहरायो।
अमेरिकाको लामो समयदेखि गर्वको विषय बनेको आप्रवासी मूल र इतिहासको कुराहरू सन् 2016-को राष्ट्रपति चुनावले गर्दा निकै ठुलो धक्काको सामना गर्नु पऱ्यो। डोनाल्ड ट्रम्पको आप्रवासीप्रतिको बढ्दो अस्वीकृति नै राष्ट्रपति चुनावको मुद्दा बन्यो र जातीक, जनजातिगत, र धर्मको विविधताले लोकतन्त्रलाई मजबुत  बनाउँछ भन्ने अडान राख्नेहरूलाई ट्रम्पको जितले ठुलो धक्का दियो।
फ्रान्सको फुटबल टोलीको जातीक र जनजातिगत विविधताले आप्रवासन, भूमण्डलीकरण अनि नागरिकताबारे अर्को अनुकूलन शिक्षा दिन्छ। फ्रान्सभरि सम्पूर्ण टोलीले सराहना पाउनेछन् तर अफ्रिकामा मूल रहेकाहरूले उनीहरूको छाला कालो रङ्ग भएको कारण भेदभाव झेल्नु पर्ने नै छन्। अनगिन्ती अफ्रिकन आप्रवासीहरू, जसमध्ये युद्धक्षेत्रदेखि भागीरहेकाहरू पनि छन्, तिनीहरू सपरिवार फ्रान्समा प्रवेश पाउन निकै चुनौती झेल्नुपर्छ। यस्ता स्थितिहरूमा के सुधार आउला?
फ्रान्सका मानिसहरूले जसरी अफ्रिकाका सानदार खेलाडीहरूलाई हृदयदेखि ग्रहण गर्छन् त्यसरी नै अफ्रिका अनि क्यारिबियन मूलका सम्पूर्ण आप्रवासीहरूलाई पनि स्वीकारे राम्रो। आ-आफ्ना देशमा सामाजिक-अर्थनीतिक-प्राकृतिक आपदाको शिकार हुन् तिनीहरू। फ्रान्सको समाजले हृदयबाट त्यस्तो कुराहरू बुझोस्।
छोटकरीमा भन्नु पर्दा वर्ल्ड-कप विजेताहरूले भूमण्डलीकरणको युगमा, जाती-जनजातीको विविधता बिच सांस्कृतिक र राजनैतिक एकताको बाटो देखाउछ, र यसरी जित्न सकिन्छ जनताका धेरै अधिकारहरू।
विश्वभरिका फुटबल फ्यानहरूका निम्ति असलमा अफ्रिकाले वर्ल्ड-कप जितेको छ! फ्रान्सको फुटबल टोलीको बनावटले आप्रवासी जनताको पर्खाल अनि कारावास केन्द्र बनाउने प्रथा विरुद्ध एउटा बेजोड़ जवाफ दिएको छ।
आप्रवासनमाथिको वैश्विक बहस आजको समयको मानव अधिकारको प्रमुख मुद्दा हो। पश्चिमी देशहरुको लामो औपनिवेशिक शासनले गर्दा जुन सेतु बनिएको थियो, त्यसबाट हिड्दै-मर्दै -लड्दै-उठ्दै आएका आप्रवासी मानिसका आजको उत्तराधिकारीहरूले होस्, कि आजपनि आफ्नो जीवन जोखिममा हाल्दै जीवन-जीविकाको खोजिमा युरोप-अमेरिकाको देशहरूमा आइरहेका छन्। सामाजिक-राजनैतिक अनि झन् आर्थिक असमानताका शिकार हुन् तिनीहरू। तिनीहरू नै हुन् सस्तो श्रमको स्रोत। जबकी आजको चेतना विकासको स्तरले अर्कै आह्वान दिंदैछ। एक अग्रसर वैश्विक समाज चाहिएको हो— अधिकारमा अग्रसर, मानवीय संवेदनमा अग्रसर समाज चाहियो। आप्रवासीले भरिएका फ्रान्स फुटबल टीमको वर्ल्ड कप जितले के त्यस्तो बाटो हिडाईमा मद्दत पुऱ्याउछ?

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...