Saturday, January 17, 2015

टिस्टाको बाँधले मानिसहरूको जीवन सुक्यो!

शंकर विश्वकर्मा

पहाडकी रानी भनेर चिनिने दार्जीलिङलाई तिस्ता नदीको प्रसिद्धिले पनि चिनिन्छ। सिक्किमको सो-ल्हमो लेकबाट शुरू हुने तिस्तालाई दार्जीलिङ अनि सिक्किमको गंगा पनि भनिन्छ। यसले धेरै परिवारहरूको जीविका चल्छ। तिस्ताको बगरमा बस्ने, प्राय सबैले यसले बगाएर ल्याएको बालुवा अनि ढुङ्गा बेचेर आफ्नो जीविका चलाँउछन्। तिस्तामा गरिने राफ्टिंग पनि जीविकाको अर्को स्रोत हो। यो राफ्टिंगको जीविका नै अब खतरामा परेको छ।  तिस्ता नदीमा राफ्टिंग १९९१-मा शुरू गरियो। अहिले यो पर्यटनको केन्द्र बिन्दु बनेको छ। पहिले राफ्टिंग प्राइवेट कम्पनी परिचालित थियो, तर अहिले यो तिस्ता रंगीत रिवर राफ्टिंग वेलफेर असोसिएसन द्वारा परिचालित हुँदैछ। तिस्ताको छाल— सबै तब्काको राफटर्स, नौलो वा प्रशिक्षित, जवान वा बुडो सबैको लागि अनुकूल छ। 
तर एन.एच.पि.सि. [National Hydro Power Project] को परियोजना अन्तर्गत बनिएको बाँधको निर्माणले गर्दा अहिले तिस्ता नदी आफ्नो गति गुमाएको छ। यस्ता बाँध २७ माइलमा एउटा अनि कालिझोरामा अर्को बनिएको छ। अहिले तिस्ता छाल बिहिन रहने पोखरी जस्तो बनिएको छ। अब राफ्टिंग गर्न आउने पर्यटकहरूले तिस्ताको छालको मजा उठाउन पाउँदैनन। ३०० भन्दा बेसी व्यक्तिहरू जसले राफ्टिंग-सम्बन्धित कामहरु सँग जोडेर तिस्ताबाट आफ्नो जीविका चलाउँदथे, तिनीहरू अहिले बेरोजगार बनेको छन्।
तिस्ताको मास्तिर अझ धेरै बाँधहरू बनिन्दैछन। पूरा तिस्ता भरि नै बाँध बनिए भने, तिस्ता राफटिंग गर्ने लायक हुँदैन, त्यसैले राफ्टिंगसँग जोडिएका सबै व्यक्तिहरू अब प्रशासनको भरमा छन्। उनीहरू भन्छन्— प्रशासन अनि एन.एच.पि.सी-ले उनीहरूको जीवन धान्ने औजार हत्याए पछि अर्को विकल्प पनि दिनु पर्छ। तिनीहरूले प्रशासन अनि एन.एच.पि.सी दुवैलाई यो ढुःख सुनाए पनि तिनीहरूबाट केही विश्वासपूर्ण प्रतिक्रिया फेला परेको छैन। ‘हामी कुनै पनि क्षतिपूर्तिको चुक्तिमा सहमत छौ, पढेकोहरूलाई काम वा व्यवसाय घाटा भएकोमा आर्थिक क्षतिपूर्ति’— तिस्ता रंगीत रिवर राफ्टिंग वेलफेर असोसिएसनका सह सचिव रोशन भुजेलले भने। 
आफ्नो आवाज गुन्जाउँनलाई, तिनीहरूले तिस्तामा डुबेकाहरूलाई उत्थान गर्ने कामलाई पनि अस्विकार गरे, यदि तिनीहरूको माँगहरूलाई अब पनि नसुनिए, तिनीहरूले तिस्ता रंगीत रिवर राफ्टिंग वेलफेर असोसिएसनले रम्बीमा रहेको एन.एच.पि.सि.-को दफ्तर घेराउ गर्ने तय गरेका छन्। तिस्ताको राफ्टिंगले धेरैजनालाई पालेको छ तर चाडै यहाँका मानिसहरूले आफ्नो जीविका गुमाउने छन्, यसैले बाँध निर्माणको विरुद्ध वा क्षतिपूर्ति नदिने सरकार र कम्पनी विरुद्ध आवाज उठाउनु जरुरि छ। एउटा संयुक्त सङ्घर्षले मात्र हामी यो लडाई जित्न सक्छौं। यसैले हाम्रो सङ्घर्षको नदी पनि तिस्ता जस्तै नसुकोस।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...