Friday, November 16, 2018

'56 इन्चको सरकार'लाई विरोध गर्ने 56 वटा कारण


सागर आङ्गदेम्बे



   1. कुनै पनि औचित्य बिना इन्धनको मूल्यहरूमा वृद्धि जबकि काँचो तेलको मूल्य अपेक्षाकृत कम छ। उच्च कर लागू गरेर इन्धनको मूल्य वृद्धि गर्नु सामान्यतया जनतामाथि आर्थिक बोझ थप्ने एक क्लासिक उदाहरण हो।
   2. एलपीजीको मूल्य 800 रुपियाँ नाघ्यो।  यो 2014को मूल्य भन्दा दुइगुणा ज्यादा हो।
   3. भारतीय रुपियाँको मूल्य घटेर एसियामा सबैभन्दा ज्यादा अबमुल्यन भएको मुद्राको रेकर्ड राख्यो।
   4. रेल-भाडामा ठुलो वृद्धि भएको छ। न्यूनतम शुल्क रु.5 देखि 10 रुपियाँमा पुगेको छ। इतिहासमा पहिलो पटक रेल-खर्च यस गतिमा वृद्धि भएको छ।
   5. भारतीय रेल्वेमा सामान यातायातको भाडा 10%ले वृद्धि भएको छ।
   6. साम्प्रदायिक आधारमा व्यापक ध्रुवीकरण कहिल्यै नदेखिएको वा नसुनेको ढङ्गमा हुँदैछ।
7.  नोटबन्दी नामको गलत प्रयोगद्वारा 'सङ्गठित लुट वैधानिक लुटपाट' गरियो। सरकारको भनाई अनुसार 30% नोटहरू बैङ्कहरूमा फिर्ता नआउन पर्ने थियो, तर 99.3% फिर्ता आयो। बाकी नेपाल रोयल ब्याकं, रयल बैङ्क अफ् भुटान सहकारी बैंकिंग सेन्टरसँग छ। यो मूर्खतापूर्ण प्रयोगको कारण देशमा 100 भन्दा अधिक व्यक्तिले ज्यान गुमायो।
8. "मलाई 50 दिन दिनुहोस् यदि नोटबन्दी गलत साबित भयो भने जनताले जे सजाय दिन चाहन्छ खुशीसाथ स्वीकार्छु"—यी शब्दहरू नोटबन्दी थाले पश्चातको नरेन्द्र मोदीको शब्दहरू हुन्। अहिले यसबारे उसले एक शब्द बोल्दैनन्।
9. जी.डी.पी.-मा 2% घटेकोले गर्दा देशलाई 3 लाख करोडको क्षति भयो।
10.       मोदीले भने "बाहिर थुपारिएको कालो धन 100 दिन भित्र फिर्ता ल्याइनेछ" तर अहिलेसम्म यसबारे कुनै कार्य गरिएन HSBC-ले दिएको 673 नामहरूको पनि खुलासा गरिएन... आखिर मोदी सरकारले कसको रक्षा गर्दैछ?
11. मोदीले बाचा गरेको थियो कि, "2 करोड रोजगारहरू प्रत्येक वर्ष सिर्जना गरिनेछ" तर वास्तविकतामा 1 लाख रोजगार पनि उत्पन्न गरिएन अझ नोटबन्दीको कारण हरेक क्षेत्रमा लाखौँ रोजगारहरू बन्द गरियो।
12. राफेल सम्झौता अर्को लुट हो। भारतले फ्रान्सबाट 1526 करोडमा वायुयान किनिरहेको छ। मोदीले एच..एल-लाई छोडेर अनिल अंबानीको नयाँ कम्पनीलाई यस सम्झौतामा साझेदार बनाए। आश्चर्य मोड, कतार इजिप्टले यो वायु यान मात्र 700 करोडमा पाउँछ!!
13. अर्को सट्टाबाज पुँजीपति मित्र पतञ्जलीलाई 268 करोड मूल्यको जमिन 58 करोडमा दिइएको छ।
14. आर.बि.आई. अनुसार कर्पोरेट सेक्टरको 2.4 लाख करोडको ऋण माफ गरियो जबकि किसानहरू ऋण फिर्ता गर्न असक्षम भएर आत्महत्या गरिरहेका छन्।
15. किसानहरूको आत्महत्याको दर 40 %ले वृद्धि भएको जसमध्ये अधिकांश बीजेपी शासित प्रदेशहरूमा भएको छ।
16 भव्य कुप्रबंधको एक अर्को उदाहरण हो जी.एस.टी. यसको कारण राज्य सरकारको राजस्वमाथि नराम्रो असर परेको छ।
17.  2008-को विश्वव्यापी मन्दी पार गरेका बैङ्कहरूलाई गत तीन महिनामा 44000 करोडको क्षति भएको छ। 
18. पेट्रोलको लागि 200% डिजेलको लागि 400% कर लागु गरियो।
19. कृषिक्षेत्रमा वृद्धि 4-5%को वार्षिक रेकर्डमा थियो  भने अहिले 2% मात्र हो।
20. कृषि उत्पादनको निर्यात बिल 9 अरब डलरले घट्यो।
21. दक्षिण एसिया आतङ्कवाद पोर्टल (एसटीएपी)-को रेकर्ड अनुसार एन.डी.. सरकारमा 191 सैनिक मारिए। ज्यानको क्षतिमा 72 % वृद्धि।
22. केवल कश्मीरमा मात्रै आतङ्कवादी गतिविधिमा 42%ले वृद्धि देखिएको छ।
23. कश्मीरमा आतङ्कवादी आक्रमणमा मारिएका नागरिकहरू 37%ले बढेको छ।
24. भारतले भर्खरै 500 ऐकर जमिनको सट्टामा बांग्लादेशलाई 1000 ऐकर जमिन दिएको छ। खराब विदेश-नीतिको यो एक क्लासिक उदाहरण हो।
25. बैङ्कहरूको गैर-प्रदर्शनकारी सम्पत्ति (एनपीए) 2 लाख करोडभन्दा कम्तीदेखि 10 लाख करोडसम्म वृद्धि भयो.... यो भारतीय बैङ्कको सर्वकालीन रेकर्ड हो।
26. श्री एस.बि. हरिप्रसादद्वारा स्पष्ट लिखित जानकारीको बावजुद पनि नीरव मोदी भारतबाट सफलतापूर्वक भाग्यो।
27. विजय माल्या, विक्रम कोठारी, मेहुल चोकसी, नीरव मोदी आदिले भारतीय बैङ्कहरू, भारतीय सरकार भारतीय जनतालाई बेवकूफ बनाएर विदेशमा मोज गरिरहेका छन्।
28. आधिकारिक रेकर्ड अनुसार स्वीस बैङ्कमा भारतीयहरूको जमा राशी 50%ले वृद्धि भएको छ।
29. गरिबीको सूचीमा भारत 119 राष्ट्रहरू मध्ये 100औं स्थानमा (याद रहोस् कि हामी खाद्यमा 95 % स्वयम्-पर्याप्त छौँ) चीन 2 औँ, NEPAL 72औँ, श्रीलङ्का 84 औँ, म्यानमार 77 औँ अनि बङ्गलादेश 88 औँ स्थानमा छ। यहाँसम्म कि युद्धपीडित इराक पनि भारत भन्दा अगाडी छ।
30. मूर्खतापूर्ण प्राथमिकताहरूगाइहरूको लागि एम्बुलेंस सेवा तुरुन्तै लागु हुन्छ जबकि मानिस आफ्नो बिरामी आफन्तको शरीर साइकल वा काँधमा बोक्ने अवस्था छ।
31. बिफको नाममा हत्या यति साधारण भएको कि समाचार च्यानलहरूले पनि कुनै महत्त्व दिनु छोडेको छ।
32. मानिसहरू बिफको नाममा मारिँदैछन् जबकि भारत विश्वमा गोरुको मासु निर्यातमा 1 नम्बरमा छ।
33. सरकारद्वारा मेसर्स एलनसन प्राइवेट लिमिटेड सबै भन्दा ठुलो बीफ निर्यातकको लागि डाईमण्ड अवार्डले पुरस्कृत भएको छ।
34. महिला सुरक्षा एउटा मजाक भएको छ। एक घटनामा बीजेपी कर्ताहरू राष्ट्रिय झन्डा लिई बन्दे मातरम जप्दै बालिका बलात्कार हत्याराको रिहाइको माग गर्दै सडकमा थिए।
35. कानुन न्यायको ध्वंसनिर्णय अनुसार मालेगाव बम विस्फोटको प्रत्यक्षदर्शी हावामै विलीन भयो। नारयद पटाया केसको अपराधी माया कोदनानी, जसलाई 28 साल सजाय भएको थियो, मन्त्री भएको छ। उनले आरोपबाट मुक्ति पायो कि पाएन त्यसबारे सन्देह छ।
36. अपरेसन मेथिरीद्वारा नेपालको जनतालाई सहयोग पुर्याउन राता-रात 6000 करोड राहतको बन्दोबस्त गरियो। केरला बाढीको समयमा केन्द्रद्वारा मात्र 600 करोड सहयोगको घोषणा गरियो। केन्द्र सरकारले केरलाका लागि प्रस्ताव गरिएको कुनै विदेशी सहायता पनि अस्वीकार गऱ्यो।
37. मूल्यवृद्धि अहिलेसम्ममा सबैभन्दा उच्च तर मुद्रास्फीतिको तथ्याङ्क भने कसरी लगभग पाँचमै सीमित !
38. गङ्गा नदीको सफाइ संस्कारको विवरणले 7000 करोड खर्च देखाइयो। तथापि, गङ्गा नदीको अवस्थामा कुनै परिवर्तन छैन।
39. वाराणसी, मोदीको आफ्नै संसदीय चुनावी क्षेत्र विश्वको सबभन्दा बेसी प्रदूषित 20 सहरहरूको सूचीमा छ।
40. बी.जे.पी. अध्यक्ष अमित शाहको छोरा युवा व्यवसायी जय अमित शाह-ले 1 वर्षको अवधिमा आफ्नो कम्पनीको सम्पत्ति अचम्भित 16000 गुना बढी बनाए।
41. नोटबन्दीको पहिलो 5 दिनको अवधिमा इलाहाबाद सहकारी बैङ्कले अमित शाहको नेतृत्वमा 750 करोड पुरानो नोटहरू विनिमय गरे।
42. NABARD को रिपोर्ट अनुसार 2.5 लाख वा बढी राशी जम्मा गरेको ग्राहक मात्र 0.09% छ। यो 0.09% प्रतिष्ठित ग्राहकहरू को हुन्?
43. 2012 मा अमित शाहको सम्पत्ति 1.90 करोड मूल्यको थियो 2017 मा 20 करोड ... उनको आयको स्रोत के हो?
44. "मेक इन् इन्डिया"-यो योजना पूर्व सरकारको कार्यक्रमलाई नाम परिवर्तन गराएर ग्रहण गरिएको हो। भारतीय उत्पादन भारतीय उद्योगलाई प्रोत्साहन दिनको निम्ति प्रारम्भ गरिएको कार्यक्रमको लोगो भने एक विदेशी कम्पनी वेल्डेन एन्ड केनेडी-द्वारा डिजाइन गरिएको थियो।
45. एफ.डी.आई.-मा 4 बिलियनको गिरावट देखिएको , यसको अर्थ हो कि मेक ईन इन्डिया कार्यक्रमले भारतीय अर्थनीतिमा असर पारेन, अर्कोतर्फ चीनले 37 बिलियन आकर्षित गर्यो।
46. "स्वच्छ भारत" असफल भएको , जुन यूपीए सरकारको निर्मल भारत अभियानको परिवर्तित नाम थियो। स्वच्छ भारत अभियानको वेबसाइटले भन्छन् कि अहिले 50 लाख शौचालय निर्माण गर्दैछ, जबकि पहिला पनि त्यस्तै रफ्तारमा बनियो। शौचालयको नाममा 16400 करोड जनताको आँखा सामुबाट हरायो अनि 530 करोड यसको विज्ञापनमा मात्र खर्च गर्यो।
47.       सरकारको उच्चाकांक्षी 90 स्मार्ट सिटीस् मिसन 'उल्लेखनीय प्रगति गर्न असफल भएको ' एनारक प्रपर्टी कन्सल्टेन्टस अनुसार प्रस्तावित परियोजना मध्ये मात्र 5% पूरा भएको छ।
48.       अर्थव्यवस्थाको डिजिटाइजेशन विफल। आरबीआई प्रतिवेदनले बताउँछ कि मुद्रा प्रतिबन्ध पछि बजारको क्यास ट्रान्सफर लगभग 37% बढ्यो।
49. नयाँ नोट मुद्रणको व्यय 21000 करोड थियो। गैर-फिर्ता मुद्रा मात्र 10720 करोड।
50. विश्वमा सबैभन्दा जटिल उच्च जीएसटी दर भारतमा लागु भएको छ। 6 प्रकारको करहरू उच्च दरले व्यापारीहरूलाई टाउको दुखाइ दिन्छ।
51. मनमोहन सिंहले 9 वर्षमा विदेश भ्रमणमा 642 करोड खर्च गरे, मोदीले यो वर्ष जुलाईसम्म 1484 करोड खर्च गरेको छ।
52. गोपनीयताको अधिकार नागरिकको एक मौलिक अधिकार हो। तर मोदी सरकारले त्यो विश्वासलाई साझेदारी गर्दैन। तिनीहरूअनुसार नागरिकले गोपनीयताको सीमित अधिकार मात्र पाउनुपर्छ।
53.  2012 मा मोदीले बयान दिएका थिए कि एफडीआई विदेशी देशहरूको निम्ति विपरीत मोड़ हो तर मोदी सत्तामा आएपछि 2016-मा एफडीआईको 100% अनुमति दिइयो।
54. गत 4 वर्ष या भनौ 1475 दिनको अवधिमा सार्वजनिक सभाहरूमा मोदीले 800 दिन बिताए, 200 दिन विदेशमा बिताए मात्र रहेको 19 दिन संसदमा बिताए।
55. मोदीले आफ्नो पहिलो भाषणमा घोषणा गरेका थिए कि अपराधीहरू राजनीतिबाट हटाइनेछ। मोदीको मन्त्रीमण्डलको एक-तेस्रो मन्त्रीहरूमाथि कानुनी अपराधको दोष लागेको छ।
56. राज्यहरू जहाँ बीजेपी-शासन छैन जस्तै केरला तमिलनाडु,  ती राज्यहरू विकासको क्षेत्रमा सर्वश्रेष्ठ छन्।
[साभार : इन्टरनेटबाट प्राप्त नासारूधीन मन्नरक्कड-को लेखको अनुवाद]

No comments:

Post a Comment