Monday, August 13, 2018

1968-को फ्रान्सेली विद्यार्थी आन्दोलनको 50औँ वर्ष


"यथार्थवादी बनौँ,  

असम्भवको माग गरौँ !"


विद्यार्थी थापा


सन 1968-को मई महिनामा सोर्बोन विश्वविद्यालयको नँतेर क्याम्पसबाट सुरु भएको विद्यार्थी सङ्घर्ष फैलिँदै जाँदा फ्रान्सलाई मात्र हल्लाएको थिएन, यो विद्यार्थी सङ्घर्षले सम्पूर्ण विश्वलाई नै आशाको नयाँ किरण देखाएको थियो। त्यसै कारण यो विद्यार्थी आन्दोलन आजसम्म इतिहासमामई 1968’को रूपमा अमर रह्यो। यसै सङ्घर्षको सम्झनामा अहिले 50औँ बर्षगाँठ मनाइरहेको छ।
1960-को दशक तथा सन् 1968 लाई परिवर्तनकामी मानिसहरूका निम्ति एउटा ऐतिहासिक माइलखुट्टी नै मानिन्छ। भियतनाममाथि अमेरिकी आक्रमण विरुद्ध संसारभरि आवाज उठिरहेको थियो। विश्वको विभिन्न ठाउँहरूमा उठिरहेको अमेरिकी हैकमवाद विरुद्धको आवाजसँगै फ्रान्समा देखा परेको थियो उर्जाशील विद्यार्थी आन्दोलन। फ्रान्सको आन्दोलन यस्तो चरण अवस्थामा पुगेको थियो जसले देशको नेतृत्वलाई गृहयुद्ध क्रान्तिको डरले अस्तव्यस्त बनाएको थियो। त्यसताका फ्रान्सेली राष्ट्रपति चार्ल्स दी गललाई केही घण्टाका निम्ति फ्रान्सबाट गुप्त रूपमा भाग्न कर लाग्यो। यसैले फ्रान्स देशको अस्तित्व पनि केही दिनको लागि सङ्कटमा परेको थियो। मई '68-ले फ्रान्सेली समाजमा यस्तो प्रभाव पारेको थियो जुन दशकौँसम्म जारी नै छ।
10 डिसेम्बर 1968-को साँझमा पेरिसको पुलिसले विद्यार्थीहरूको विरोध प्रदर्शनमाथि आक्रमण गऱ्यो। चार्ल्स गल सरकारको शिक्षा नीति विरुद्ध 20,000 विद्यार्थीहरू पेरिसको सडकमा ओर्लिएका थिए। पुलिसको आक्रमणमा हजारौँ प्रदर्शनकारी विद्यार्थीहरू घाइते बने। उनीहरूलाई अस्पतालमा भर्न गरिएको थियो। यसै घटनाको तीन दिनपछि, दुई फ्रान्सका लाख मजदुरहरूले प्रदर्शनकारी विद्यार्थीहरूको समर्थनमा दह्रो हडताल गरेर प्रशासनिक गतिविधि नगरपालिकाको सेवालाई ठप्प पारिदिएका थिए।। कारखाना, कार्यालय, कचहरीका लाखौँ मजदुर-कर्मचारीहरूले सडकमा ओर्लिएर एक दिनको हडताललाई बढाउँदै बृहत् सङ्घर्षको रूप दिए।

60-को दशकमा सम्पूर्ण विश्व लगायत फ्रान्सेली युवाहरूका मुटुमा भयानक गुनासो जमा भइरहेको थियो। भियतनाममा अमेरिकी साम्राज्यवादी युद्धको विरोधमा फ्रान्सभरि नै उथलपुथल चलिरहेको थियो। मनन योग्य कुरो यो पनि हो कि अल्जीरियाको रक्ताम्य मुक्ति युद्ध, जसको गहिरो असर फ्रान्सका युवाहरूमाथि थियो, जुन रक्त युद्ध केवल 6 वर्ष अघि मात्र समाप्त भएको थियो। साम्राज्यवाद-विरोधी सङ्घर्षको निरन्तरतामा प्रान्सेली विद्यार्थीहरूले उत्पीडन विरुद्ध न्यायको माग साथै सामाजिक ढाँचाको आधारभूत विषयहरूबारे प्रश्न उठाउन थाले।
फ्रान्समा एक तपका विद्यार्थी समुदाय सामाजिक सङ्कीर्ण परम्परागत अवधारणाहरू लिएर रुष्ट बनिरहेका थिए। रुढीवादी शिक्षा व्यवस्था, अवैधानिक विश्वविद्यालय प्रवेश प्रक्रियाहरू, शिक्षा क्षेत्रमा अपरिपक्वताको परिभाषा, विशेष गरी सहरी विश्वविद्यालयहरूमा छात्र-छात्राहरूको मेलमिलापबारे अथोरिटीको प्रतिबन्ध इत्यादि कारणले गर्दा विद्यार्थीहरूमा क्रोधको आगो बलिरहेको थियो।
20
मार्च 1968-मा भियतनाम युद्ध विरुद्ध प्रदर्शनकारीको गिरफ्तारीपछि विद्रोही विद्यार्थीहरूले प्रशासनिक भवन कब्जा गरे। तिनीहरू नै हुन मार्च 22 आन्दोलनको प्राथमिक उद्यमी 1968 विद्रोहको प्रतीक पनि। पुलिस-प्रशासन-अथोरिटी दक्षिणपन्थीहरूसित तिनीहरूको झगडा बढ्दै गयो।
नँतेरबाट आन्दोलन बिस्तारै सोर्बोन पुग्यो। 3 मईमा सयौँ विद्यार्थीहरूले नँतेरको प्रदर्शनकारी विद्यार्थीहरूसँग एकवद्धताको आह्वान गरे। प्रशासनले क्याम्पस खाली गर्ने निर्देशन दिनसाथ पुलिसले विद्यार्थीहरूलाई खेद्न थाल्यो। अबेर रातीसम्म भएको पुलिस विद्यार्थीहरू माझको भिडन्तमा धेरै विद्यार्थीहरू घाइते भए पुलिसले 600 जना आन्दोलनकारी विद्यार्थीहरूलाई पक्राउ गऱ्यो। बाह्र जना विद्यार्थीहरूलाई दुईदेखि चार महिनासम्मको जेल सजाय दिइयो। यो घटनाले विद्यार्थीहरूमा गुनासो अझै बढायो। 6 मई को दिन बन्दी साथीहरूको रिहाइको मागमा विद्यार्थीहरूको विशाल जमघट भयो यसमा धेरै युवा मजदुरहरू पनि सामेल भए। 10 मईसम्म निरन्तर रूपमा एकपछि एक विरोध प्रदर्शन जारी रह्यो। गल-को तानासाही नीति, पुलिसको अन्याय अत्याचारको विरुद्धमा देशभरि नै विद्रोह देखा पर्न थाल्यो।
10 मईको दिन नै यस्तै एक विरोध प्रदर्शनमा हजारौँ विद्यार्थीहरूलाई, विशेष गरी उच्च विद्यालयका विद्यार्थीहरूलाई पुलिसले घेरा हाले तापनि दँफेर-रस्रो क्षेत्रदेखि कर्तिए लताँसम्म विरोध प्रदर्शनहरू जारी नै रह्यो। क्रमिक पुलिस आक्रमण हुँदा हुँदै पनि ठाउँ-ठाउँमा ब्यारिकेड बनाउँदै विद्यार्थी मजदुरहरूले वीरतासित पुलिस कार्वाहीको सामना गर्दै सङ्घर्षलाई अझै फैलाउने काम गरे।
अब आन्दोलनमा आममानिसहरूका, खास गरी खटिखाने मानिसहरूका सहानुभूति स्पष्टसँग बढ्दै गयो। पुलिसको आक्रमण क्रूरता, विशेष गरी बेरिकेडको रातीको घटनाहरूले देशभरि नै विरोधको लहड उत्पन्न गऱ्यो।
यस अघि नै सरकार मालिकहरूले फ्रान्सका श्रमिकहरूमाथि कामको समय स्थिति बारे दबाब दिइरहेको थियो, जसको परिणाम स्वरूप श्रमिकहरूमाथि विभिन्न प्रकारका शोषणहरू भइरहेको थियो। गल-को विरुद्धमा उठेको जनविरोधमा त्यहाँका श्रमिकहरूले पनि मुक्तिको किरण देख्न थाले।
फलस्वरूप विभिन्न क्षेत्रमा मजदुरहरू आफ्नो कारखाना कार्यस्थलमा स्वतःस्फूर्त आन्दोलनमा सामेल हुन थाले। 13 मईको दिन मजदुर सङ्गठनले आम हडताल ढाक्यो। 13 मईको हडतालले उथलपुथल मच्चायो। मजदुरहरू आशा उत्साहको नयाँ शिखरमा पुगे फ्रान्सको अर्थनीति ध्वस्त भयो।
यसरी फ्रान्समा विद्यार्थी-युवा विद्रोहले आगो बल्ने काम गरेको थियो। यस पछिका केही हप्तामा हडतालको अतिरिक्त, पेरिसमा विशेष गरी सोर्बोन कार्तिए लताँमा विभिन्न प्रकारका ऊर्जा-उत्साहका अभिव्यक्तिहरू देखा पऱ्यो। धेरै नवीन विचारहरू विकास हुन थाल्यो। विश्वविद्यालय स्कुल-कलेजका लाखौँ विद्यार्थीहरू, श्रमिक युवा यहाँसम्मकी प्रवीण व्यक्तिहरू पनि ठाउँ ठाउँ भेला भएर चर्चा-परिचर्चाका अभूतपूर्व माहौल सिर्जना गर्न थाले। चर्चाको मुख्य विषय थियोसंसारलाई नयाँ प्रकारले निर्माणको सपनाबारे। सडक पेटी होस् वा भित्ते पोस्टर सबैतिर समाज निर्माणका वन विचारबारे चर्चा जारी थियो। यी युवाहरूका ठुलो भागले विद्यार्थीहरू मात्र होइन क्रांतिकारी चेतनालाई पनि अँगालेको थियो। एकपछि अर्को सफल हडतालले तिनीहरूलाई शिक्षा दियो कि मजदुरवर्ग सङ्घर्षमा ओर्लिंदा कसरी चारैतर्फ हल्लिनु थाल्छ? कसरी यस्तो सामूहिक प्रयासले धेरै शक्तिशाली राज्यव्यवस्थाको मुखुण्डो च्यातेर उसको असक्षमतालाई प्रकट गर्न सक्छ।
यस आन्दोलनको परिणामले विद्यार्थी-युवा श्रमिकहरूको समस्त सपनालाई पुरा गर्न नसके तापनि आन्दोलनको अनुभव शिक्षाले नयाँ पीढ़ीलाई क्रान्तिकारी चेतना प्रदान गरेको थियो। जुन आज पनि सान्दर्भिक छ।
मई 68 माथिको चर्चा केवल अतीतलाई स्मरण गर्नु मात्र होइन। त्यो आन्दोलनले अझै पनि सङ्घर्षशील मानिसलाई सपना देखाइरहन्छ। होमई 68’को प्रसिद्ध नारा जसले हामीलाई बारम्बार क्रान्तिको पथमा निमत्याइ रहन्छ— "यथार्थवादी बनौँ! असम्भवको माग गरौँ !" (Be realistic! Demand the impossible!)


No comments:

Post a Comment