Wednesday, September 7, 2016

पेम्बिला ओरूमाई, रित्तो गाउँ अनि प्रकृति गिरी

लेखनाथ छेत्री

चाडबाडको रंग लगभग चढिसकेको थियो । हर्कबहादुर छेत्रीको राजीनामाले बढेको रक्तचाप थाम्न नसकेर कालेबुङबाट पदयात्रा थालेको बिमल गुरुङको बचन अनुसार नौ हजार किलोमिटरमा नौ सयपनि पुरा गरिसकेका थिएनन् ।बाटोबाटै उनले बन्द चियाकमानका मजदुरहरूको लागि मुफ्त रासन बाड्ने घोषणा फेसबुकबाट गरे। मलाई हाँस उठिरहेको थियो । 
बिमल गुरुङ बिधानसभा चुनावको लागि बन्द चियाकमानका मजदुरहरूको चिसो चुल्होमा आफ्नो रोटी सेक्न चाहन्छन्, यो कुरा स्पष्ट थियो। मलाई यसकारण हाँस उठिरहेको थियो। किनकि सत्तालाई आफु उभिने ठाउँ चाहिन्छ। सत्ताको लागि उभिने सबभन्दा उपयुक्त ठाउँ हो आम मान्छेको भोक, रोग, अनि शोक। सत्ताले हाम्रो समस्याको समाधान कहिले ठिकसँगले गर्दैन। बरु हामीलाई सपना देखाउछ। यहि सपनाको वरीपरी हामी घुम्छौ। सत्ताको आश्रय लिन्छौ। यहि आश्रय सत्ताको लागि भोटबैंक भइदिन् । 
ठिक यहिबेला दक्षिण भारतको मुन्नारले मेरो ध्यान खिचिरहेको थियो। आइमाईहरूका एक झुण्डले एक आन्दोलन सुरु गरेको थिए – पेम्बिला ओरूमाई। चियाबगानका मजदुरहरूको पसिना, उमेर अनि रगतको सोझो हिसाब मागिरहेका यो आन्दोलनले उनीहरूको समस्या माथि कारोबार गर्ने ट्रेड यूनियन अनि राजनैतिक पार्टीहरूलाई अस्विकार गरिरहेका थिए। यो आन्दोलन विशुद्ध रुपले मजदुरहरूबाट अनि मजदुरहरूको लागि थियो।
मलाई लाग्छ कि कुनै पनि कुरामाथि आम मान्छेको धारणा चलिरहेको राजनैतिक बहस, मिडिया लेखन यस्ता कुराहरूले तय गर्छ। विगत तिन चार दशकदेखि जातीय पहिचानमा आधारित राजनिति हामीमाथि हावी छ । यो निश्चय नै एक महत्वपूर्ण विषय हो, तर अहिलेलाई समस्या समधानको निम्ति आजको खाँचो भनेको बेखबर जनमानसको धयान यतातिर खिच्नु हो। बहसको एउटा ठुलो स्पेस यही कुराले मात्र हडप्नुले गर्दा अन्य कतिपय कुराहरूले राजनैतिक डिस्कोर्समा ठाउँ पाएनन्। चियाबगानमा मजदुरहरूको अवस्था यसको एक नमुना हो। जब मिडियाले बन्दचियाकमानमा मान्छेको आवश्यकता भन्दा ज्यादा दार्जीलिङ चियाले विश्व बजारमा पाएको मुनाफालाई समाचारको हेडलाईन बनाउनमा रुची देखाउछ, आम मान्छेको धारणा यही कुराले निर्धारित गर्छ। आज दार्जीलिङ चियाको प्रसिद्धिमाथि धाक पिट्ने आम मान्छे अथवा तथाकथित बौद्धिक समुह चियाबगानको श्रमिकहरूको जिर्ण अवस्थाबारे बेखबर छन्। लेखनमा यो कुरा लगभग छैन बराबर छ।
डुवर्सको माटोसँग खेलेर हुर्केका कवि प्रदिप लोहागुन अनि टिमले लाग्छ यो कुरा ठिकसँग बुझेको छन्। चाड बाडको समय बन्द कमानले पारेको असर, घर, छोडेर कमाउन परदेश लागेका नौजवान, अनि कमान बीच नियास्रो छोडिएको 'रित्तो गाउँ' — उनले क्यामेरामा खिचेको छन्। 
सि बि एस एसको कलकत्ता कन्भेन्सन बाट फर्किंदा सिलिगुडीबाट बिजनबारी सम्म चडेको गाडीमा मेरो पछाडी एक महिला थिईन् जो लगातार बोलिरहेका थिईन् अनि बाँकि यात्री उनलाई सुनिरहेका थिए। थाहा लाग्थ्यो कि उनि गायिका प्रकृति गिरीको आफन्त हुन् प्रकृती सँग अघिल्लो दिन डुवर्सको एउटा ठाउँमा सांगीतिक कार्यक्रम गरेर घर फर्किएकी हुन् । 
कार्यक्रम अन्य ठाउँहरू जस्तो धेर संख्यामा मान्छेहरू नआएको, साउण्ड सिस्टमले ठीकसँग कम नगरेको, आएका मान्छेहरू जस्तै उतौलो गीतमा पनि रमाउन अथवा थप्पडी, मार्न नजानेको यस्ता अनेक गुनासोहरू उनि पोखिरहेकी थिइन्। 
मलाई भने कलकत्ता कन्भेन्शनमा हामीसँग भाग लिन गएका डुवर्सका ती मजदुरहरूको नक्शा याद आइरहेको थियो जसले सियाल्दाह नजिक एउटा होटेलको कोठामा हामीसंगै बसेर बंगला न्युज च्यानलमा कमान बन्द भएपछि भोकमरी अनि समयमा उपचार नपाएर मर्ने दुइ छिमिकीहरूको समाचार अनि त्यसपछि राजनैतिक पार्टीहरू बीच चलेको बहस एकोहोरो भएर हेरिरहेका थिए।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...