Wednesday, September 7, 2016

पहाड-तराई-डुवर्सको चिया बगानहरूमा मेडिकल क्याम्पको एक अवलोकन

डा. पुण्यब्रत गुण

मार्च महिनाको अन्तिम साता अनि मई महिनाको प्रथम सातामा श्रमजीवी स्वास्थ्य उद्ध्योग, चिया बगान संग्राम समिति तथा अन्य संस्थाको सामूहिक प्रयासमा डुवर्सको हन्टापाडा, गेरगण्डा, दुम्सीपाडा अनि बन्दापानी चिया बगानमा मेडिकल क्याम्प सम्पन्न भयो। मई महिनाको अन्तमा फेरी श्रमजीवी स्वास्थ्य उद्ध्योगका डाक्टरहरूले दार्जिलिंग जिल्लाका कतिपय चिया बगानहरूमा मेडिकल क्याम्प गरे। 23 मई तराईमा अवस्थित गंगाराम चिया बगानमा, 24 मई पहाडको तिन्धरिया, 25 मई मार्गरेट्स होप, 26 मई धोत्रे-बालासन, 27 मई पेशोक अनि 28 मई जलपाईगुडी जिल्लामा पर्ने बग्राकोट चिया बगानमा क्याम्प गरियो। व्यवस्थापना कतै चिया बगान संग्राम समितिले सघाए भने कतै यो जिम्मेवारी नेपाली संस्कृतिक पत्रिका लालीगुराँसले लियो। 

 हन्टापाडा, गेरगण्डा, दुम्सीपाडा अनि बन्दापानी- दुवार्सको यी चारवटा चिया बगानहरूमा क्याम्प राख्दा हामीले देखायौं कि जस्तो प्रकारको उच्च रक्तचापको समस्या यहाँ बढेको छ त्यो दक्षिण बंगालको समतल ईलाकाको मानिसहरू भन्दा कयौँ गुना बेसी छ। त्यसैले यसपालिको क्यापममा पहिलाबाटै ठिक गरिएको थियो कि हामी 26 वर्ष भन्दा उभोको जम्मै रोगीहरूको रक्तचाप नापेर त्यसलाई दर्ज गर्ने छौँ। 6 दिनको क्याम्पको अन्त्यमा हामीले निम्नलिखित तथ्य फेला पार्यौं—


माथिको तालिकामा यो स्पष्ट देख्न सकिन्छ कि पहाडको रोगीहरू मद्धे उच्च रक्तचापको समस्या खुबी बेसी रहेको छ। श्रमजीवी स्वास्थ्य उद्ध्योगका संगठकहरू, हृदयरोग विशेषज्ञ, कम्युनिटि मेडिसिन विशेषज्ञ इत्यादि मिलेर एउटा विस्तृत सर्वेक्षणको परिकल्पना गरिएको छ जसमा दक्षिण बंगालको ग्रामीण अनि शहरी क्षेत्र अनि उत्तर बंगालको समतल नै पहाडी ईलाकाहरूमा उच्च रक्तचापको प्रादुर्भावको तुलना, उच्च रक्तचाप सँग त्यस ठाउँको खानपानको सम्बन्ध तथा अन्यान्न आर्थिक सामाजिक विषय लिएर अध्ययन गरिने छ। 
श्रमजीवी स्वास्थ्य उद्ध्योगको संगठकहरूको अर्को परिकल्पना चिया बगानहरूको युवा-युवतीहरूबाटै स्वास्थ्यकर्मीहरूको एउटा वाहिनी पनि हो जसले विभिन्न साधारण स्वास्थ्य सेवा दिनुको साथसाथै उच्च रक्तचापको समस्यालाई सम्हाल्न सकोस् साथै मानिसहरूलाई उच्च रक्तचाप देखि बाँच्नको निम्ति आवश्यक उपायहरू बताउन सकोस्। कारण पहाडका बासिन्दाहरूको मृत्यु कारण सोध्दा प्रायले नै सेरिब्रल स्ट्रोक वा हार्ट अट्याक भन्यो जुन उच्च रक्तचापसँग सिधै सम्बन्धित छ। यसैले उच्च रक्तचापलाई नियन्त्रण गर्न सके धेरै जनालाई अकाल मृत्यु देखि बचाउन सकिने थियो होला। अनि यही हाम्रो प्रयास हो।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...