प्रकाश विश्व
प्राय तीन महिनादेखि फ्रान्समा मजदुरहरूको अभूतपूर्व आन्दोलन चलीरहेको छ। लाखों मान्छे सडकमा ओर्लिएर, नारा-जुलुस गर्दै, ठाउँ ठाउँमा स्ट्रिट फाइट र रातभरि सडकमा बसेर 'नुइ देबु' (Nuit debout) भन्ने आन्दोलन चलाइरहेका छन्। नुइ देबउ 31 मार्च देखि शुरु भएको एउटा सामाजिक आन्दोलन हो जुन प्रस्तावित श्रम कानुनमा सुधार ‘एल खोम्री ल’ (El Khomri law) को विरोधमा जन्मिएको आन्दोलन हो। यस आन्दोलनको मुख्य लक्ष्य एल खोम्री बिल र यसका प्रतिनिधिहरूलाई फ्याक्नु हो। 31 मार्च देखि उता विरोधकारी हरूले पेरिस को Place de la République मा राती राती भेला भए। खासमा नुइ देबु आन्दोलनको शुरुवात 23 फरवरी 2016 मा फ्रंकोस रुफिनको [जो कि एउटा लेफ्ट विंग जर्नल ‘फकिर’ को संस्थापक हो अनि ‘मेर्सी पाट्रों’ (Merci Patron)*भन्ने डक्युमेन्ट्रीको निर्माता हो] नेतृत्वमा डाकिएको एउटा मिटिंग बाट भएको थियो।
यो मिटिंग बोलाउनु पछाडि रुफिनको उद्देश्य त्यस ठाउँमा रहेका अरू पनि सक्रिय विरोधकारीहरूलाई एकजुट पार्नु थियो। यसमा नोट्रे-डामे-देश-ल्यंडे (NOTRE-DAME-DES-LANDES) नामक प्रस्तावित एरपोर्टको विरोध गर्दैगरेका मानिसहरू, गुडइएर टाएर कम्पनीका श्रमिकहरू अनि शिक्षामा संशोधनको विरोध गर्दैगरेका शिक्षकहरू थिए। त्यस सभमा भागलिने एक जना अवकासप्राप्त ड्राइभरले भने— “त्यस जन सभामा हामी 300-400 मानिसहरूले भाग लिएका थियौँ अनि सबैजना सोचिरहेका थियौँ कि कसरी सरकारलाई तर्साउन सकिएला? त्यसपछि हामीले अर्को ठुलो विरोध प्रदर्शनीपछाडी घर नजाने निर्णय गऱ्यौँ।” मिटिंगमा उपस्थित सबैजनाले पेरिसको प्लेस दि ल रिपब्लिक ओगट्ने निर्णय गऱ्यौँ र 31 मार्च 2016 मा त्यस सभामानै 'एल खोम्री बिल'को विरुद्ध 31 मार्च प्लेस दे ला रिपब्लिक अकुपाई गर्ने निर्णय भएको थियो।
'नुई देबोउ' को शाब्दिक रूपान्तरण 'UP ALL NIGHT', 'STANDING NIGHT' अनि 'RISE UP AT NIGHT' हो। फ्रान्सको राजनैतिक सांस्कृतिमा यो शब्दको ठुलो असर छ। किनभने सोसियलिस्ट एन्थम "The Internationale" को पहिलो शब्द पनि 'देबु' नै हो, जसको अर्थ हो ‘उठ जाग’ ("Arise…!")।
2011 को ग्रेट रिसेसनको बेला धेरैवटा विकसित देशहरूमा कोर्परेट लोभको विरुद्ध धेरैवटा जन आन्दोलनहरू सुरु भयो। स्पेनमा 15-M वा इन्दिगनादोस (INDIGNADOS) भन्ने आन्दोलनले बृहत् प्रदर्शन र सार्वजनिक स्थानहरू कब्जा गर्ने काम गयो जसले पोदेमोस (PODEMOS) जस्तो राजनैतिक पार्टी जन्मायो। अमेरिकामा अकुपाई बल स्ट्रिट भयो जतिबेला प्रदर्शनकारीहरूले म्यानहटनको जुकोटी पार्क कब्जा गरेका थिए। त्यतिबेला यी सब आन्दोलनहरूले फ्रान्सलाई पनि असर गरेको थियो, फलस्वरुप ला-डिफेन्समा (LA-DEFENSE) नोवेम्बर 2011मा जन आन्दोलन भएको थियो। यद्यपि 2016 भन्दा अघि यस्तो आन्दोलनहरूको असर धेरै नै कम्ती थियो। फ्रेन्च प्रवक्ता पिएरे हस्की भन्छन्- “फ्रान्स त्यसरी पछाडीनुको कारण प्रेसिडेन्ट फ्रंको होल्लंडे (Francois Hollande) थियो। 2011, 2012 मा जब एक पछि अर्को अकुपाई आन्दोलन चल्दै थियो जस्तै स्पेनमा पोदेमोस गठन हुँदै थियो, फ्रान्स बद्नाम निकोलस सारकोजीको बद्लीमा एउटा सोसियलिस्ट प्रसिडेन्ट होल्लंडेलाई निर्वाचित गर्न पछाडि लागि परेका थिए। 'जब चुनावबाटै समाधान हुन सक्छ भने अकुपाई आन्दोलन किन?' भन्ने मनस्तिथि बोकेर हिडीरहेको थियो फ्रान्स त्यतिबेला।"
तर होल्लंडेको सरकारले बाचाहरु पुरा गर्न सकेन अनि फ्रान्सका जनतालाई निराश बनायो। होल्लंडे सरकारमा आउँदा बेकरीहरूको सङ्ख्या 9% थियो भने 2016 मा बढेर 10.6% भयो। 25%ले युवा बेकरी सङ्ख्याको गति बढेको छ। अहिले आएर पाँच मध्ये चार भोटर 2017 को चुनावमा होल्लंडेको फेरी चुनावमा खडा हुनुको पक्षमा छैनन्।
होल्लंडेको सरकारले बेकरी समस्याको समाधान गर्न श्रम बजारमा उदारीकरणको नीतिलाई उचित ठाने। श्रम मन्त्री मरियम एल खोम्रीको 'एल खोम्री बिल'ले देश भरीका श्रम कानुनमा फेर बदल गर्ने अनि कम्पनीहरूलाई श्रमिकहरूको कामको अवधि हप्ताको 35 घण्टा भन्दा धेर बढाउने, ओवर-टाइमको हाजिरमा कटौति हुने इत्यादि कुराहरू लागु हुने नीतिहरू बनाए। तर यो बिलले जनताबाट ठुलो आघात खानु पयो।
जनताले ठुलो जन-विरोध अनि आन्दोलनले यसको जवाब दिएका छन्। 9 मार्चमा पहिलो प्रदर्शनी भयो पछि 31 मार्चमा सब भन्दा ठुलो विरोध प्रदर्शनी भयो जसमा 390,000 मानिसहरूले भाग लिएका थिए। अनि त्यो खाली त्यो बिलको विरुद्धमात्र नभएर सरकारको सबै नीतिहरू प्रति नै जन-विरोधको आवाजको प्रतिध्वनी थियो।
नोवेम्बर 2015को प्यारिस आक्रमण पछि जन- प्रदर्शनीहरूमा सरकारी रोक लागेपछि पनि मानिसहरूले प्रत्येक दिन 6 बजी उता जन सभाहरू (assemblée générale) राखे। जसमा हातका इसाराहरूले जन मत दिने (जस्तै सहमत हुँदा टाउको माथि हात राखेर अनि असहमति जनाउँदा हात CROSS गर्ने) प्रक्रियाहरू चलाए। 11 अप्रिलको बिहान पुलिसले भेला भएर विरोध जनाइ रहेका मानिसहरूलाई समाते अनि तिनीहरूले बनाएको ब्यरिकेट पनि तोडी दिए तर समातिएकाहरूलाई रात हुनु अघि नै छोडी दिए। चाडै यो आन्दोलन फ्रान्सका विभिन्न शहरहरूमा साथै छिमेकी देशहरूमा पनि फैलियो।
14 अप्रिलमा प्रेसिडेन्ट होल्लंडेले Place de la République मा विशाल स्क्रिनमा भिडियो मार्फत् मिडियामा श्रम कानुन संशोधन नगर्ने बाचा गरे। यस साक्षत्कार पछाडि पुलिस को भनाइ अनुसार प्राय 300 जस्तो विरोधकारीहरू प्रेसिडेन्टको घर तर्फ लागे र यसलाई रोक्न पुलिसले बल प्रयोग गरे फलस्वरुप थुप्रै बिल्डिंग, ब्यांक इत्यादि तोडफोड भयो अनि आन्दोलन देश भरि फैलियो।
त्यसको फलस्वरूप रेलवे देखि लिएर रिफ़ाइनरिहरूसम्ममा कामकाज प्रभावित भएको छ। देश भरीमा मजदुर सङ्घर्षको आवाज गुन्जीरहेको छ। प्यारिस जस्तो ठाउँमा पनि अनिश्चितताको माहौल छाइरहेको छ, सडकहरुमा रातो झण्डा लहराउँदै छ। फ्रान्सको यस्तो माहौलको असर यूरोपको जम्मै देशमाथि पनि परेको छ।
मई दिवसको दिन विभिन्न शहरहरूमा प्रदर्शनकारीहरूलाई सम्हाल्नु पुलिस-प्रशासनलाई निकै चर्को परेको थियो। अझै पनि अन्दोलन जोडतोडले चलिरहेको छ। हामीले यो सङ्घर्ष अनि आन्दोलनलाई राम्ररी निगरानी राख्नु जरुरी छ तर साथै यो कुराहरूलाई पनि ध्यानमा राख्नु जरुरी छ कि किन यस्तो ठुलो आन्दोलनको खबर भारतीय मिडियाले देखाइरहेका छैनन्?
किनभने यो कर्पोरेट मिडियालाई थाहा छ कि भारतमा पनि श्रमिकहरूको हालत त्यतिकै सोचनीय अवस्थामा छ। मालिकहरूको स्वार्थमा श्रम कानुनमा सुधार अनि श्रमिकहरू माथि शोषण यहाँ पनि त्यतिकै छ। सरकारको नयाँ नयाँ कदमहरू मजदुरवर्ग माथि अझै डरलाग्दो आक्रमणको सङ्केत दिंदैछ। कर्पोरेट मिडियाले त त्यस्ता श्रम कानुनहरू लागु गर्ने परिस्तिथिलाई जन्माउने कोसिस गरिरहेको छ। ‘मेक इन इंडिया’ जस्ता नीतिहरूको प्रचार त्यसको उदाहरण हो। पत्रकारितामा पनि जुन प्रकारको शोषण छ त्यसको डरले पनि यी मिडियाहरू फ्रान्सको खबर देखि बेखबर हुने ढोंग गरिरहेका छन्। कारण एउटा पत्रकारको कामको अवधि 6-8 घण्टा हुनु पर्नेमा 10-12 घण्टासम्म खट्नु पर्छ त्यसैले कहाँ देखाउन सक्छ र यी कर्पोरेट मिडियाहरूले त्यस्तो खबर। तर यो जन-विरोधको आगो केवल फ्रान्समा मात्र सीमित रहने छैन। फ्रान्स पुँजीवादको सङ्कटको परिणाम हो। भारतमा पनि यस्तो जन-विरोधहरू सल्किन थालेको छ। अब कहिले ठुलो विस्फोट हुन्छ त्यसको तयारी गर्नु पर्ने बेला आएको छ।
No comments:
Post a Comment