Saturday, August 30, 2014

जापानिज् एन्सिफेलाइटिसको ताण्डव

प्रियंका प्रधान 

हामीलाई पहिला ज्वरो भन्दा साधारण बिमारी झैँ लाग्थ्यो तर अहिलेको ज्वरोले मान्छेको होस् उडाएको छ। ज्वरो भन्न साथ जापानिज् एन्सिफेलाइटिस हुने डर भएकोले गर्दा मानिसमा हाहाकार मच्चिएको छ। जापानिज् एन्सिफेलाइटिस अनि AES ले उत्तर बंगालमा मात्र २०० भन्दा बढीको ज्यान लिईसकेको छ अझ उत्तर बंगाल भन्दा बाहिरको त कुनै गणना नै छैन।
पश्चिम बंगाल सरकार र स्वास्थ्य विभागले यस बारे कुनै पाइला चालेका छैनन्। जब जनताले यस बारे उत्तर मांगे त्यतिबेला सरकार भन्छन् – मलाई यसबारे कुनै जानकारी भएको छैन र जानकारी नदिएको खण्डमा दार्जिलिंग र जलपाइगुडीको मुख्य मेडिकल अफिसर अनि नर्थ बेंगल मेडिकल कलेज हस्पिटल को सुपरिन्टेन्डेन्टलाई कार्यबाट निलम्बित गरिदिए।
यदि सरकारले यो एन्सिफेलाइटिसको रोकथाम नै गर्न चाहेको भए २०११-२०१२ मा नै केही गर्थे होला किन भने यो जापानिज् एन्सिफेलाइटिस २०११-२०१२ देखि नै उत्तर बंगालमा फैलिएको थियो। त्यतिबेला पनि यसले मानिसहरूको ज्यान नलिएको होइन।२०११-२०१२मा CRME, मधुराइका वैज्ञानिकहरूले उत्तर बंगालका चारवटा जिल्लाहरूमा सर्वेक्षण गरेका थिए अनि त्यहाँ तिनीहरूले जापानिज् एन्सिफेलाइटिस फैलाउने मच्छर भेट्टाएका थिए। वैज्ञानिकहरूले यसको जानकारी बंगाल सरकारलाई दिएको भएतापनि यसको उत्तरमा कुनै प्रतिक्रिया आएन।
कुनै पनि रोगको जाँचमा ५०% भन्दा धेर positive result भए त्यसलाई out break epidemic भनिन्छ। जुलाई २०११ देखि जुन २०१२ सम्म धेरै मानिसहरू ज्वरले मरे तर त्यो ज्वरको पत्तो नलागेकोले गर्दा उत्तर बंगालबाट ७५ वटा रगतको नमुनाहरू ICMR मा पठाए जसमा ५०% भन्दा धेरको रगतमा जापानिज् एन्सिफेलाइटिस पाइयो। तर सरकारले यसलाई जनता समक्ष प्रकाश पार्न चाहेन जसले गर्दा मानिसहरू यसबारे अनभिज्ञ रहेर आज पनि यही बिमारले गर्दा मानिसहरूको ज्यान गई रहेको छ।
२०११-२०१२ मा जापानिज् एन्सिफेलाइटिस भेट्टाए देखि ICMR ले बंगालबाट रगतको नमुना नियमित जाँचको निम्ति पठाईरहनु पर्ने सल्लाह दिएका थिए। तर जुन २०१२ देखि त्यो रगतको नमुनानै पठाउनु बन्द गरियो जसले गर्दा यो जापानिज् एन्सिफेलाइटिस अझ फैलिएर गयो। यो जापानिज् एन्सिफेलाइटिसलाई चिन्ने एउटा मात्र टेस्ट छ जसलाई किट भनिन्छ। यो किट No.I.V. पुनेमा मात्र पाइन्छ जसको शुल्क १५००० छ र यसलाई एकपल्ट मात्र प्रयोग गर्न सकिन्छ र एक पल्टमा ६६ जना मानिसको जाँच गर्न सकिन्छ। उत्तर बंगालको मेडिकल कलेजमा किटको अभाव भएकोले गर्दा मानिसहरू निजी क्लिनिकहरू बाट जापानिज् एन्सिफेलाइटिसको जाँच गराई रहेको छन् जसको शुल्क २०० देखि २५०० सम्म रहेको छ र उनीहरूले उक्त किट कोरियाबाट ल्याइएको हो भन्दै मानिसहरूलाई ठगेर आफ्नो व्यापार बढ़ाइ रहेका छन्। यसबाट के बुझिन्छ भने मानिसहरू जहिले पनि अवसरवादी हुन्छन्। सरकारले  साधारण मानिसहरूको स्वास्थ्य सुरक्षाबाट हात झड्काले पछि यसरीनै निजी संस्थानहरूले मौका पाउछन् नाफा कमाउने।     

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...