Sunday, August 31, 2014

सङ्घर्षको सम्झना : रंगमूक सिडर्स चियाबगानबाट

भुपेन छेत्री

पश्चिम बंगाल चिया विकाश निगमको अन्तर्गत सञ्चालन भईरहेको पहाड़कै सर्ववृहत क्षेत्रफल भएको बगान हो रंगमूक सिडर्स चिया बगान, जहाँ १९८७ जना मजदुर कर्मचारीहरू कार्यरत् छन्। ८०को दशक अघि जर्मनीका मालिकले धेरै मुनाफा कमाएर पनि रंगमूक सिडर्समा विकासमूलक कामहरू गरेको यहाँ मानिसहरूको नजर देखि ओझल पारेको छैन। बगान मजदुरहरूको सुविधाको निम्ति जिपेबल रोड ब्लक छेउमा पत्ती तौलाई गरिने लिफशेड, नानी हेर्ने क्रेच घर, डिसपेनसरी, फ्याक्ट्री चलाउनको निम्ति पावर हाउस- यी सबै सुविधाहरू मजदुरहरूकै कमाइको मुनाफाले सम्भव थियो र यसैले यो रंगमूक सिडर्सको विरासत खड़ा गर्न सक्षम भयो भने अहिले आएर व्यवस्थापक पक्षको लापरवाहीले बगानलाई जीर्ण अवस्था तिर धकेल्दै लगिरहेछ। साथै मजदुरहरूको पाउने सहुलियतहरूमा पनि कटौती भइरहेको छ। 
 लगातार मजदुर छटाई गरिरहेको कारण कतिपय घरमा कमाउने मानिसको अकाल परि रहेको छ भने ग्राचुईटि एक्ट उल्लंघन गर्दै जयाफरीको पिरियडको ग्राचुईटि पनि नदिने फरमान जारी गरिरहेछन् व्यवस्थापकहरूले। झन् घर धुराको त अत्तो पत्तो छैन। काम गर्दा प्रयोग गरिने औजारहरू, सिक्कल, छुरी, अंगुल समेत दिइन्दैन हिजआज। यसै सन्दर्भमा विगत १४ जुलाई २००३ साल अप्पर सिडर्स चियाबारी मजदुर कर्मचारीहरूले यी सबै मांग लिएर सहप्रबन्धक बंगलो घेराऊ गरेका थिए। १५ घण्टा सम्म घेराऊ गरिएको थियो। उक्त घेराऊ गर्दा त्यस्ताकका सी.पि.आई.एम. सरकारले मजदुरहरूको मांगलाई दबाउने कुनै कसर छोड़ेन, बर्बरता पूर्वक लाठी चार्ज गर्दा धेरै मजदुरहरू घाइते बने भने धेरै मजदुरहरू माथि मुद्धा लगाइयो। फलस्वरुप १६ जुलाई देखि बगानलाई सस्पेन्सनमा राखिए पनि मजदुरहरूले आफ्नो काम यथावत राखेका थिए। अनि १७०० के.जी. पक्का चिया उत्पादन गरेका थिए।
२३ दिन पछि बगान पूर्ण सञ्चालन गरियो। त्यस समय भएको एग्रीमेन्ट अनुसार २३ दिनको हाजिरा अहिले सम्म पाइएको छैन। 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...