Sunday, August 31, 2014

चियाबारीको कविता

कथा चियाबारीको

सचिन नेपाल

हजुरआमाले सुनाएको,
हजुरबाले भनेको
कुनै परिकथा होइन,
वाल्यकालमा सुनेको
न त कथा नै हो,
यो त जीजुबादेखि
हजुरबासम्म अनि
बाबुदेखि आफूसम्मले
भोगेको तीतो कथा
हाम्रो चियाबारीको कथा।
हाम्रो आफ्नै मनको व्यथा
ठेली ठेली पुस्तकमा
नअटाउने कथा,
कालो ग्रहणले छोपेको
चन्द्रमाको अँध्यारो पाटाजस्तो
अँध्यारो कथा।
यहाँ कथै-कथा छ
यहाँ व्यथै-व्यथा छ,
कहिले नटुक्रिने कथा
एउटा अभावको कथा
एउटा त्रासदिको कथा
यहाँ हरपल जन्मन्छ कथा
प्रत्येकक्षण गर्भधान हुन्छ
एउटा कथाको।
सन्तान होइन आमाहरूले
जन्माउँछन् प्रतिदिन एउटा कथा
भोकको कथा, रोगको कथा,
अभावले चेप्टिएको,
सङ्घर्षको पिल्सिएको
एउटा भयंकर कथा
एउटा चियाबारीको कथा।।





पुटुंग जाँदा

शैलेश छेत्री


म सोध्छु यो कमान कसको हो?
म जन्मेको यही ठाउँ हो
मेरो बाजेको चिहान
यही डाँड़ा मुन्तिर छ
मेरो बाबाले मलाई काँधमा बोकी
मामाघर लागेको अझ थाह छ
उ त्यो गाँउमा
चियाका बुट्टाहरू सरह
मेरा कैयौं अग्रजहरूका
पैतालाका छापहरू छन् यत्र-तत्र
म सोच्छु कस्तो सम्बन्ध छ
चियाका पत्ति र म बिच?
जहाँ करोडौं रुपियाँमा बेचिन्छ उ
जसको अस्तित्व विश्वभरि विद्यमान छ
यहाँ भने, यहाँ भने रित्तो छ जिन्दगी
यहाँ मेरो अस्तित्व, अस्तित्व विहिन छ
न कुनै भू-भाग न कुनै अधिकार
आखिर! आखिर सँग सँगै त
हुर्केका हैनौं र
चियाका बुट्टा र हामी...



No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...