Saturday, April 15, 2017

गाईको रक्षा, मानिसको हत्या !








गो-रक्षाको नाममा घिनलाग्दो इतिहास

4 मार्च ’15: महाराष्ट्रमा बीफ निषेधित भयो। सजाय 5 वर्ष जेल, 10000 रू. फाइन।
16 मार्च ’15: हरियाणामा बीफ बिक्रि माथि रोक। 5 वर्ष जेल, 50000 रू. फाइन।
30 मई ’15: राजस्थानमा गौहत्याको आरोपमा अब्दुल गफ्फर कुरेशि (60) को हत्या।
29 आगस्ट ’15: पूर्वी दिल्लीको चिला गाउँमा चारजना ट्रक ड्राइभरमाथि हमला।
28 सेप्टेम्बर ’15: बीफ खाने र राख्ने आरोपमा युपीको दादरीमा मो. आखलखको हत्या।
1 अक्टोबर ’15: बीफ फेस्ट गर्ने ‘अपराधʼमा केरलाको 6 जना कलेज छात्र सस्पेन्ड।
6 अक्टोबर ’15: कर्नाटकमा गाई व्यापारीमाथि बजरङ्ग दल सदस्यहरूका हमला।
9 अक्टोबर ’15: युपीको मैनपुरी जिल्लामा गाई काट्ने अफवाह लिएर तोड़फोड़।
9 अक्टोबर ’15: उधमपुरमा 2 कश्मीरी, 1 पुलिशमाथि पेट्रोल बम हमला। 1 जनाको मृत्यु।
16 अक्टोबर ’15: हिमाचल प्रदेशको सिरमौर जिल्लामा एकजनामाथि हमला।
19 अक्टोबर ’15: जम्मुकश्मीरको एमएलए इन्जिनियर रशिदमाथि दिल्लीमा हमला।
3 डिसेम्बर ’15: हरियाणाको पाल्वल जिल्लामा ट्रक माथि गाउँलेहरूका हमला।
13 अक्टोबर ’16: मध्य प्रदेशको खिर्किया रेल्वे स्टेशनमा एक दम्पतीमाथि हमला।
18 मार्च ’16: झारखण्डमा गौमेलाबाट गाई किनेर फर्किंदा 2 जना माथि हमला।
2 अप्रिल ’16: हरियाणाको कुरुक्षेत्रमा भैसी किनेर जाँदा मुस्तान अब्बासको हत्या।
6 मई ’16: बोम्बे हाइकोर्टले बीफ खानु र आयातमाथि रोक फिर्ता लियो, तर काट्नु निषेध।
2 जुन ’16: राजस्थानको प्रतापगढ़मा गाई तस्करीको आरोप लगाएर कतिजनामाथि हमला।
10 जुन ’16: हरियाणामा दुइजना ‘बीफ बोक्नेहरूʼमाथि हमला र गोबर खुवाई।
10 जुलाई ’16: घरमा बीफ छ भन्ने आरोप लगाउँदै कर्नाटकमा दलित परिवारमाथि हमला।
11 जुलाई ’16: गुजरातको उनामा गाईको छाला निकाल्ने काम गर्दा 7 दलितमाथि हमला।
26 जुलाई ’16: मध्य प्रदेशको मान्दसौर रेल्वे स्टेशनमा दुई मुस्लिम महिलामाथि हमला।
30 जुलाई ’16: युपीको मुजफ्फरनगरमा मुस्लिम परिवारको घरमा हमला, तोड़फोड़।
5 आगस्ट ’16: मृत गाईको शरीर सार्ने काम नगरेकोले लखनउमा 2 दलितमाथि हमला।
18 आगस्ट ’16: कर्नाटकमा गाई तस्करीको आरोप, बिजेपी सदस्य प्रवीन पुजारीको हत्या।
24 आगस्ट ’16: हरियाणाको मेवाटमा बीफ खाने आरोप लगाउदै मुस्लिम परिवारमाथि हमला।
        2 जनाको मृत्यु, 2 जना गम्भिररूपमा घाइते, 2 जनाको सामुहिक बलात्कार।
18 सेप्टेम्बर ’16: दुर्घटनामा गाई मरेकोले 25 वर्षीय ट्रक चालक मो. आयुब मेवको हत्या।
1 अप्रिल ’19: राजस्थानको आल्वरमा गाईपालक पहेलु खान (50) को हत्या।

यस्ता भयानक घटनाहरू र हल्लाखल्लापछि अब खुलासा भयो--
 सानोतिनो मासु दोकानहरू बन्द गरेर अमरिकी कम्पनी वालमार्टलाई 200 भन्दा ज्यादा आउटलेट खोलेर मासु बेच्ने अनुमति दिइएको छ!
 बीफ निर्यातमा भारत संसारमा नम्बर 1 र यस व्यापारसँग जोड़िएका मालिकहरू ज्यादातर नै हिन्दुहरू हुन्!

No comments:

Post a Comment