Saturday, April 15, 2017

मई दिवसको शुरुवात कसरी भयो ?

रोजा लुक्समबर्ग, 1894

दिनमा आठ घण्टा कामको माँगलाई जित्न श्रमजीवीहरूले एउटा छुट्टीको दिन मनाउन पर्छ भन्ने सुखद धारणा प्रथमपटक अस्ट्रेलियामा जन्मेको थियो। सन् 1856 मा त्यहाँका मजदुरहरूले आठ-घण्टे कामको दाबीलाई लिएर एउटा जम्मै दिन काम बन्द गरेर मिटिंग र मनोरन्जनबाट विरोध प्रदर्शन गर्ने तय गऱ्यो। त्यति बेला 21 अप्रेलको दिनलाई त्यसको लागि निर्धारण गरिएको थियो। शुरुमा, अस्ट्रेलियाका मजदुरहरूले केवल त्यही 1856 को लागि नै त्यो दिनलाई मनाउन तय गरेका थिए। तर त्यसको पहिलोचोटीको समारोहले अस्ट्रेलियाको सर्वहारा जनतालाई निकै प्रेरित गऱ्यो, ऊर्जा दियो र नयाँ तौरले सङ्घर्षमा प्रोत्साहन दिएकोले प्रत्येक वर्ष नै यसलाई मनाउने निर्णय भयो। 

खासमा, आफूले लिएको सामूहिक काम बन्दको निर्णय भन्दा अरू कुन उपायले मजदुरहरूलाई आफ्नो शक्ति माथि विश्वास र साहस दिन सक्थ्यो र? चिरकालदेखि कारखाना र कार्यस्थलमा दास भइरहेका मजदुरहरूलाई आफ्नै टोलीहरूलाई भेला पार्ने भन्दा ज्यादा आँट अरू कसरी पो आउनु सक्थ्यो? त्यसले गर्दा, सर्वहारा उत्सवको यो धारणा छिट्टै ग्रहणीय भयो र अरू देशहरूमा पनि फैलिनु थाल्यो, जम्मै सर्वहाराको संसारलाई नजितिञ्जेलसम्म। 
अष्ट्रेलियाली मजदुरहरूका उदाहरणलाई अनुसरण गर्दै पहिला आए अमेरिकीहरू। सन् 1886मा तिनीहरूले 1 मईको दिन सार्वजनिक छुट्टीको दिन हुनुपर्छ भन्ने निर्णय लिए। यस दिन तिनीहरूमध्ये 20,0000 जना काम छोड़ेर आठ-घण्टा कामको माँग गर्दै विरोध प्रदर्शनमा भाग लियो। त्यसपछि, पुलिस र कानुनी हैरानीले धेरै वर्षसम्म मजदुरहरूलाई यस्तो ठुलो प्रदर्शनको पुनरावृत्ति गर्नबाट रोकियो। जे होस्, सन् 1888 मा तिनीहरूले आफ्नो निर्णयलाई नवीकरण गर्दै 1 मई 1890को दिनलाई फेरी मनाउने तय गऱ्यो। 
यसै अवधिमा, युरोपमा मजदुर आन्दोलन पनि निकै दह्रिलो र ऊर्जाशील बनिसकेको थियो। यस सङ्घर्षको सबभन्दा बलियो अभिव्यक्ति सन् 1889 को अन्तर्राष्ट्रिय मजदुर सम्मेलनमा देखापऱ्यो। यस सम्मेलनमा 4 सय जना प्रतिनिधि उपस्थित थिए र आठ-घण्टा कामको माँग नै प्रथम माँग हो भनेर निर्णय भयो। यसमा फ्रान्सेली युनियनहरूका प्रतिनिधि, बोर्दोबाट लेभाइन भन्ने मजदुरले के प्रस्ताव पेश गऱ्यो भने- सबै देशहरूमा एउटा सार्वजनिक काम बहिष्कारबाट यस माँगलाई अभिव्यक्त गराउन पर्छ। अमेरिकी मजदुरहरूका प्रतिनिधिले आफ्नो कमरेडहरूले लिएको 1 मई 1890को दिन स्ट्राइकको निर्णय बारे सम्मेलनलाई त्यही तारिकले नै संसारको सर्वहाराहरूले खुशी मनाउने दिन हो भने।
यस खण्डमा, तीस वर्ष अघिको अस्ट्रेलियामा जस्तै, मजदुरहरूले एकै चोटि विरोध प्रदर्शन बारे सोचेका थिए। सम्मेलनले के निर्णय लियो भने सबै देशका मजदुरहरूले एकैसाथ आठ-घण्टा कामको माँगमा 1 मई 1890मा विरोध प्रदर्शन गर्नेछन्। कसैले पनि त्यस छुट्टीको दिनलाई आउने वर्षहरूमा पुनरावृत्तिको कुरा गरेनन्। स्वाभाविक रुपमानै कसैले पनि सोचेको थिएनन् कि यो विचार बिजुली जस्तै फैलिनेछन् र द्रुतगतिमा मजदुर वर्गहरूले यसलाई अपनाउछन्। यद्धपि, एकपल्टनै मई दिवस मनाउनु पनि आवश्यक नै थियो किनभने त्यसबाट नै सबैजनाले मई दिवस वार्षिक र निरन्तर रूपमा पालन गर्नुपर्छ भन्ने समझ र अनुभूति पाउन सक्थे।
[...]
मईको पहिला दिनले आठ घण्टा काम चालु गर्ने माँग उठाएको थियो। तर यो लक्ष्य पुरा भए तापनि मई दिवस मनाउनु बन्द भएन। जहिलेसम्म पुँजीपति र शासकवर्ग विरुद्ध मजदुरहरूको लड़ाई जारी रहन्छ, जहिले सम्म सबै माँगहरू पुरा हुँदैन, मई दिवस यी माँगहरूको अभिव्यक्ति भएर बस्छ। अनि, जब नयाँ बिहानीले राम्रो दिन ल्याउँछ, जब संसारका मजदुर वर्गले उसको जीत हासिल गर्छ, त्यति बेला पनि मानवताले मई दिवस मनाउछ होला, उसले गरेको कठिन सङ्घर्षहरू र अतीतको दुखहरूलाई सम्मान गर्दै।



No comments:

Post a Comment