Sunday, January 5, 2025

श्रमको मूल्य नै शरमलाग्दो छ

राममणि जोशी 

 

चरम शोषण हो नि 

श्रमको मुल्य नै शरम 

लाग्दो छ --

भात हैन मजदुरले 

मुरै खाएर सुतोस् उठोस् 

भने जस्तै गर्छ 

मुल्य हेर्नू न

मजदुरको मुहारमा 

लाली छैन 

उहीं छ  कन्चनजङ्घा --

अह्राउनु पर्ने काममा 

घरै मुन्तिरको कामदारी 

मेलोमा कराई बस्छ 

साहबलाई सुनाको हो शायद 

साहबलाई खुसी पारेको हो शायद 

साहबले लु तिमलाई 

स्याबास भनेको छैन 

भनोस् भनेर हो 

अह्राउदैन 

दिन्हौं मजदुरलाई 

कराई बस्छ 

मजदुर पनि कति त

उस्तै छ 

दुनियाँको मजदुर एक हौँ भन्छ 

डेक डेक कहिले 

एक हुँदैन 

घरले घरै हेपिरहेछ 

परायीले देखिरहेछ  

अनि पारा त यसो पो रैछ 

भनीरहेछ 

कति भयो गन्नु त 

थारा नारा लाएर 

ओह्रालै ओह्रालो गइरहेछ --

नारा फेर्नु पर्छ 

रङी चङी झण्डा 

मन्साउनु / पन्साउनु पर्छ

साह्रो छ सङ्घर्ष 

शोषणको जरा चुट्टाउन पर्छ 

गाछ भएरै हो आश 

आखिर ए डबल एस भयौँ 

डेढ ढेढ शताब्दी हामी

यसो र गाछै नहोस् भन्छु म त ।







No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...