Sunday, January 5, 2025

इरानमा नारीमुक्तिको र आहु दरिएइको लडाई

 गार्गी बराईली

आकाशमा कालो झण्डा फडफडाइरहेको छ, नजिकबाट हेर्‍यो भने झण्डा कपडाले होइन, लामो कपालको गुच्छाले बनिएको देखिन्छ। कसको कपाल? केटीहरुको। केटीहरू कहाँका हुन्? इरानको। यो उनीहरूको विरोधको बयान हो। महसा अमिनीको सन् 2022 मा राम्रोसँग हिजाब नलगाएको आरोपमा हत्या गरिएको थियो। त्यसपछि देशका सबै समाजमा विरोधको आँधी चल्यो, करिब डेढ वर्षसम्म। बिचमा कता कता रोकिएजस्तो लाग्थ्यो। तर विरोध भनेको आन्तरिक खोला जस्तै हो। जारी नै रहन्छ। यसको नवीनतम संयोजन आहु दरिएइ हो।

त्यो अनौठो तस्बिर सामाजिक सञ्जालमा देखियो। कालो बुर्का लगाएका केटीहरू अनि अन्य मानिसहरूबिच अन्तर्वस्त्र मात्र लगाएकी एकजना केटी सिढीको छेउमा बसिरहेकी छन्। त्यसको परिणाम के हुने हो, त्यो आहुलाई थाहा नै थियो होला। तर पनि, मानौँ लक्ष्यमा अडिग रहेकी जस्तै देखियो। सामाजिक सञ्जालमा फैलिरहेको, यो पोशाकको स्वतन्त्रताको विज्ञापन जस्तै हो। तर यो एकल घटना होइन। इरानी महिलाहरूको यो विरोध विभिन्न तरिकाले भइरहेको छ। विगत 44 वर्षदेखि। यसअघि पनि केटीहरूले पश्चिमी साम्राज्यवादले लगाएको ड्रेसकोडविरुद्ध लड्दै आएका छन्। आहु दरिएई पनि यी योद्धा महिलाहरूकी सन्तान हुन्। त्यसैले, आफूलाई कडा सजाय हुने थाहा भएर पनि उनी हिजाब बिनै युनिभर्सिटीमा आएकी थिइन्। नीति पुलिसले कुटपिट गरेर लुगा च्यातिदिएपछि उनी आफ्नो तल्लो लुगा फुकालेर अन्तर्वस्त्र मात्र ल्याएर बसिन्। अनि सङ्घर्षको प्रतीक बनिन्। उनी पक्राउ परेकि छिन्, उनको अत्तोपत्तो छैन, सरकारले उनलाई पागलको संज्ञा दिएको छ। निन्दकहरूले भन्छन्, यो विरोध, यो साहसले खासै काम गर्दैन। तर, अन्य केटीहरूको दिमागमा हिम्मत आउँनेछ। किनभने साहस संक्रामक हो। यही साहसको भरमा इरानका केटीहरू यति वर्षदेखि लडिरहेका छन्। जसरी निभ्दै गरेको आगोलाई घिउ छर्काएर पुन: जगाउनुपर्छ, युद्धको मैदानमा पनि त्यस्तै हुन्छ।

हामीले देख्यौं, सन् 2022 को महसा अमिनी प्रकरणपछिको आन्दोलन दशकौंपछि इरानको वर्तमान कट्टरपन्थी सरकारका लागि ठूलो चिन्ताको विषय बनेको थियो। हिंस्रक तरिकाले आन्दोलनलाई दबाउन कोसिस भयो। ह्युमन राइटस् एक्टिभिस्ट इन इरान-अनुसार 600 भन्दा बढी प्रतिवादीलाई त्यतिबेला मारिए। कम्तिमा 19,290 जना पक्राउ परेका थिए, जसमध्ये 111 जनालाई मृत्युदण्ड दिइएको थियो। जसमध्ये मुख्यतया युवा पुरुष र महिलाहरू थिए। यो आन्दोलन लिंगको भेदभाव नगरी समाजका सबै तहमा फैलिएको थियो। इरानमा यसअघि पनि पटकपटक आन्दोलन भइसकेको छ। तर यस आन्दोलनमा कहिल्यै नभएको कुरा देखियो-- इस्लामिक रिपाबलिकको पतनको आह्वान गुञ्जियो। तर राज्य संयन्त्रको पञ्जा अगाडि आन्दोलन ध्वस्त भयो। आन्दोलन रोकिए पनि विरोध नरोकिएको बुझियो। वास्तवमा नारीहरुको यो आक्रोश एकै दिनमा सृजना भएको होइन, यो धेरै वर्षदेखि जम्मा हुँदै आएको छ, र आज यो बिस्तारै फुट्दै गएको छ। यति धेरै क्रोध किन छ भनेर बुझ्नको लागि, तपाईंले धेरै दशकहरू, चार दशक भन्दा अलिकति पछाडि फर्केर हेर्नु पर्छ।

सन् 1908 मा इरानमा तेलका खानीहरू फेला परेका थिए। त्यसबेलादेखि नै बेलायती साम्राज्यवादका लागि इरान कब्जा गर्न झनै महत्त्वपूर्ण भयो। फेरि, सन् 1905 देखि 1921 सम्मको अवधिमा संविधानको माग गर्न विद्यार्थी आन्दोलन र महिला आन्दोलन चलिरहेको थियो। 1925 मा, रेजा शाहको नेतृत्वमा, पहलवी वंशले ब्रिटिश समर्थनमा एक संवैधानिक राजतन्त्र स्थापना गर्यो। त्यसपछि देशलाई पश्चिमी आधुनिकताको ढाँचाले ढाक्न थाल्यो। 1936 मा, काशफ-ए-हिजाब डिक्री जारी गरेर महिलाहरूले हिजाब लाउनमाथि प्रतिबन्ध लगाएको थियो। यस्तो अवस्थामा धेरै रूढिवादी महिलाहरूले घरबाट बाहिर निस्कन छोडे। यदि कुनै कुरालाई भित्रैबाट मननमध्ये नफेरिएर कानूनको बलद्वारा परिवर्तन गरियो भने, त्यो निरंकुश शासनको अभिव्यक्ति बन्छ। इरानमा पनि त्यस्तै भयो। त्यसबेलादेखि, हिजाब त्यो देशको राजनीतिमा एक धेरै महत्त्वपूर्ण राजनीतिक प्रश्न बन्न पुग्यो। तेल पनि राजनीतिको ठूलो हिस्सा देखियो। देशले बेलायत र संयुक्त राज्य अमेरिकाको हितमा काम गर्न जारी राख्यो। तर आधुनिकताको परिणाम स्वरूप केटीहरूले विभिन्न अधिकार पाउँछन्, शिक्षा दर बढ्छ। यद्यपि त्यो अधिकार सबैमा विस्तृत थिएन। देशमा लोकतन्त्र नै थिएन, र खोसिएको थियो मजदुर युनियनको अधिकार, अभिव्यक्ति स्वतन्त्रताको अधिकार। स्वतन्त्र पत्रपत्रिकाहरू प्रतिबन्धित थिए, राजनीतिक अभिव्यक्तिको स्वतन्त्रता थिएन। यदि कसैको विरोधी दृष्टिकोण थियो भने, उसलाई अकथनीय यातना दिइन्थ्यो। इस्लामको वकालत गर्न पनि लगभग निषेधित थियो। बाहिरबाट विकसित तथाकथित आधुनिक भए पनि भित्रका जनताको अवस्था नाजुक हुँदै गयो। अधिनायकवाद, पश्चिमा सभ्यताप्रतिको वफादारी, विशेषगरी बेलायती र अमेरिकीहरूप्रति समर्पण, उच्च महँगाई दर, डरलाग्दो बेरोजगारी-- यी सबै कुराले जनआक्रोश बढ्यो।

यस समयमा अयातोल्लाह खोमेनी देखा पर्यो। सन् 1979 मा इरानमा इस्लामिक क्रान्ति भयो। पहलवी वंशका मोहम्मद रेजा शाहलाई प्रतिस्थापन गरेर खोमेनी सत्तामा आए। हामीले सामान्यतया बुझिने क्रान्ति भन्‍ने कुराभन्दा यो एकदमै फरक थियो। इस्लामीकरणको लागि खोमेनीको आन्दोलन र जनआन्दोलन एउटै भयो। यसमा अग्रपंक्तिबाट केटीहरू पनि सक्रिय रूपमा सहभागी भइरहेका थिए। सम्पूर्ण देशको अवस्थालाई ध्यानमा राख्दै, रूढिवादी केटीहरूसँगै धेरै आधुनिक शिक्षित केटीहरूले पनि यो आन्दोलनमा भाग लिए। आन्दोलन 1 वर्षभन्दा बढी चल्यो। खोमेनीको नेतृत्वमा सम्पन्न भयो ले इस्लामिक क्रान्ति।

त्यसयता फेरि इरानको पछाडि हिँड्ने यात्रा थालेको थियो। जुन लोकतन्त्रका लागि, स्वतन्त्र अभिव्यक्तिका लागि महिला-पुरुष सबले आन्दोलन गरेका थिए, त्यही लोकतन्त्र शब्द नै लगभग प्रतिबन्धित भयो। कायम भयो कठमुल्लाहरूको धार्मिक शासन। र स्वाभाविक रूपमा केटीहरूको स्वतन्त्रतामाथि पहिलो प्रहार आयो। सत्तामा आएको एक महिनाभित्रै महिला दिवसको पूर्वसन्ध्यामा, अर्थात् 7 मार्च केटीहरूलाई पर्दा लगाउन आदेश दिइएको थियो। हिजाब अनिवार्य गरियो। केटीहरूको विवाहको उमेर 15 वर्षबाट घटाएर 9 वर्ष गरियो। धेरैजसो सरकारी जागिरबाट केटीहरूलाई वञ्चित गरिए। रूढीवादी परिवार कानून लागू भयो। बहुविवाह फिर्ता भयो। जन्म नियन्त्रण ऐन, गर्भपतन ऐन खारेज भयो। 1981 मा कस्मेटिक्स प्रतिबन्धित भयो। नीति पुलिसको उदय भयो, र नियम पालन ​​नगर्नेमाथि कडा सजायको व्यवस्था (ढुङ्गाले हिर्काउने, लिपस्टिक लगाउँदा रेजर-ब्लेडले उक्काउने) गरियो। महिलाहरूलाई कानुनको अध्ययन, न्यायाधीश बन्नबाट रोकियो। सहशिक्षा प्रतिबन्धित भयो। धेरै विद्यालय र कलेजहरु बन्द भयो। पशु चिकित्सा विज्ञान, भूविज्ञान, र विज्ञानका धेरै विषयहरू केटीहरूका लागि प्रतिबन्धित भयो। केटाहरूलाई पनि फेसन डिजाइनिङ, मिडवाइफरी पढ्न माथि प्रतिबन्ध लगाइयो। पुरुषहरूलाई पनि इस्लामिक पोशाक लगाउन आदेश दिइयो। समलिङ्गी सम्बन्ध, व्यभिचार निषेधित भयो। राजनीतिक विरोध पनि निषेधित भयो। आज पनि यो प्रतिबन्धित नै छ। इरान अझै पनि नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, इन्टरनेट प्रयोगको स्वतन्त्रतामा धेरै पछाडिएको छ।

तर, केटीहरूले आफूमाथि लागेको प्रतिबन्धलाई भने चुपचाप स्वीकार गरेनन्। 8 मार्च 1979 देखि उनीहरुले भित्र र बाहिर जताततै लगातार सङ्घर्ष गर्दै आएका छन्। जसको असर समाजमा देख्न पाइन्छ। विवाहको उमेर घटाइए पनि केटीहरूको विवाह गर्ने औसत उमेर बढ्दै गएको छ (जुन अहिले 23 वर्ष छ)। शिक्षामा केटीहरूको सहभागिता झन्डै 20 गुणाले बढेको छ (महिला साक्षरता दर 80 प्रतिशत, युवतीहरूको 98 प्रतिशत)। बहुविवाह दुर्लभ घटना हो। क्रान्ति अघिको तुलनामा क्रान्तिपछि बालजन्मदर निकै घटेको छ। यी सबै तथ्यहरूबाट केटीहरूले कसैलाई पनि आफ्नो शरीर र स्वतन्त्रतामा अतिक्रमण गर्न दिँदैनन्, त्यसैले आवश्यक परे मृत्युसम्म लड्नेछन् भन्ने कुरा छर्लङ्गै बुझिन्छ। तर सामाजिक श्रमको क्षेत्रहरूमा महिला सहभागिता एकदमै कम छ — 17 प्रतिशत मात्र (188 देशहरूमध्ये 183 औँ)। अर्थात् जतिसुकै लडाइँ गरे पनि काम पाइँदैन भन्ने कुरा राज्यसंयन्त्रले बुझाउन चाहन्छ। वर्तमान धर्मगुरु अली खामेनीको नेतृत्वमा रहेको इरानको इस्लामवादी सरकारले कहिलेकाहीँ महिलाहरूको यस आक्रामक व्यवहारको डरले विभिन्न प्रतिबन्धहरू लगाउँछन्। उदाहरण को लागि, 2010 मा, नयाँ र अधिक रूढ़िवादी परिवार कानून पेश गरियो। 2012 मा कला, विज्ञान र प्रविधिका 77 वटा विषयलाई कानुनले प्रतिबन्ध लगाएको थियो। जुलाई 2022 मा नै हिजाब कानूनलाई कडा पारियो, नीति पुलिसलाई बलियो बनाइयो, चलचित्र विज्ञापनमा अभिनेत्रीहरूमाथि नयाँ अनुशासनात्मक नियमहरू लगाइयो।

सन् 1979 देखि केटीहरूलाई घरको चार पर्खालमा थुन्ने प्रयास भइरहेको छ। तर यति वर्षसम्म हजारौँ नियम र प्रतिबन्ध लगाए पनि केटीहरूलाई दबाउन सकिएको छैन। तिनीहरू कठोर दमन नीतिको बावजुद, साच्चिकै मृत्युको डर बोकेर पनि लडाइँ जारी राख्छन्। किरा जस्तै, यो इस्लामिक राज्यको रूढिवादी जगलाई भित्रबाट हल्लाइरहेको छ। पुरुषहरु पनि साथमा लडिरहेका छन्। उनीहरूले पनि लगाएको नियमकानुनको पालना गर्दैनन्। त्यही आगो फैलिएको आज हामी देखिरहेका छौँ।

तर प्रश्न उठ्छ, किन बारम्बार पश्चिमी मिडियाको अगाडि इरान नै किन लैङ्गिक विभेदको च्याम्पियन भनी देखियो ? पश्चिमी संसारमा महिलामाथि दुर्व्यवहारको बारेमा, लैङ्गिक भेदभावको बारेमा किन प्रश्न उठ्दैन? नारीवाद भनेको पुरुष र महिलाको संवैधानिक वा लिखित समान अधिकार मात्र होइन, भेदभावरहित समाज पनि हो। तर कथित महान् देश अमेरिकामा पनि महिलाहरूका लागि सुत्केरी बिदा, समान कार्यको कम ज्याला, उच्च बेरोजगारी दर, गर्भपतनको अधिकार खोस्नु वा अ-श्वेत महिलामाथि चरम आर्थिक सामाजिक विभेदहरूबाट महिलाहरूप्रति जुन आर्थिक-सामाजिक भेदभाव छर्लङ्गै देख्छ, खै त्यतापट्टी पश्चिमी दुनियाको नजर किन छैन? ट्रम्प जस्तो लैङ्गिक समानता विरोधी उग्र-दक्षिणपन्थी ब्यक्ति सत्तामा आयो भन्ने तथ्यबाटै के बहुसंख्यक जनताको मानसिकता बुझ्न सकिदैन !!

तर, आहु दरियेईजस्ता महिलालाई कृतज्ञता व्यक्त गर्नुपर्छ। यो आँटिलो संघर्षले संसारभरका केटीहरूलाई सपना र साहस भरिदिन्छ। तिनीहरूको यो विरोध नै हाम्रो देशको हिन्दुत्ववादी (ब्राह्मणवादी) पितृसत्तात्मक शासक समूह विरुद्ध जात-धर्म-जातको पर्वाह नगरी केटीहरूको सङ्घर्षको मार्ग देखाउनेछ; वा अफगानिस्तानमा तालिबान शासनमा किनारीकृत महिलाहरूको सङ्घर्षमा वा अमेरिकाको मुटुमा गर्भपतनको निर्णय गर्ने अधिकार फिर्ता पाउनको लागि आन्दोलनरत महिलाहरूको सङ्घर्षमा। यो सङ्घर्ष-आन्दोलनले जात-धर्म-जाति-लिङ्गको भेदभाव नगरी पूर्व-पश्चिम, विभिन्न मानिसहरूलाई एकताबद्ध गर्छ। यो सङ्घर्षले तानाशाही फासिस्ट शासनलाई परास्त गर्ने, नयाँ ताकत आत्मसात् गर्ने, अन्धकारबाट उज्यालोमा फर्कने साहस देखाउँछ। शासकको रातो आँखालाई बेवास्ता गरेर दिलोज्यान लगाएर गरेको यो सङ्घर्षलाई सलाम छ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...