Friday, June 12, 2015

पसिनाको इतिहास।। पसिनाको संसार।। पसिनाको आवाज


मार्गरेटस् होप चियाबारीमा
१२९ औँ मई दिवस
अनि चियाबारी मजदुर सङ्घर्षको ६० औँ वर्षगाँठ पालन


सन् १९५५ मा पुलिसको गोलीले जितमान तामाङ, मौलीशोभा राईहरूको छाती आरपार भएपछि आएको थियो चिया श्रमिकहरूका बोनसको अधिकार, लागु भएको थियो सुत्केरीकालीन सुविधाहरू। त्यही मार्गरेटस् होप चिया बगानमा १२९ औं मई दिवस पालन र त्यससित त्यो ऐतिहासिक लडाईको ६० औं वर्ष। आयोजनामा लाली गुरास पत्रिका अनि सडक कविता समूह। दार्जिलिङ पहाड-तराई-डुवर्समा आखाँमा सपना, मुटुमा विश्वास बोकेर हिडने टोलीहरू। बिहान देखि दुई खेप जोडले पानी परिसकेको थियो। दिउँसो तीन बजीतिर बगानको मजदुर, तरुण स्कुल टिचर र विद्यार्थी-युवाहरू अनि दार्जिलिङ-खर्साङ-कालेबुङ देखि आउनुभएका थुप्रै मानिसहरू भेला भएपछि मजदुर सङ्घर्षको पुरानो पन्ना देखि छानिएको पदम लामाको गीत हुनथाल्यो— ‘यो मेरो रातो रुमाल, गरीबको रगत अनि पसीनाले भिजेको है...। इतिहासको पन्ना पल्टाएर आइहाल्यो मई दिवसको इतिहासको कुरा। रातो झण्डाको इतिहासको कुरा... यस्तो कुरा कि यो रातो झण्डा कुनैपनि दलको पेवा होइन, यो झण्डा बोकेर श्रमिक-किसान-आदिवासी-उत्पीडित राष्ट्रियता माथि आक्रमण गर्नु हुँदैन, उनीहरूको सङ्घर्षलाई साथ दिनुपर्छ, यो झण्डा सम्झौताहीन लडाईको, जुझारू श्रमिक अनि उनीहरू सँग काँधमा-काँध मिलाएर जसले ‘जीवनको निम्ति, मायाको निम्ति’ ‘सुर्य अभियान’मा जानु चाहनेहरूका गीत-कविता-वार्ता-शपथले बितिहाल्यो प्रायः तीन घण्टा...। कहिले चिया बगानको दर्दनाक जीवनको कहानी गुञ्जियो गीतमा ... ‘कलम काटी हातैमा ठेला नि, छात्ती दुखियो सकिन्न मेला नि, चियाको बोटैमा’, कहिले मई दिवसको इतिहासको कथा आयो गीतमा ... ‘मई दिन हमारा आय है, जीस दिनका हम इन्तजार किया’; कहिले सङ्घर्षको बाटोमा देखापरेको सम्झौतावादी नेताहरूलाई व्यङ्ग गरी जर्मन कवी ब्रेख्टको कविताको गीत ‘हाम्रो लुगा जब फाट्न थाल्छ...’ अनि कहिले ठूलो आवाजले प्रतिरोधको घोषणा... ‘हर जोर जुल्म की टक्कर मे संघर्ष हमारा नारा हैं’; पहाडको कुना-कुनामा मानिसहरूको आशा अनि निराशाको कविता जसले सबै मानिसहरू समक्ष पुर्याउने शपथ लिएका छन्, ती तरुण कविहरूले एक पछि एक कवितामा कहिले आगो कहिले मुटुको कुरा गर्नु भयो जम्मै कार्यक्रम भरी। केवल गीत-कविता मात्र होइन, वार्ताहरूमा मई दिवसको इतिहासको चर्चा सँगसँगै आयो समाजको खटिखाने मानिसहरू प्रति सांस्कृतिक कर्मीहरूको दायित्वबोध वा आज पुरै देशमा श्रमजिवी मानिसहरूको स्थिति र उनीहरू माथि लादिएको आक्रमण बारे रोचक चर्चा पनि। ऐतिहासिक संघर्षको जन्मस्थल यो चिया बगानमा भएको ऐतिहासिक मई दिवसको स्मरणमा जम्मै कार्यक्रम भरी जुन मूल कुरा आयो, त्यो हो— उत्पीडित राष्ट्रियताको मुक्तिको कुरा त महत्वपूर्ण छदैछ, तर खटिखाने मानिसको सङ्घर्ष बाहेक, काँधमा काँध मिलाएर लडाईको बाटोमा अन्तिम फैसला बिना कसरी यो समाज अघि बढ्न सक्छ नयाँ बिहानीतिर? 

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...