Sunday, September 1, 2024

ठुलो खतरा झेल्दै गुडिरहेको छ जनताको लाइफलाईन रेल

 


हालैको राङापानी नजिक घटेको कञ्चनजङ्घा एक्सप्रेस दुर्घटना, विगतको बालासोर रेल दुर्घटना... यस्ता दुर्घटनाहरूको सूचि क्रमशः लम्बिँदै छ।  यात्री सुरक्षाको नाममा रेलवेले पैसा कटौती गर्छ, सुरक्षा बारे आश्वासन दिँदै चर्को ढाक पिट्छ तर खै त सुरक्षाको लागि खर्च गरेको? यसैले सरकारको लागि यस्ता दुर्घटनाहरूको समाधान भनेकै क्षतिपूर्तिको घोषणा हो, जुन घोषणा पछि यस्ता गम्भीर विषयहरू सेलाउन थाल्छ। 

रेलवेमा व्यापक रूपमा रिक्त पदहरू छन्। तर ती पदहरूमा नयाँ नियुक्ति गरिने प्रक्रिया भने बन्द छ। व्यापक रूपमा रेलकर्मीहरूको नियुक्ति घटाउनु, रेलवेमा अनियन्त्रित ठेकाकरण, निजीकरण गरिनाले पनि ठुलो विपद् निम्त्याइरहेको छ।

यसैबिच धनीहरूका निम्ति बुलेट ट्रेन र बन्दे भारतको व्यवस्था गरेको छ। यता, आम मानिसहरू भने दोब्बर दरमा टिकट काटेर यात्रा गर्न बाध्य बनिरहेका छन्।

वर्ष २०२२ देखि २०२४ को अन्तरालमा कुल ४९ वटा बन्दे भारतको उद्घाटन भएको छ भने कुल 23 वटा रेल दुर्घटनामा 371 जनाले ज्यान गुमाएका छन्। 

भाजपाअनुसार देशवासी अहिले अमृतकालमा छन्। सायद अमृतकालमा झेल्नु पर्ने यही थोकहरू नै हो कि? CAG-को रिपोर्ट र रेलवेको विभिन्न भित्री जानकारीमा बारम्बार सिगनालिङ व्यवस्था बारे ध्यान दिनुपर्ने बताइएको छ। एन्टि-कलिसन ‘कबच’ टेक्नोलोजीको घोषणा भयो तर देशको केवल ३% लाइनमा मात्र त्यो प्रविधि लागु गरिएको छ। नियुक्ति पनि छैन, प्रविधिको प्रयोग पनि ठिकसँग लागु गरिँदैन।

लोकल र प्यासेन्जर ट्रेनको कमी र अनियमितता अनि यात्री सेवा र सुरक्षा पनि त्यतिकै दयनीय अवस्थामा छ। अर्कोतिर, रेलवेले ट्रेनसङ्ख्या, स्लिपर र जनरल क्लासको सङ्ख्या ह्वात्तै घटाएको छ। डाइनमिक प्राइसिङ गरेर रेल टिकटको दाम बढाउने काम भइरहेको छ, जसले गर्दा सोझै आम यात्रीहरूलाई सङ्कट हुँदै छ। टोइलेटहरूको दुर्गन्धित परिवेश त थिँदै थियो, त्यसमाथि बर्थहरू झरेर यात्रीको मृत्यु वा घाइते हुने खबर आइरहेको छ। के यसरी बन्ला त ‘जनताको लाइफलाइन रेल?’

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...