Friday, September 1, 2023

चन्द्रयान-3 : केही कुरा केही प्रश्न...

करिब तीन वर्षको अथक परिश्रमपछि सफलता आयो। चन्द्रयान-3 श्रीहरिकोटास्थित स्पेस सेन्टरबाट प्रक्षेपण गरियो। इसरोको यस चन्द्रमा अभियानमा वैज्ञानिकहरूसँगै धेरै अन्य मानिसहरूले कडा परिश्रम गरे। त्यस सूचीमा इन्जिनियर, अफिसरदेखि राँचीको ‘हेभी इन्जिनियरिङ कर्पोरेशन’ (एचईसी) का सामान्य कर्मीहरू पनि छन्। ‘चन्द्रयान-3’को प्रक्षेपणमा उनीहरूको महत्वपूर्ण भूमिका रहे तापनि उनीहरूले विगत 17 महिनादेखि तलब बिना सबै काम गरेका छन्। इन्जिनियर तथा कर्मचारीहरूले केन्द्रमा पटक-पटक आग्रह गर्दा पनि डेढ वर्षभन्दा बढी समयदेखि तलब नपाएर पनि उनीहरू दिनरात काम गरिरहे। राँचीमा रहेको उक्त सरकारी संस्थाबाट प्रक्षेपणको ‘लञ्चिङ प्याड’देखि लिएर विभिन्न जटिल उपकरणहरूको आपूर्ति गरिएको छ। तर, ज-जसले ती सब बनायो, उनीहरूले महिनौँदेखि तलब किन पाउँदैनन् ? अचम्मै छ!


अचम्भित हुने कुरा अझै पनि छन्। विदितै छ, 2019मा पठाइएको चन्द्रयान-2 चन्द्रमाको सतहभन्दा दुई किलोमिटर अघि विच्छिन्न भएको थियो। कमजोरी सच्चाउन विज्ञानीहरूले निरन्तर काम गरे, अनि यसपाली करिब 30% कम (615 करोड रुपियाँ) लागतमा चन्द्रयान-3 प्रक्षेपणको स्थितिमा पुग्यो। यो विज्ञानको अपार सफलता हो– मान्नु नै पर्छ। तर देशवासी छक्कै परे जब विज्ञानको श्रेयलाई नकार्दै प्रक्षेपणअघि इसरोका विज्ञानीहरूले तिरूपति मन्दिरमा गएर पूजा चढाए।  

नागरिकको करको पैसाले बनिन्छ चन्द्रयान योजना। के हिन्दूले मात्रै कर तिर्छन् र? बौद्ध इसाई मुस्लिम पारसी सिख नास्तिकहरूले दिँदैनन्? मन्दिर पस्नै नपाउने दलितले दिँदैनन् कर? अन्त्य तिरुपति मात्र किन? के यो हिन्दुराष्ट्र हो र? प्रश्न उठ्छ नै! 


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...