Thursday, April 2, 2015

"अछुत समस्या" — भगत सिंह

शहादत दिवसको श्रद्धाञ्जली
अछुत समस्या
भगत सिंह
(अनुवाद : गुञ्जन राणा)

[काकीनडामा १९२३-मा कांग्रेसको अधिवेशन भयो। मोहम्मद अली जिन्नाहले आफ्नो अध्यक्षीय भाषणमा त्यतिबेलाको अनुसूचित जातिहरूलाई, जसलाई त्यतिबेला ‘अछूत’ भनिन्थ्यो, तिनीहरूलाई हिन्दु र मुस्लिम मिशनरीहरूमा बाड़ीदिने सुझाऊ दिए। हिन्दु र मुस्लिम धनी मानिसहरू यो वर्ग भेदलाई पक्का गर्नको निम्ति रकम दिन तैयार थिए। यस्तो प्रकार अछूतहरूको ‘साथी’ यिनीहरुले अछुतहरूलाई धर्मको नाम बाड़ने कोशिश गर्दथिए। यही समय जब यो विषयमा निक्कै चर्चा चलिरहेको थियो त्यतिबेला भगत सिंहले ‘अछूत का सवाल’ नामक लेख लेखे। यस लेखमा श्रमिक वर्गको शक्ति अनि सीमाहरूको अनुमान लगाएर यसको प्रगतिको लागी ठोस सुझावहरू दिइएको छ। भगत सिंहको यो लेख जुन १९२८ मा ‘कीर्ति’-पत्रिकामा विद्रोहिको नाममा प्रकाशित भएको थियो।]




हाम्रो देशको जस्तो खराब हालत अरू कुनै देशको भएको छैन। यहाँ थरी थरीको प्रश्नहरू उठी रहन्छ। यस्तै एउटा महत्वपूर्ण प्रश्न अछूत-समस्या हो। समस्या यो हो कि ३० करोड जनसङ्ख्या भएको भारतमा ६ करोड मानिसहरू अछुत मानिन्छन्। तिनीहरूको स्पर्श मात्रले धर्म भ्रष्ट हुन्छ भनिन्छ! मन्दिरमा उनीहरू गए भगवानहरू रिसाउछन्। तिनीहरू कुवाबाट पानी निकाले कुवा अपवित्र हुन्छ। यो प्रश्नहरू बिशौं शताब्दिमा उठीरहेछ, सुन्दा नै लाज लागेर आउछ। हाम्रो देश निकै आध्यात्मिक छ, तर हामी मनुष्यलाई मनुष्यको दर्जा दिन हिच्किचाउछौं, जब कि पूर्ण भौतिकवादी मानिने युरोप देशमा लगातार इन्कलाबको नाराहरू उठिरहेछ। उनीहरूले फ्रान्स अनि अमेरिकाको क्रान्ति पश्चात्नै समानता घोषणा गरिसकेका छन्। आज रुसले पनि सबै प्रकारको भेद भाव मेटाएर क्रान्ति गर्न जमर्को कसेका छ। हामी सधैँ आत्मा परमात्माहरूको महत्व लिएर नै चिन्तित छौ अथवा यो जोरदार बहसमा फसेका छौ कि— के अछूतहरूलाई जनै दिन उचित हुन्छ? तिनीहरूको वेद-शास्त्र पड़ने अधिकार छ? हामी सधैँ भन्छौ कि हामीलाई विदेशमा अवहेलना गरिन्छ। अङ्ग्रेजी शाषणले हामीलाई अङ्ग्रेज समान मान्दैन। तर के हामीलाई यो गुनासो पोखाउने अधिकार छ?
सिन्धको एकजना मुस्लिम सज्जन श्री नूर मोहमदले, जो बम्बई कौंसिलको सदस्य पनि हुन्, यस बारेमा राम्ररी भनेका छन्—
“यदि हिन्दु समाजले अरू मनुष्यलाई आफू जस्तै अन्य प्राणीलाई विद्यालय जान निषेध गर्छ, अनि यदि बोर्डको सचिव, जसले लाखौ मानिसहरूको प्रतिनिधित्व गर्छन्, उनले अरू आफ्नो साथी-भाइहरूलाई स्वच्छ पानी पिउने आधारभूत अधिकारबाट बन्चित गर्छ भने, उनलाई नोकरशाही बाट अझ धेरै अधिकारहरू माँगने के अधिकार छ?
अरू देशहरू बाट आउने मानिसहरूलाई आरोप लगाउन अघि हामीले यो हेर्नु पर्छ हामी आफै हाम्रो आफ्नै मान्छेहरू सँग कस्तो बर्ताव गरिरहेछौ।”
कुरा एकदमै साँचो छ। तर यो एकजना मुस्लिमले भनेको हुनाले, हिन्दुहरू भन्छन् कि, हेर उनीहरू अछूतहरूलाई मुस्लिम बनाएर आफ्नो तर्फ लैजान खोज्दैछन्। 
जब तिमी तिनीहरूलाई पशु भन्दा पनि तल्लो दर्जाको सम्झन्छौ भने तिनीहरू निश्चय पनि अर्को धर्ममा जाने छन्, जसमा तिनीहरूले अधिक अधिकार पाउनेछन्, जहाँ तिनीहरूले मान्छे जस्तो मर्यादा पाउने छन्। त्यस पछि यो भन्नु कि, मुस्लिम अनि ईसाईहरूले हिन्दु धर्मलाई नोक्सान पुर्याउदैछन्, भन्नु व्यर्थ हुन्छ।
कति स्पष्ट कुरा छ, तर यो कुरा सुनेर सबै जना डराउछन। ठिक यस्तै चिन्ता हिन्दुहरूलाई पनि भयो। सनातनी पण्डितहरूले पनि केही न केही यस विषयमा सोच्न थाले। बिच बिचमा ठुला ‘युगान्तरकारी' भनिनेहरू पनि यसमा सामेल भए।
पटनामा हिन्दु महासभाको सम्मेलन लाला लाजपत रायको अध्यक्षतामा भयो, जो पहिले देखि नै अछूतहरूको ठुलो समर्थक रहेका थिए यसले गर्दा त्यहाँ ठुलो बहस शुरु भयो। निकै भना-भैरी चल्यो। चर्चाको विषय थियो कि अछूतहरूले जनै लगाउनु पाउँछन या पाउँदैनन। वा तिनीहरूलाई वेद-शास्त्र पड़ने अधिकार छ कि छैन। सबै सामाजिक सुधारकहरू क्रोधित थिए तर पनि लाला जीले अछूतहरूले जनै लगाउनु पाउने अनि वेद-शास्त्र पनि पड्नु पाउनेमा सबैलाई सहमत गराए। यसो गरेर तिनले हिन्दु धर्मकों लाज बचाए, नत्र परिणाम के हुने थियो होला?
नभए सोच्नुहोस न, कस्तो लजास्पद कुरो, कुक्कुर पनि हाम्रो काखमा बस्छ, भान्साघर भित्र डुल्छ। तर अछूत मानिसको स्पर्शले धर्म भ्रष्ट हुन्छ रे। विशिष्ट समाज सुधारक पण्डित मालवीय, जो अछूतहरू समर्थक भनी प्रचलित छन्, तिनी पनि सार्वजनिक स्तरमा एउटा मेत्तरले लगाईदिएको माला त लगाउँछन तर आफैलाई त्यो वस्त्र सहित ननुहाए सम्म अपवित्र ठान्छन। कस्तो छल हो यो। सबैलाई माया गर्ने भगवानको मन्दिर बनाइएको छ, तर त्यहाँ अछूतहरु गए, त्यो मन्दिर अपवित्र हुन्छ। भगवान् रिसाउछन। देशमा यस्तो छ भने, बाहिर समानताको निम्ति झगडा गर्नु के हामीलाई सुहाउछ? यसो गरे, यो हाम्रो कृतघ्नताको सीमा हुनेछ। जसले हाम्रो सानो सानो काम गरेर सुविधा दिन्छ, तिनीहरूलाई नै हामी पर पर गर्छौ।

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...