Thursday, April 2, 2015

सम्पादकीय : मार्च-एप्रिल २०१५

सम्पादकीय 
अन्तराष्ट्रिय श्रमजीवी नारी दिवस 'ह्यापी वुमेन्स डे' होइन

अन्तराष्ट्रिय श्रमजीवी नारी दिवसले आफूसँग नारी सङ्घर्ष र आर्थिक सशक्तीकरणको ऐतिहासिक उत्तराधिकार बोकेर हिडी रहेको छ, जसले गर्दा हरेक नारीले आफ्नो जीविका चलाउन सकोस् र मर्यादाको जीवनको निम्ति सङ्घर्ष गर्न सकोस्। 

" हामी रोटीको निम्ति 
लडाई गर्छौँ,
तर हामी फूलको निम्ति 
पनि लडाई गर्छौँ।"

यो सङ्घर्षको इतिहास रक्तपातपूर्ण थियो यसमा कुनै सन्देह छैन...
" हामी जति कदम कदम अघि बढ्यौं, 
अनगन्ती नारीहरू मरे 
तिनीहरू रोटीको प्राचीन गीत गाउदै, 
हाम्रो शहर भएर गए!"

त्यसो भए, सामान्य रूपमा यसको इतिहास बारे चेतनाको अभावले गर्दा आज मानिसहरूले अन्तराष्ट्रिय नारी दिवसलाई पनि आमा दिवस, बाबा दिवस, प्रेमी दिवस इत्यादि झैँ धुमधामसाथ मनाई रहेका हुन्छन्। पुरुषहरूले नारीहरू प्रति आफ्नो माया र इज्जतको भाव व्यक्त गर्नुको फुल, उपहार दिने गर्छन्! अकस्मात, यो दिन तिनीहरूलाई नारीत्वको पूजा गर्ने भूत चढ्छ। यो सचेत हेरफेर (अथवा चेतनाको हेरफेर?) को फल पनि हो। यो ऐतिहासिक सङ्घर्षको प्रतीकको "वास्तविक अर्थ" हटाएर त्यसको "बनावटी अर्थ" थोपी दिने षड्यन्त्र तीव्र रूपमा चली रहेको छ। बजारमा त झन् यसको हाल खबरनै अर्कै छ। बजारले नारी दिवसको उपलक्ष्यमा केही वस्तुहरू बिक्री गर्नुको निम्ति "वुमेन्स डे-को स्पेशल डिस्काउन्ट" दिएर यस दिनलाई महत्व दिई रहेको छ! हामीले अहिलेनै बुझ्नु पर्छ कि यो एउटा जाल हो र हामी यस जालको पकडमा फसी रहेका छौ। 
अन्तराष्ट्रिय नारी दिवससँग यी सबै कुराहरूको केही लेनदेन छैन। कृपा गरेर ८ मार्चलाई नारीत्वको ‘अन्धश्रद्धा’ गर्ने दिन नबनाउनु होस्। हामीले नारीको अन्धश्रद्धा गर्ने सांस्कृतिलाई घोर विरोध गर्नु पर्छ कारण यस्तो संस्कृतिले समाजमा रहेको भेद-भावको समाधान कहिले पनि गर्नु सक्दैन। यसको सट्टामा हामी यस्तो समाजमा अझै बाँचीरहेकों वास्तविकतामा लज्जित हुनु पर्ने हो, जहाँ प्रचण्ड भेद-भाव जीवनको हरेक क्षणमा निश्चित छ र यसको हिंसात्मक चरित्रले गर्दा कसैले ज्यान पनि गुमाउनु सक्छ। पुरुषत्व वा नारीत्वको आधारमा होइन तर मानवताको आधारमा उभिएको समाज तैयार गर्नुनै असली सङ्घर्ष गर्नु हो— जहाँ सबै प्राणी मर्यादा, आजाद र स्वतन्त्रसँगले जिउन सक्नेछ! यो पुरुष वा नारी हुने सङ्घर्ष होइन, यो मानव हुने सङ्घर्ष हो! त्यसो भए, आज हामी सबै एक भएर सबै प्रकारको लिङ्ग भेदभावको विरुद्धको इतिहासलाई स्मरण गर्दै एउटा प्रतिज्ञा लिउ कि अरू कोही होइन, तर तपाईँ र म यस सङ्घर्षको विरासतलाई अघि बढाएर एउटा यस्तो समाजको निर्माणतर्फ लागौं जसको आधार मानवता हुनेछ र त्यो समाज सबै प्रकारको भेदभाव, अत्याचार र शोषणमुक्त हुनेछ!

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...