Wednesday, October 31, 2012

अङ्क १ ∙ सम्पादकीय

नयाँ शुरुवातको निम्ति

कसले भन्यो २०१२ मा पृथ्वी ध्वंसहुनेछ। २०१२ सक्नआट्यो, तर अहिलेपनि त्यस्तो केही भएन। यस्तो हुनेथिएन पनि। संस्कार र अन्धविश्वासले जन्माएको यस्तो कुराहरू वास्तवमा कहिलेपनि साँचो हुँदैनन्— जो सबैलाई थाहा भएकै कुरा हो।  त्यसैले त संसारभरि मानिसहरू आ-आफ्नो योजना-सपना-आशाहरू लिएर हिड्दैछन् निरन्तर।

     आफ्नो चारैतिर हेर्नुहोस्। साना नानीहरू पड्न थाल्छन्, स्कुल जान नसक्नेहरूको आमाबुवाले आफ्ना नानीलाई कसरी हुर्काउने? त्योबारे सोच्दासोच्दै बृद्ध हुनपुग्छन्,  रोजगार पाउन असफल रहेका युवाहरू  आफ्नो गाउँघर छोडेर टाढा-टाढा जान्छन्, राष्ट्रिय उन्मुक्तिको सङ्घर्ष केही हदसम्म ठप्प भएतापनि फेरी नयाँ ढंगले सपना देख्नेहरू पनि कम्ती छैनन्। आशा कसको छैन र? ऐतिहासिक रूपले मजदुर सङ्घर्षद्वारा जितेको ८ घण्टा कामको अधिकारलाई नकारेर चियाकमानको मालिकहरूले मजदुरहरूलाई ९ घण्टा काम गर्न बाध्य गर्दैछन्, अझै नाफा कमाउने आशाले। देशीविदेशी मालिकहरूको आशालाई साकार बनाउनको निम्ति हाम्रो देशका सरकारले आमजनताको आशा  र रोजगारलाई ध्वस्त पारेर एकपछि अर्को डरलाग्दो आर्थिक सुधारको योजना थप्दैछन्। देशको जल-जङ्गल-जमीन जसमाथि जनताको अधिकार हुनपर्ने हो— त्यसलाई लुट्न पुँजीपतिहरूमाझ गज्जबको होड़ मच्चिएको छ! नाफा कमाउनुनै तिनीहरूको सपना-जपना हो। यस्तोमा कहाँ गयो २०१२ मा संसार ध्वंस हुने कुरा? धाराको विपरित दिशामा रहेकाहरूलाई पनि कहाँ त्यसको वास्ता छ र? उडिसाको जगतसिङपुरमा आफ्नो जमीन रक्षा गर्ने मानिसहरूलाई, आफ्नो झोपडी बचाउँन जुटेका कलकताको नोनाडांगाबासीहरूलाई, आफ्नो पर्यावरण र  रोजगार बचाउँन संघर्षरत कुडनकुलमका वासिन्दाहरुलाई, आफ्नो रगतपसिनाको इज्जत बचाउँन लडिरहेका मारूती-सुजुकी कारखानाका श्रमिकहरूलाई, आफ्नो राष्ट्रियताको अस्मितालाई लिएर तेलेंगानामा लडिरहेका जनताहरूलाई कहाँ वास्ता छ संसार ध्वंस हुने कुरामा।

     इतिहास हिड्दाहिड्दै नयाँ दिशातिर जाँदैछ। जाँदाजाँदै बाटोमा माइलस्टोनहरूको रचना हुँदैछ। भौतिकशास्त्रमा हिग्स-बोसन कणको आविष्कारदेखि लिएर जनताको सङ्घर्षको कुरामा अमेरिकाको अकुपाई वालस्ट्रिट, अरब दुनियाँमा बसन्तको शंखघोष वा नयाँ उदारवादलाई टक्कर दिंदै ग्रीस-स्पेनको जनता सडकमा ओर्लिनु — इतिहास जनतालेनै रच्दैछन्। मानिसको यो उज्यालोतिरको यात्रामा खोज-सपना-विचार-सङ्घर्षहरू छन्। आशा  छ नयाँ समाज, नयाँ जीवनको। हामीले पनि २०१२ मा पृथ्वी ध्वंस हुने कुरालाई वास्ता नगरेरनै संसारभरिको मानिसहरूको उज्यालोतर्फको यात्रामा सहभागी भएर थाल्दैछौ हाम्रो पत्रिका 'लाली गुरास'।


No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...