Friday, October 26, 2012

गृहणीहरुले अब तलब पाउने !!


गृहणी जसले घरको राखन-धरन, पकाई-तुलाई, सफा-सुग्घर, नानीहरूको हेर-चार गर्छिन् चाँडैनै आ-आफ्नो पतिहरूबाट महिनाको अन्त्यमा तलब पाँउनेछिन्। महिला तथा बालक विकाश मन्त्री कृष्ण तीर्थले गत सेप्टेम्बरमा पत्रकारहरू  समक्ष आफ्नो वक्तब्य राख्दै गृहणीहरूले घरमै काम गरे वापत् तलब पाउनु पर्छ र पतिहरूले आफ्नो कमाइको निर्दिष्ट अंश आफ्नो पत्नीहरूलाई पारिश्रमिकको रूपमा दिनै पर्छ भनेका छन्। अझ थप कुरा गर्दै तिनले नारीहरूलाई आफ्नो कार्यस्थलमा हुने यौन शोषणको घटनाहरूबाट बचाउनलाई उनले यस्तो खेस्रा तयारी परेका हुन् र यसलाई सुचारू रूपले लागु गर्नलाई कुनै कानून बनाँउन परेपनि तिनी तैयार भएको पत्रिकालाई बताए।

     यस सन्धर्भमा चारवटा प्रश्नहरू दिमागमा आउछ।

     प्रथमतः यसले नारीहरूलाई सामाजिक श्रम र सामाजिक उत्पादनमा भाग लिने प्रोत्साहन दिंदैन। घरमै बसेर आफ्नो कामको ज्याला पाउने हुनाले उ बाहिरको संसारबाट र सामाजिक गतिविधिहरूबाट अक्षुण्ण रहन्छ र जस्तो कि सबैलाई थाहै छ कि ज्ञान र चेतनाको विकास सामाजिक कार्यप्रणालीद्वारा प्रकृति र अन्य मानिसहरूको संगतमा रहेरनै हुन्छ। जसले मानिसहरुलाई अन्य प्राणीहरुबाट अलग्याउछ। यसरी नै मानिसको ज्ञान र् चेतनाको विकास ऐतिहासिक विकासक्रमको माध्यम द्वारा भएको छ। यसोसले नारीहरू घरमै बाँधिएर मानव विकासको क्रममा पछाडीने भए।

     दोस्रो कुरा पुँजीवादी व्यवस्थाले सस्तो श्रमको निम्ति नारीहरूलाई काममा लगाउने गर्छ जसले गर्दा एउटा नारीले बाहिर र घर दुवैमा काम गर्न पर्ने हुन्छ अब घरमा काम गर्नको निम्ति त्यो कम्पनी वा मालिकले उसलाई बढ्ता ज्याला त दिंदैन त? उसको पति जो स्वयं एउटा ज्यलाधारी श्रमिक हो, आफ्नो कमाईको अंश पत्नीलाई दिए भने पनि घरको मोठ कमाई त त्यतिनै रहन्छ र पुँजीपतिहरूको नाफामा कुनै कमि पनि आउदैन।

     तेस्रो कुरा यसले पति पत्नी बीच मालिक र मजदूरको भावना ल्याउँछ, जसले उनीहरूबीचको संवेदनालाई पनि हानि पुर्याउछ। अर्को पट्टि नारीहरूपनि आफ्नो कामको पारिश्रमिक पाएर घरको कामलाई सामाजिक कार्यको दर्जा दिनुपर्छ भन्ने माँग गर्दैनन् र आफ्नो आर्थिक स्वतन्त्रताकोलागि लड्दैनन् पनि।

     चौथो र सबैभन्दा महत्वपूर्ण कुरा यस्तो नियम नारीहरूलाई कार्यस्थलमा हुने यौन हिंसाबाट बचाउनलाई बनाइएको हो भन्ने वक्तव्यले त सिधै रूपमा नारीहरूलाई सामाजिक कार्यकलापहरूमा भागलिनमा रोक लगाँउछ र पुरूषको पशुवृत्तिलाई नासुधरेर नारीलाईनै घरभित्र थुन्ने षड्यन्त्र गर्छ। घरेलु कामलाई पनि सामाजिक कार्यमा बदल्नु सकिन्छ- सामुहिक भान्छाघर चलाएर, नानीहरू हेरचार गर्ने घर बनाएर, वृहत रूपमा लुगा धुने घर चलाएर जस्तो कि क्रान्ति पछाडिको रसियामा गरिएको थियो। रह्यो घरको काम त्यो त पति-पत्नी मिलेर गर्ने काम हो।
शिवानी सुब्बा

No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...