सुमेन्द्र
तामाङ
श्रमजीवी
अधिकार अभियान देशभरिका खटिखाने मजदुरहरूको सामाजिक अनि आर्थिक अधिकारको सन्दर्भमा
दार्जीलिङ पहाडको श्रमजीवी मानिसहरूबारे आवाज उठाएको एउटा पहल हो। यो अभियान
22 फरवरी कालेबुङको मनसाङ
सिन्कोना बगानबाट शुरू भएर 26 तारीख सिलगुडी नजिक सुकुनामा गएर सम्पन्न
भएको थियो।
दार्जीलिङ
कालेबुङ खरसाङमा धेरै चियाबगान र कुलैनबारीहरु छन्। सिन्कोना बगानमा मजदुरहरुको भविष्य
अन्धकारमा रहेको कुरा कुनै नयाँ कुरा होइन। चियाबारीमा मजदुरहरुको बसोबासो यसो सोचनीय
अवस्थामा पुगिसकेको छ, न्यूनतम ज्याला पनि यहाँ लागू भएको छैन।
सरकारी सहुलियतहरु केवल प्लान्टेस्न लेबर एक्टको पन्नामा सीमित भएर गएको छ। युवा युवतीहरु
पलायन भएर ठुलठूला नगरी र देशविदेशमा काम गर्नु पर्ने अवस्था आइपुगेको छ। गाउँ बस्ती
कमान रित्तो भएर गएको छ। तर, भने यस देशको अनि यस राज्य सरकारको कुनै
पनि पहल छैन, मजदुरको
हितमा। मिनिमम वेज, पर्जापट्टा केवल इलेकसनको मुद्धा भएर गएको
अवस्था छ यहाँ।
बाटोघाटो
बनाउने मिस्त्री, अन्य मजदुरहरू,
घर-भवन र ठुलठूला बिल्डिंग बनाउने निर्माण
मजदुरहरूको असङ्गठित अवस्थाले गर्दा यी निर्माण मजदुरहरूको भविष्य अन्धकारमा छ। जसले
घर बनाउँछन्, तिनीहरूको
आफ्नै बस्ने टुंगो हुँदैन, जसले बाटोघाटो बनाउँछन् उनीहरूको सामाजिक
सुरक्षा केही हुँदैन। समाज निर्माणमा बुनियादी योगदान दिने मजदुरहरूबारे यस देशमा कोहीले
कुरा गर्दैनन्। गर्छन त केवल उनीहरूको जीवनसँग खेलैछि!
देशको श्रम कानुनलाई
बीजेपी सरकारले बद्लाएर अझै मालिकहरुको नाफाकरणको मेनिफेष्टो बनाई सकेको छ,
र अझ त्यसलाई बढाउनेवाला
छ। सस्तो श्रमको बजार हो भारत, खुनी पुँजीवादको नाफाका पहाड हो भारत।
यस्तो
स्थितिमा क्षेत्रीय अनि राष्ट्रिय स्तरमा मजदुर अधिकारको आवाजलाई बुलन्द पार्ने चिया
बगान सङ्ग्राम समिति र सिन्कोना सिटिजन राइटस् फोरमको संयुक्त पहलमा शुरु भएको श्रमजीवी
अधिकार अभियान कालेबुङ बजार हुँदै, टिस्टा भ्याली,
गेल,
रङली,
पेशोक-धोत्रे-कलेजभ्याली चिया बगानहरू,
पोख्रेबुङ,
सुखेपोखरी,
मार्गरेटस् होप,
बेल्टार,
खरसाङ,
महानदी,
तीनधारे,
चुनभट्टी,
सिपाहीधुरा हुँदै सुकुनामा
गएर सम्पन्न भयो।
यस
अभियानमा चिया बगान संग्राम समिति र सिन्कोना सिटिजन राइटस् फोरमका कार्यकर्ताहरुले
'श्रमजीवी सरोकार'
शीर्षक विशेष बुलेटिन,
'अधिकार'
शीर्षक प्लान्टेसन श्रमिकहरूका
ऐनी अधिकारबारे पुस्तिका अनि 3 र 4 मार्च दिल्ली कार्यक्रमबारे पर्चाहरू लिएर
यी ठाउँहरूको विभिन्न नागरिक र मजदुरहरूसँग कुरा कानी गर्दै,
मजदुर अधिकारको खास
लड़ाई मजदुर आफैले लड्नु पर्छ भन्ने चेतना प्रचार गर्दै,
औसरवादी मालिकपन्थी
युनियनहरुको पर्दा फास गर्दै अनि केन्द्रीय अनि राज्य सरकारको मालिक पक्षधर अडानलाई
खुल्ला रूपले समाजमा व्यक्त गर्ने पहल गरेको थियो।
त्यस
पछि
4 मार्च को दिन पहाड-तराई-डुवर्स र आसामका चिया मजदुरहरूका मिनिमम
वेज,
पर्जापट्टा,
बन्द बगानहरू खोल्नु
आदि मागहरू लिएर जन्तर मन्तरमा धर्नाको कार्यक्रम भयो। विभिन्न मजदुर सङ्गठन,
विद्यार्थी-युवाहरू,
प्राध्यापक-वुद्धिजीविहरू आएर आफ्ना सहभागिता ब्यक्त
गरे। दुवै दिनको कार्यक्रममा नै लाली गुराँससमूहसँग संलग्न साथीहरूका उर्जाशील भागीदारी
रह्यो।
No comments:
Post a Comment