Tuesday, April 29, 2014

उत्तरकन्याको के काम?

ताप्ती सुनदास

उत्तर कन्या नयाँ सरकारद्वारा स्थपित गरिएको फेरी एउटा सरकारी संस्था हो र यस्तो सरकारी संस्थाहरू साधारण जनताको आकाङ्क्षाहरूलाई कत्तिको पुरा गर्न समर्थ छ त्यो विचार गर्न पर्ने कुरो हो। दार्जीलिङ क्षेत्र जहाँ ७०% भन्दा पनि ज्यादा मानिसहरू कमानमा काम गर्ने जनताहरू हुन् त्यहाँ यस्तो एउटा सरकारी संस्थाले मानिसको जीवन स्तरमा विकाश ल्याउन सक्छ? प्रश्न गम्भीर छ। कारण कुनै पनि सरकारी संस्थाहरू होस् र त्यो कुनै पनि सरकारले गठन गरेको होस् भ्रस्टचारको मुख्य अखडा हुन् जान्छ, जहाँ काम गर्छ धोखाधडी, गबन र भाइ-भातिजवादले जसको उदाहरण भई रहेको छ दार्जीलिङ- जलपाईगुडी विकाश परिषद्। मानिसको मुलभुत अधिकारहरू शिक्षा, स्वास्थ्य, रोजी-रोटीको प्रश्नहरू, आत्मनिर्णयको अधिकार इत्यादिलाई कहाँ यस्तो संस्थाहरूले पुर्याउन सक्छ र? 

जुनै सरकारले जुनै ठाउमा पनि विकाशको जुन मोडेल अपनाएको छ यसले साधारण मानिसको जीवन स्तरको विकाशको मुद्दालाई कहीँ कतै छोएको पाइन्दैन बरु ज्यादा भन्दा ज्यादा सिमेन्ट र कंक्रिटको आकाश छुने अट्टालिकाहरूको निर्माणलाई नै आजको सामाजिक ढाचामा विकाशको नाम दिइएको छ। जसबाट केवल मुट्ठीभरी मानिसको आर्थिक विकाश हुन्छ तर जनताको बृहत् अंश जसको हातमा आफ्नो श्रम बाहेक केही छैन। उनीहरूको जीवन स्तरमा कुनै परिवर्तन आएको छैन यसैले विकासको नीतिमा परिवर्तन आउनु र समाज सबैभन्दा किनारीकृत मानिसहरूको जीवनलाई छेवैबाट हेरेर नीति बनाए मात्रै यिनीहरूको जीवन साच्चै बदल्ने छ र साँचो अर्थमा विकाश हुने छ अनि यसो गर्नलाई सचेतनताको आवश्यकता पर्छ उत्तर कन्या जस्तो सरकारी संस्थाको होइन। 



No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...