कुनै समय लङभिऊ चिया कमान दार्जीलिङ कै सबै भन्दा
ठूलो कमानहरु मध्ये एक थियो। साथै यस कमानको उत्पादनशिल्ता पनि उतिकै ज्यादा हुने गर्थ्यो।
सन् 1879 मा खोलिएको लङभिऊ कमानको कुल एरिया 1020 हेक्टर भएता पनि चिया
रोप्ने कुल एरिया भने केवल 502 हेक्टर मात्र रहेको छ। त्यो पनि आधा उधी जङ्गल नै भइसकेको
छ। चियाका बुट्टा त सबैले देख्नु भएका छन् होला तर चियाका 5 फुट भन्दा बढी रूखहरू पनि यहाँ देख्नु पाइन्छ। एक समय 1244 श्रमिक
संख्या भएको कमान आज केवल 300 भन्दा अलिक ज्यादा श्रमिकहरु छन्। धेरै जना पलायन भए
त धेरै श्रमीकहरु खरसाङ वरिपरिका कमान तिर सुख्खा/ बिघा हाजिरामा काम गर्छन्।
250 रुपियाँको गरिबी हाजिरा, मालिकको हेपाई अनि लुट, असमान कानुन, जमीनको मालिकाना
बिना आखिर कसरी नी आफ्नु जीवन निर्वाह सकोस् श्रमिकहरुले! समय समयमा बन्द गरेर भाग्ने मालिकवर्गलाई भने केवल
नाफाको चिन्ता छ भने आजको दिनमा त्यहाँ बस्ने सबै बासिन्दाहरुलाई भने कमानको भविष्यको
सुर्ता छ। बारम्बार आश्वासनको बोली मात्र आएपछि, लङभिऊ चियाकमानका श्रमिकहरुले
आफ्नु खुदैको संगठन बनाएर सङ्घर्षको बाटो रोजेका छन्।
22 आगस्ट
2024 को दिन चिया
कमानका श्रमिक-कर्मचारीहरूले
आफ्नो बकाया राशि,
पि एफ, ग्राचुइटी,
बोनस, ज्याला-वेतन,
एरियार, स्वास्थ्य सुविधा
इत्यादि माग लिएर
धर्ना गरेको ७-८ दिन
पुग्न लागेको छ।
यी दिनहरूमा कमाने
श्रमिकहरूले श्रमिक एकताको
बेजोड उदाहरण प्रस्तुत
गरेका छन्। मालिक
म्यानेजमेन्ट अनि सत्ताको
चलखेल चलिरहेको देखिँदैछ।
28 जुलाई हिल प्लान्टेशन्स्
एमप्लोयिज यूनियन (HPE) U का
लङभ्यू शाखा गठन
भएपश्चात 29 जुलाईको दिन शाखाका
युनियन सदस्य साथै
पदाधिकारीहरूले म्यानेजर ए पि सिंह ज्युलाई
3 बुँदे मागपत्र बुझाए।
त्यसपछि त्यही दिन
बिघा श्रमिकहरूको 2022 को
रहल 9 प्रतिशत बोनस
मध्ये 4% बकाया
बोनसको राशी हालिदिइयो।
सानो भए पनि श्रमिक एकताको
जीत थियो यो। तर
एरियर, विगत सालको
बोनस अनि श्रमिकको
बकाया लिएर कुनै
ठोस् निर्णय हुन
सकेन। त्यही दिन
म्यानेजरलाई भेट्न फेरि
5 अगस्त आउने कुरा
भयो अनि श्रमिकहरूले
यो कुरा म्यानेजरलाई
पनि जनाएका थिए।
तर म्यानेजर भने
अफिस छोडेर दिल्लीतिर
लागे। अनि शाखा
प्रतिनिधिहरूले फोन गर्दा
फर्केर मात्र कुरा
गर्न सक्ने कुरा
कमान शाखाका सचिवलाई
जनाए। त्यसपछि 14 आगस्ट
उनी फेरि आएको
कुरा सुन्नमा आयो।
त्यसको लगत्तै अर्को
दिन 15 अगस्त शाखाको
प्रतिनिधिहरूले एउटा
साधारण सभा गरे।
त्यसपश्चात अझै मुद्दाहरूको
बारेमा छलफल भएपछि
17 अगस्तको दिन अन्य
थप बुनियादी माग
लिएर श्रमिकहरू म्यानेजरलाई
भेट्न गए। 27 जना
टी मेकरका पद
भएका कर्मचारीहरूले त्यही
दिन आफ्नु एक
महिनाका हाजिरा पाए।
श्रमिक एकताको सानो
जीत त्यो पनि
हो। तिनीहरूको अझै
3 महिनाको वेतन बाकी
नै रह्यो।
युनियनले पेश गरेका
अरु माग लिएर
आश्वासन बाहेक कुनै
निश्चित निष्कर्ष निस्केन।
अरु मुद्दाहरूबारे मौखिक
रूपमा आश्वासन मात्र
दिएको हुनाले श्रमिकहरूले
त्यही दिन धर्ना
प्रदर्शन शुरू गरे।
दिनभरि श्रमिकहरू म्यानेजरसँग
बारम्बार बैठक बसे
तर मालिकवर्गले आश्वासन
बाहेक केही दिन
सकेन। त्यसपछि पत्ती
नटिप्ने निर्णय भयो
तर कमानको फाल्टो
काम, सिकलिङ, लहराको
काम गरेर कमानलाई
सफा गर्ने निर्णय
भयो। उक्त निर्णय
गर्नुको तात्पर्य कमानमा
नाफाको होडबाजी मात्र
नगरेर कमानको स्यार
सुसारमा पनि म्यानेजमेन्ट-
मालिकले ध्यान दिनु
पर्ने सन्देश थियो।
श्रमिकहरू यो विषय
लिएर गम्भीर छन्,
तर यहाँ मालिक
म्यानेजमेन्टले हरियो पत्ती
बेचेर खान पल्केको
छ । कमान सुचारु
रूपमा चलाउने मालिक,
गोविन्द गर्कको कुनै
इरादा नै छैन।
19 तारीख सोमबार फेरि
अफिसमा भेला भएर
एकछिन धर्ना प्रदर्शन
गरेर काममा जाने
कुरा थियो तर राखी लगाउन
गएका म्यानेजर फेरि
फर्केनन्। भोलि पल्ट
पनि आएनन्। त्यसैले
20 तारिखको दिन म्यानेजरको
नाममा गाडीधुरा पुलिस
आउट पोस्टमा मिसिङ
रिपोर्ट फाइल गरियो
साथै खरसाङ ALC अफिसमा
पनि धर्ना साथै
ज्ञापन पत्र बुझाउने
कार्यक्रम भयो। त्यहाँ
त्रिपक्षीय वार्ताको माग HPEU युनियनले
गर्यो। त्यही दिन
म्यानेजरले एक पन्ध्रको
हाजिरा हालेको खबर
जनायो। त्यो श्रमिक
एकताको सानो तर दोस्रो जीत
झैँ महसुस भयो।
त्यसपछि 21 तारीख अफिसमा
बिहान 11 बजे सम्म
धर्ना प्रदर्शनी गरेर
श्रमिकहरू फाल्टो कामको
लागि निस्के। पाउनु
पर्ने अधिकारको निम्ति
गरिएको धर्ना तर
मालिक म्यानेजमेन्टले नोटिस
मात्र फ्याली रहे।
घरी काम नभए
हाजिर नपाउने नोटिस
त कहिले म्यानेजमेन्टले
भनेको कुरा नमाने
हाजिर नपाउने नोटिस!
बगानको स्याहार-सुसार
राम्रोसँग गर्दै बगान
चलाउन बारे मालिकको
कुनै चासो देखिँदैन।
बगानमा कत्ति झारी-जङ्गल भइसकेको
छ भन्ने कुराबाटै
त्यो स्पष्ट छ।
जे होस्, हालिदिएको
हाजिराबारे खबर आयो
कि सबै डिभिजनको
हाजिरा भने बैंकमा
जम्मा गरिएको छैन।
श्रमिकहरूले यसबारे म्यानेजरलाई
जनाएर यो प्रथालाई
अन्त गरी एकै खेपमा हाजिरा
हाल्ने माग गरे साथै यो
श्रमिक एकतालाई तोड्ने
षडयन्त्र हो भनेर
म्यानेजरलाई जनाए।
21 अगस्तकै दिन बेलुकी
कम्पनीको तर्फबाट कमानको काम
HPEUले डिस्टर्ब गरेको
आरोप लगाउने चिट्ठीको
कपी आयो। त्यसमा
मालिकले जनवरीदेखिको 22 पल्ट
धर्ना गरेर बगानको
काममा रोकटोक आउने
कुरा गरे। तर
HPEU युनियनको शाखा भने
28 जुलाईको दिनमात्रै गठन भएको
हो। त्यसपश्चातको मात्र 4 वटा धर्नाको उल्लेख
हुनुपर्ने हो। भनेपछि
मालिक यसरी नै श्रमिकहरूलाई शोषण गर्दै
र बगान लथालिङ्ग
पार्दै बगान चलाइरहेका
छन्, र HPEU युनियन
आउन अघि नै म्यानेजमेन्टकै कारण यत्रो
18 दिन धर्ना भएको कुरा
छर्लङ्ग छ। जे होस्, भोलिपल्ट
बिहान 22 तारीख
श्रमिकहरू फेरि अफिस
परिसरमा भेला भई मिटिङ गरेर
JLC लाई पत्राचार गर्न
अनि मालिक म्यानेजमेन्टको
यो खोक्रो अनि
दमनकारी नीति श्रम
बिभाग तथा JLC लाई
जनाउने उद्देश्य बोकेर
श्रमिक भवन तर्फ
लागे। श्रमिक भवनमा
250 भन्दा ज्यादा श्रमिक
भेला भएका थिए
भने त्यहाँ युनियनले
इन्डस्ट्रियल डिसपियुट एक्ट, 1947 अन्तर्गत
लेबर डिसपियुट पेश
गर्यो साथै त्रिपक्षीय
वार्ताको माग राख्यो।
चाँडै त्रिपक्षीय बैठक
बोलाउने कुरा सुन्नमा
आयो। त्यही दिन
युनियनका केन्द्रीय सह सचिव सुमेन्द्र तामाङ अनि
उपाध्यक्ष छेवाङ योञ्जनको
नाममा श्रमिक भड्काएको
अनि कमान बन्द
गर्ने उद्देश्य भन्दै बेबुनियादी
आरोप लगाइएको चिट्ठी
कम्पनीले गाडीधुरा पुलिस आउटपोस्टमा
दिएको खबर आयो।
यसको कपी शाखाको
एकजना पदाधिकारीको नाममा
छ। यसले मालिकपक्ष
अनि म्यानेजमेन्टको खोक्रो
अनि दमनकारी नीति
हामी समक्ष उजागर
गरेको छ। एउटा कमान स्तरको
श्रम-विवादलाई इन्डस्ट्रियल
डिसपियुट अनुसार समाधान
नगरेर थानामा चिट्ठी
दिएर कम्पनीले आफ्नु
नियत देखाई सकेको
छ। शमशानको शान्ति
चाहियो तिनीहरूलाई? श्रमिकहरूले
जायज ज्याला-वेतन-बोनस-एरियर
माग्दा तिनीहरूलाई समस्या
लाग्छ भने कसरी
देशको कानुन मानेर
बगान चलाउँछन् तिनीहरूले?
हामी युनियनको
पक्षबाट यस कुराको
घोर विरोध गर्दछौँ।
समाधान नभइञ्जेल सङ्घर्ष
जारी नै रहन्छ।
यो HPEU को अडान हो।
23 तारीख श्रमिकहरूको धर्ना पश्चात
लगभग एक घण्टापछि
1 बजिको समयमा ALC, खरसाङबाट
28 तारीख अगस्त, 2024 को दिन डाकिएको त्रिपक्षीय वार्ताको
एउटा पत्राचार आयो।
उक्त पत्राचार HPEU लाई
मेल मार्फत पठाइएको
थियो।
विगत केही दिनदेखि
चलिआएको यो आन्दोलनले
विभिन्न समस्या अनि
असुविधाहरू झेल्नु परिरहेको
छ तर पनि लङभिऊका श्रमिकहरूको एकता
भने कायम छ। कमान बन्द
गर्ने धम्की साथै
अलिअलि भए पनि हाजिरा क्लियर
पनि हुँदैछ तर
यदि यस समस्याको
समाधान निकालिन्छ भने
यसरी करोडौ बकाया
राशि राखेर हुँदैन।
23 अगस्ट 2024 को दिन सम्म 16 करोड 90 लाख 63 हजार 5 सय अठासी रुपियाँ (16,90,63,588) को कुल बकाया राशि श्रमिकहरुले पाउने पर्ने छ। यसै
माथि २०२४को बोनस पनि
आउन लाग्यो। यस पाली
पनि बोनसबारे चिया
श्रमिकहरूले सङ्घर्ष गरेरै आ-आफ्नो बगानमा
अधिकार कायम राख्न
जरुरी छ। नत्र,
फेरि दसैँ आइसक्दा
मात्र किस्ती किस्तिको
कुरा आउने छ।
यसैले हामी समस्त
चिया कमानका श्रमिक
अनि मजदुर पक्षमा
उभिने ट्रेड युनियनहरूलाई
चिया उद्योगमा भइरहेका
यस्ता व्यापक समस्याहरूको
निम्ति र लङभिऊ बगानको समस्याबारे
पनि एक भएर काम गर्ने
आहवान गर्दछौँ। साथै
विभिन्न भनी-भनाई
अनि आरो -प्रति
आरोपको बयानबाजी मध्ये
HPEU ले श्रमिक वर्गको
पाउनु पर्ने मौलिक
अधिकारको मुद्धालाई नै मुख्य
केन्द्र राखेर आउँदो दिनहरूमा
काम गर्नेछ।
अब आउँदो 28 तारीख अगस्तको
त्रिपक्षीय वार्ताको नतिजाले नै
आन्दोलनको बाटो निर्धारण
गर्ने छ। यही अन्तराल बीच 24 तारीख
देखि 28 अगस्त सम्म
म्यानेजमेन्टले भने अनुसार
नै श्रमिकहरूले काम
गर्ने निर्णय लिएका
छन्। उक्त मिटिङमा
श्रमिकको पक्षमा कुरा
नमिले आन्दोलन जारी
नै रहने निर्णय
लङभिऊ कमानका युनियन
शाखाले निर्णय गरी
सकेका छन्। साथै
मालिक गोविन्द गढले लङभिऊ चिया
कमान राम्रो अनि
कानुनी रूपमा चलाएको
हुन पर्छ भन्ने कुरालाई
पनि विशेष ध्यान
राख्दै HPEU उक्त मिटिङमा
उपस्थित रहने जानकारी
गराउँदछौँ।
मजदुर एकता जिन्दाबाद।