Wednesday, January 23, 2013

दार्जीलिंग : कहाँ गए त दोकानेहरू...!


दार्जीलिंगको नेहरु रोड अनि जेपी शर्मा रोडमा तोडिएको दोकानहरूको भत्ता कयौं व्यापारीहरूले अहिलेसम्म पाएकाछैनन्। आफ्नो दोकानको निम्ति नयाँ स्थान पाउने वाचाले निक्कै बेसी समय लिएको र नाफा पनि एकदमै घटेकोले यहाँका धेरैजसो दोकानेहरू आफ्नो पेट पाल्न बिस्तारै सिलिगुड़ि, कूचबिहर र दिल्लीतिर पलायन भईरहेछन्। निर्दिष्ट समय पुगी सकेपछि पनि भुक्त-भोगी व्यापारीहरूको निम्ति व्यापारको नयाँ ठाँउ उपलब्ध हुन नसकेकोले आफ्नो जीविका चलाउनको निम्ति धेरै व्यापारीहरू यति लामो समयसम्म दोकान गरेको ठाउँ दार्जीलिंग छाडी टाढा जान बाध्य भइरहेछन् शायद खुद्रा व्यापारमा एफ. डी. आइ. भित्राउनलाई यस्तो गरिएको होला— दार्जीलिंगको एउटा श्रोतले भन्यो।

     बजारमा स्थित सानो स्तरको बजार जो पहिला एकदमै चल्ती थियो, दुइवटा हिस्सामा बाँडिएको थियो। दाहिनेपट्टिको दोकानहरू स्थायीरूपमा टार्पुलिन र बाँसको भाटाले बनिएको हुन्थ्यो जसको अघिल्लो भागमा समानहरू सजाउनको निम्ति एउटा टाँढ बनिएको हुन्थ्यो। देब्रेपट्टीको दोकानहरू चाहिँ अस्थायी र सार्न सक्ने किसिमको हुन्थ्यो जुन सधै बेलुकीको ४ बजी देखि शुरू हुन्थ्यो। कतिपय व्यापारीहरूले महाकाल मन्दिरको तल्लो पटीको सडकमा (चौरस्ताको भित्रपटि) दोकान थाप्ने अनुमति पाएका छन्। आफु जस्तै अरू थुप्रै व्यापारीहरूसंग दोकान गर्ने एउटा व्यापारी महिलाले आफ्नो स्तिथि बताउदै भनिन् ‘‘हाम्रो पहिलाको दोकानहरूबाट हामीलाई अहिलेको तुलनामा धेरै बेसी नाफा हुने गर्थ्यो, हामी बेलुकी ४ बजी देखि दोकान थापथ्यौ तरपनि हाम्रो राम्रै कमाई हुने गर्थ्यो तर अहिले बिहानदेखिनै दोकान राखे तापनि हाम्रो नाफा घटेर ५ प्रतिशत भइ सकेको छ।’’ एलगिन होटलको माथिपट्टी साँघुरो बाटोको छेउमा १८३ दोकानहरूको सट्टा कर्तिपक्षले अहिलेसम्म ५१ वटा दोकानहरू बनाएका छन्। अझ थप १३२ वटा दोकानहरू बनाए पछि मात्रै दोकान भत्किएका जम्मै व्यापारीहरूले आ-आफ्नो ठाउँ पाउछन्। दार्जीलिंगलाई एउटा नयाँ रूप दिनको निम्ति धेरैवटा भवन, बाटो-घाटो, सपिंग-मल इत्यादिको निर्माण गर्ने योजनाहरूको बिचमा सानो व्यापारिहरू आज पनि आफुलाई दिइएको वाचाहरू पुरा हुने सपना देख्दैछन् जसमा कि उनीहरूको खाने-भाँडो नखोसियोस्। 
सुशिक तामाङ



No comments:

Post a Comment

A Tale of the Search for Never-Ending Documents

Ambika Rai With the arrival of the new government in West Bengal in 2026, the OBC ‘A’ and OBC ‘B’ categories were suddenly cancelled, render...